आइत, जेष्ठ १३, २०८१
Sun, May 26, 2024
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
व्यवसायसँगै समाजसेवामा महेश बुढाथोकी

व्यवसायसँगै समाजसेवामा महेश बुढाथोकी

आर्थिक, समाचार
जस्तोसुकै परिस्थितिमा पनि विचलित नभई मिहिनेत गर्न छाडेन भने सफलता पाइन्छ भन्ने उदाहरण हाम्रो समाजमा प्रशस्तै छन् । यस्तै मध्येका एक उदाहरण हुनुहुन्छ महेश बुढाथोकी । उहाँले व्यवसायसँगै समाजसेवामा आफूलाई संलग्न गराउँदै आउनुभएको छ । त्रिवेणी गाउँपालिका-२ काँरागिठी सल्यानका महेश पेशाले मेडिकल व्यवसायी हुनुहुन्छ । मेडिकल व्यवसाय मानिसको स्वाथ्यसँग जोडिएको व्यवसाय हो । मानिसको जीवन रक्षा गर्नु पनि आफैंमा पुण्यको काम हो । यही पेशमा विगत ११ वर्षदेखि आफूलाई संलग्न गराउँदै आउनुभएका महेशको अर्को परिचय भनेको समाजसेवा हो । शिक्षा, स्वास्थ्य र बालबालिकाका अधिकारको क्षेत्रमा आफूले सक्दो योगदान पुर्‍याउँदै आउनुभएका महेश सामाजिक कार्य हरेक मानिसको कर्तव्य ठान्नुहुन्छ । असहाय वा कुनै पनि किसिमले आर्थिक कमजोर भएका लागि उहाँको सद्भाव र योगदान रहने गर्दछ । हरेक मानिसले आफ्नो जीवनमा खुशी ...
राष्ट्रपति भेट्न प्रधानमन्त्री दाहाल शितल निवासमा

राष्ट्रपति भेट्न प्रधानमन्त्री दाहाल शितल निवासमा

राजनीति, समाचार
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभएको छ । सो भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राख्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताउनुभएको थियो । ...
गीता अधिकारीलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’

गीता अधिकारीलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’

मनोरन्जन, समाचार
चलचित्र पत्रकार एंव गीतकार गीता अधिकारीलाई नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ प्रदान गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा अधिकारीलाई एघार हजार एक सय एघार रुपैयाँ सहित पुरस्कृत गरिएको हो । अधिकारी दुई दशक भन्दा बढी चलचित्र पत्रकारिता क्षेत्रमा क्रियाशील छिन् । उनी मिलाप राष्ट्रिय मासिक पत्रिकामा आवद्ध छिन् । नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारलाई नेपाल चलचित्र संघका अध्यक्ष एंव निर्माता नरेन्द्र महर्जनले स्थापना गरेका हुन् ।विहीबार हेटौँडामा आयोजित एक कार्यक्रमका बीच अधिकारी सहित चार जनालाई पुरस्कृत तथा सम्मान गरिएको छ । संघले चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट बालकृष्ण अधिकारीलाई पुरस्कृत गरेको छ । संघको संस्थापक सह सचिव रहेका अधिकारी मकवानपुरमा रहेर कान्तिपुर टेलिभिजनक...
थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु

थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु

आर्थिक, समाचार
थाइल्याण्डको ध्वजाबाहक एयरलाइन्स् कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरुआत गरेको छ । थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौँसम्मको उडान गरिरहेकामा कोरोना महामारीका कारण स्थगित गरेको थियो । नेपाललाई विश्वसँग जोड्ने र विश्वबजारका यात्रुहरूलाई पनि नेपाल ल्याउने थाई एयरवेजको यो आधा शताब्दी लामो यात्रामा कोभिड महामारीका कारण मार्च २०२२ मा रोकिएको थियो । थाई एयरवेजले २९ अक्टोबर २०२३ मा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालको लागि जेनरल सेल्स एजेन्टका रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको थियो । हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । नेपालमा पुन उडान सुचारु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि थाइ एयरवेजले १५ डिसेम्बर २०२३ मा दोस्रो दैनिक उडान सुरु गरेको हो । थाई एयरवेजका डिरेक्टर अफ ...
माधव भण्डारीको स्वरमा ‘हाँस परान’ (भिडियो)

