शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

अपराध

महोत्तरीमा गएराती एक व्यक्तिको उखुबारीमा हत्या

महोत्तरीमा गएराती एक व्यक्तिको उखुबारीमा हत्या

अपराध, समाचार, समाज
महोत्तरी, मंसिर २६ । महोत्तरीमा एक व्यक्तिको उखुबारीमा बेवारीसे अवस्थामा शव फेला परेको छ । महोत्तरीको औरही नगरपालिका २ फुलवरियाका ४० वर्षीय वेचु महतोको हत्या गरेर फ्याकिएको अवस्थामा घर नजिकैको उखुवारीमा शव फेला परेको हो । राति करिब १२ बजे बारीतर्फ गएका महतो नफर्कीएपछि बुधबार बिहान खोजी गर्दा उखुवारीमा शव पाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानजारी दिए । घाँटी र ढाडमा निलडाम र घिसारिएको चोटहरु महतोको शरीरमा देखिएको छ । शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल लैजाने तयारी भइरहेको साथै हत्या्को बिस्तृत अनुसन्धान भैरहेकोप्र हरीले जनाएको छ ।...
अछाममा जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ

अछाममा जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ

अपराध, समाचार, समाज
अछाम, मंसिर-२५ । जबरजस्ती करणी गरेको आरोपमा अछाम प्रहरीले एक जनालाई फक्राउ गरेको छ । १७ वर्षकी एक किशोरीले प्रहरीलाई दिएको जाहेरीका आधारमा जिल्लाको साँफेबगर-४ भण्डारीगाउँका ३३ वर्षीय मिलन भुललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले जनाए । भुलले गत आइतबार बिहान करीव ९ बजे ती किशोरी माथि जबरजस्ती करणी गरेका थिए । किशोरीले जिल्लाको साँफेबगरस्थित इलाका प्रहरी कार्यालयमा फोन गरेर जबर्जस्ती करणी गरेको जानकारी दिए लगतै प्रहरीले भुललाई गाउँबाटै पक्राउ गरेको थियो । पक्राउ परेका भुल अहिले अछाम जिल्ला प्रहरी कार्यालय मंगलसेनको हिरासतमा रहेका छन् । उनी माथि थप अनुसन्धानको कार्य भइरहेको डीएसपी शाहीले जनाए ।...
बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

अपराध, समाचार, समाज
बनेपा, मंसिर-२५ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–३ स्थित चाम्लेमा गए राति बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पनौती नगरपालिका–३ चाम्लेकै ४५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेका छन । पनौतीदेखि रयालेको मानेदोभानतर्फ जाँदै गरेको बा३ख २०३ नं प्लेटको यात्रुबाहक बसले गएराति करिब नौ बजेको समयमा पैदल हिँडिरहेको अवस्थामा श्रेष्ठलाई ठक्कर दिदाँ उनकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । श्रेष्ठको शव परीक्षणका लागि बनेपास्थित श्री मेमोरियल अस्पतालमा लगिएको जनाईएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक दीपक रायले जनाएका छन ।...
कञ्चनपुरमा एक बालकको कानबाट रगत बगिरहेको अवस्थामा शव भेटियो

कञ्चनपुरमा एक बालकको कानबाट रगत बगिरहेको अवस्थामा शव भेटियो

अपराध, समाज
कञ्चनपुर, मंसिर-२४ । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका– ४ अत्तरिया टोलमा आज एक बालक मृत अवस्थामा फेला परेका छन् । स्थानीबासी खड्ग बमका करिब १२ वर्षीय छोरा विवेक मृत अवस्थामा फेला परेका हुन। बालक बमको शव घर भन्दा १२० मिटर टाढा छिमेकी जयबहादुर महताको गोठमा फेला परेको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरतबहादुर धामीले जनाए । विवेकको कानबाट रगत बगेको, औंलामा चोट लागेको र पिँठ्युमा निलडाम भएको अवस्थामा शव फेला परेको छ, उनले भने, “शव शङ्कास्पद अवस्थामा फेला परेकाले थप अनुसन्धानको कार्य भइरहेको छ ।” बालकको आफैं मृत्यु भएको वा कसैले हत्या गरेको हो भन्ने बारे विस्तृत अनुसन्धान भइरहेको उनले बताए ।रासस...
राजधानीका ७ वटा क्यासिनोमा प्रहरीले एकसाथ छापा