माधव भण्डारीको स्वरमा ‘हाँस परान’ (भिडियो)

मनोरन्जन, समाचार
माधव भण्डारीको नयाँ गीत ‘हाँस परान’ सार्वजनिक भएको छ । भण्डारीकै शब्द, संगीत, एरेञ्ज र डिका गुरुङको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । स्वरमा रेजिना परियारले भण्डारीलाई स्वरमा साथ दिनुभएको छ । https://youtu.be/2gNsxwwDK-Y मिलन श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा हीराकाजी सेञ्चुरी, प्रकाश सोनी, गीता केसी, काजल गोतामेलगायतको अभिनय रहेको छ । बिशाल गोङ्बाको सिनेमेटोग्राफी र ड्रोन रहेको भिडियोमा रोशन धितालको सम्पादन छ । गीतको भिडियो माधव भण्डारी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ...
मिलनको उपन्यास कृति ‘कर्ना’ लोकार्पण

मिलनको उपन्यास कृति ‘कर्ना’ लोकार्पण

मनोरन्जन, समाचार
मिलन शाह-शंकरको उपन्यास कृति ‘कर्ना’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा एक विशेष समारोहबीच प्राडा.इतिहासविद सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा उक्त कृति लोकार्पण गरिएको हो । प्रमुख अतिथि केसी वरिष्ठ पत्रकार एवं साहित्यकार प्रा.पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, लेखककी आमा कमला शाह शंकर, साहित्यकार लेखनाथ पोख्रेल, वरिष्ठ संगीतकार राजु सिंह, रेडियो नेपालका बोर्ड सदस्य तथा गायक सीताराम पोख्रेल, कृतिका सम्पादक कृष्ण भुसाललगायतले कृतिको लोकार्पण गर्नुभएको थियो । सो अवरमा अनावरण प्रमुख अतिथि तथा अतिथिहरूबाट आमा कमला फाउण्डेशनको पनि अनावरण गरिएको थियो । यो फाउण्डेशन स्रष्टा शाह-शंकरले आफ्नी आमा कमलाका नाममा स्थापना गर्नुभएको हो । सो अवसरमा राजुसिंह, सीताराम पोख्रेल, प्रकाशचन्द्र परियार, राजेन्द्र रिमाल, कमला डिसी, दीपेन्द्र सिंह दर्नाल, जितबहादुर र...
मंगलोदय श्रृजनशिल समाजद्वारा गोरखाको निलकण्ठ आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

मंगलोदय श्रृजनशिल समाजद्वारा गोरखाको निलकण्ठ आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

शिक्षा, समाचार
काठमाडौं । मंगलोदय श्रृजनशिल समाज, चन्द्रागिरीद्वारा गोरखा जिल्लाको एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक एवं खेलकुद सामाग्री वितरण गरिएको छ । जिल्लाको आरुघाट,थुमी घुङ्गमा रहेको निलकण्ठ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि मंगलोदय श्रृजनशिल समाजले किताव, कापी, पेन स्कूल व्याग लगायतका शैक्षिक एवं खेलकुद सामाग्री वितरण गरिएको हो । चन्द्रागिरीकै मंगलोदय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको संयुक्त पहलमा सामाजिक सेवा भावका लागि २०७६ सालमा स्थापना भएको उक्त संस्थाद्वारा आयोजित शैक्षिक सामाग्री वितरण कार्यक्रममा निलकण्ठ आधारभूत विद्यालय व्यबस्थापन समितिका अध्यक्ष लुत्र बहादुर वरामको सभापतित्व , सोही ३ वडाका वडाअध्यक्ष टेक बहादुर अधिकारीको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष दिवाकार थापाको विशेष आतिथ्यता,संस्थाका अन्य पदाधिकारी,विद्यालयका कर्मचारी लगायत अभिभावकहरुको उपस्थ...
‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ को पहिलो अडिसन सम्पन्न, दोश्रो जेष्ठ १८ मा

‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ को पहिलो अडिसन सम्पन्न, दोश्रो जेष्ठ १८ मा