राजधानीका ७ वटा क्यासिनोमा प्रहरीले एकसाथ छापा

अपराध, समाचार, समाज
काठमाडौं, मंसिर-२४ । राजधानीका ७ वटा क्यासिनोमा नेपाल प्रहरीले गएराति एकसाथ छापा मारेको छ । क्यासिनोमा नेपाली नागरीकले प्रवेश गरेको आशंकामा छापा मारिएको महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जनाए । छापा मारेपनि नेपाली नागरीक भने नभेटिएको उनले जनाए । उनका अनुसार नेपाली अनुहारका १६ जना समातिएका भए पनि अध्ययन गर्दा उनीहरु भारतीय भएको बोगटीले जनाए । प्रहरीले काठमाडौं हायात, याक एण्ड यति, मल्ल, सांग्रिला, सोल्टी लगायतका होटलमा छापा मारेको थियो । क्यासिनोमा नेपाली प्रवेश गरेको आशंकामा छापा मारिएको प्रहरीले बताएको छ ।...
अस्पतालभित्रै ७६ वर्षीय बृद्धले आत्महत्या गरे

अस्पतालभित्रै ७६ वर्षीय बृद्धले आत्महत्या गरे

अपराध, समाचार, समाज
काठमाडौं, मंसिर-२४ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्रै एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ अस्पताल परिसर भित्र झुण्डिएर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाइँले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी बिभाग रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार राति ८ बजे बोहराको शव फेला पारेको जनाए । बोहरा लामो समयदेखि सोही अस्पतालको अक्सिजन प्लान्ट शाखामा कार्यरत भई विसं २०६० मा अवकाश लिएका व्यक्ति हुन् । रक्तचापबाट बिरामी बोहराले के कारणले आत्महत्या गरे भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको वृत्तले जनाएको छ । रासस...
सुनसरीको मुसहर वस्तीमा प्रहरी र डकैत बीच झडप, एक जनाको मृत्यु

सुनसरीको मुसहर वस्तीमा प्रहरी र डकैत बीच झडप, एक जनाको मृत्यु

अपराध, समाचार, समाज
सुनसरी, मंसिर-२४ । सुनसरी जिल्लाको कोशी गाउँपालिका–७ मुसहर वस्तीमा डकैती/ लुटपाट गर्न आएको भारतीय समूह र प्रहरीबीच दोहोरो झडप भएको छ । गएराति ५ जनाको समूहमा आएका लुटेराहरुले गस्तीमा रहेको प्रहरी टोलीमाथि गोली प्रहार गरेपछि दोहोरो झडपको अवस्था सिर्जना भएको हो । झडपकै क्रममा प्रहरीले गरेको जवाफी कारबाहीमा परी डकैती गर्न आएका एक पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ । मृतकको पहिचान भने खुलेको छैन । समूहका अन्य लुटेरा भने भारतीय सीमातर्फ भागेको प्रहरीले जनाएको छ । उनीहरुमध्ये अन्य केहीलाई समेत गोली लागेको हुनसक्ने प्रहरीले बताएको छ । घटनास्थलमा दुई थान कटुवा पेस्तोल र ७ राउन्ड गोली बारामत भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...

५ वर्षीया बालिका बलात्कारको आरोपमा १८ वर्षीय युवक पक्राउ

अपराध, समाचार
बुटवल, मंसिर २३ । रुपन्देहीको देवदहमा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा एकजना युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रुपन्देही्को देवदह नगरपालिका–७ का १८ वर्षीय जीवन खत्री रहेका छन् । शुक्रबार राति खेलिरहेकी बालिकालाई ललाइ–फकाइ घरबाट केही परसम्म लगेर बलात्कार गरेको पीडित परिवारले जनाएका छन । पीडित बालिकाको भने लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले बताएको छ । पक्राउ परेका खत्रीले अपराध स्वीकार गरेको र बालिकाले पनि उनको पहिचान गरेको प्रहरीले दाबी गरेको छ ।...
सानोतिनो चोरीमा पहिले पनि पक्राउ परेको हो, तर त्यत्रो अपराध भने गरेको छैन – निर्मला प्रकरणका अभियुक्त विशाल चौधरीकी आमा

सानोतिनो चोरीमा पहिले पनि पक्राउ परेको हो, तर त्यत्रो अपराध भने गरेको छैन – निर्मला प्रकरणका अभियुक्त विशाल चौधरीकी आमा

अपराध, समाचार, समाज
काठमाडौं, मंसिर- २१ । कुखुरा चोरेको आरोपमा साउन ९ गते पुलिसले लगेको थियो, १० गते म जमानी बसेर छुटाएर ल्याएकी हुँ, त्यही दिन निर्मला हत्याको घटना घटेछ, मेरो छोरो घरमै थियो चार–पाँच दिनअघिको कुरा हो । बिहान राम्ररी घाम पनि झुल्केको थिएन  । मेरो छोरो (विशाल) त उठेको पनि थिएन, पुलिसले ओछ्यानबाटै उठाएर लगे । दिनभर केरकार गरेर बेलुका मात्र छाडिदिए । अर्को दिन फेरि पक्रेर लगेछन , फेरी दिनभरी नै केरकार गरेर छाडिदिए । यसरी छोरो (विशाल) लाई कहिले घरबाट, कहिले पसलबाट त कहिले बाटोबाटै समातेर लग्ने र छोड्ने गरिरहेका थिए । हामी त ज्यालादारीमा काम गर्ने मान्छे, हिजो (बुधबार) दिनभर काम गरेर साँझ फर्किएका मात्र के थियौँ, छोरालाई फेरि समातेको खबर पायौ, बाटोबाटै पक्रेर पुलिसले लग्यो भन्दै उसका साथीहरूले सुनाए । छुटाउन भनेर गयौँ । तर, उसलाई भित्र राखिएको रहेछ , तपाईंहरू गेटबाहिर बस्नोस् भनेर हामीलाई...
हाइप्रोफाइल हत्याको योजनामा संलग्न माया शेरचन पाँचलाख धरौटीमा रिहा

हाइप्रोफाइल हत्याको योजनामा संलग्न माया शेरचन पाँचलाख धरौटीमा रिहा

अपराध, समाचार, समाज
काठमाडौं, मंसिर- २१ । गुण्डा नाईके समिरमान सिंह बस्नेत पत्नि माया शेरचन धरौटीमा रिहा भएकि छिन् । बिहीबार जिल्ला अदालत काठमाडौंको आदेशले उनी पाँच लाख धरौटीमा रिहा भएकिन महानगरीय अपराध महाशाखाका स्रोतले जनाएको छ । काठमाडौं गौरिघाटको दिव्यश्वरी पार्टी प्यालेसमा दावा लामामाथि भएको गोली प्रहार र रुपन्देहीका दुर्गा तिवारी हत्यामा संलग्न रहि मायाले हतियार व्यवस्थापन गरेको अभियोगमा महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिएर मुद्दा अघि बधाएको थियो । निर्माण व्यवसायी संघका तत्कालिन अध्यक्ष शरदकुमार गौचन हत्याकाण्डमा संलग्न समिरमान बस्नेत समूहका सुटर अमर राना, लोप्साङ लामा र रोशन बुढाथोकीले बयानको क्रममा मायाको नाम खोलेपछि प्रहरीले उनलाई अनुसन्धानको दायरामा ल्याएको थियो । मायाकै सहयोगमा राजधानीमा हाइप्रोफाइल हत्याको योजना बनाइरहेका बेला गौचन हत्या योजनामा संलग्न रहेको आरोपमा लोप्साङ, र...