मनोरन्जन, समाचार
काठमाडौं । लामो समयदेखि सौन्दर्यक्षेत्रमा चर्चा कमाउदै आएका सेलेब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेको आफ्नो ईभेन्ट कम्पनी दक्ष ईन्टरनेशनलको आयोजनामा हुन लागेको ‘मिस ब्युटीफुल नेपाल’ को नवौं संस्करण र ‘मिसेस ब्युटीफुल नेपाल’ को आठौं संस्करणको पहिलो ग्राण्ड अडिसन राजधानीमा सम्पन्न भएको छ । नयाँ बानेश्वर स्थित एलिनाज क्याफेमा सम्पन्न पहिलो अडिसनबाट दुई दर्जन सहभागी तालिमका लागि छनौट भएका छन । लोकप्रिय अभिनेता सरोज खनाल, अभिनेत्री रेजिना उप्रेती, चलचित्रकर्मी एवं निर्माता गोपालकाजी कायस्थ,हांस्य कलाकार हरिश निरौला ‘कक्रोच’,नायक एवं बैंकर तेज गिरी र मिसेस व्यूटिफुल नेपाल २०२३ कि विजेता उषा हमाल निणार्यक मण्डल रहेका टिमले मिसेस तथा मिस तर्फका करिब दुई दर्जन सहभागीहरुको छनौट गरेको थियो । पूर्वमन्त्री परशुराम तामाङ्गको विशेष आतिथ्यतामा उक्त छनौट प्रक्रिया सम्पन्न भएको थियो । विगत लामो समयदे...
व्यापारमा सिण्डिकेट तोड्न पहल गर्दा संघबाट निकालियो– सुन चाँदी व्यवसायी गुप्ता

व्यापारमा सिण्डिकेट तोड्न पहल गर्दा संघबाट निकालियो– सुन चाँदी व्यवसायी गुप्ता

आर्थिक, समाचार
सुन चाँदी व्यवसायी नरेन्द्रकुमार गुप्ताले आफूले राष्ट्र बैंकको सुन खरिदको अहिलेको प्रावधानअनुसार सुन खरिद गर्दा सिण्डिकेट कायम भएको र अवैध सुनको कारोबार भएको विषय उठाउँदा सुनचाँदी व्यवसायी संघबाट निकालिएको गुनासो गरेका छन् । उनले त्यसका विरुद्ध जिल्ला प्रशासनमा उजुरी दिएको समेत बताएका छन् । उपाध्यक्षसमते रहेका गुप्तालाई संघको विधि विधान विपरीत जथाभावी बोलेको भन्दै नेपाल रत्न तथा आभूषण संघ काठमाडौंले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । सुन खरिद गर्न राष्ट्र बैंकले तीनवटा संघको सदस्य हुनै पर्ने कानुनी व्यवस्था बनाएको छ । त्यसका विरुद्ध पनि सर्बोच्च अदालतमा आफूले रिट दायर गरेको गुप्ताले बताएका छन् । गुप्ताले स्वतन्त्र रुपमा सुन व्यवसायीले सुन खरिद गर्न पाउनुपर्ने माग राखेर विभिन्न सञ्चारमाध्यमबाट आफ्ना कुराहरु राखेको भन्दै संघले साधारण सदस्यसमेत नरहने गरी हटाइदिएको छ । यदी उन...
फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट

फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट

आर्थिक, समाचार
पोखराको फेवातालको मापदण्ड घटाउन सर्वोच्च अदालतमा रिट दायर भएको छ । ताल किनारका जग्गाधनीहरूले ६५ मिटरबाट ३० मिटरमा मापदण्ड कायम गर्न माग गर्दै रिट दायर गरेका हुन् । रिटमा किनारका २२ जना जग्गाधनीहरूको उपस्थिति छ ।  सर्वोच्चले यसअघि २ पटक सम्म तालको मापदण्ड ६५ मिटर कायम राख्न आदेश दिएको छ । उक्त आदेशले नागरिकको उठीबास लाग्ने भन्दै ताल किनारका बासिन्दाले सर्वोच्च गुहारेका हुन् ।  सर्वोच्चले २०७५ मा पनि तालको मापदण्ड ६५ मिटर भनेको थियो । त्यसपछि २०७८ चैतमा पोखरा महानगरको कार्यपालिका बैठकले ३० मिटरमा झार्ने निर्णय ग¥यो । उक्त निर्णय विरुद्ध सर्वोच्चमा रिट पर्‍यो । उक्त रिट उपर फैसला गर्दै सर्वोच्चले पुनः तालको मापदण्ड ६५ मिटर नै भनेको छ । किनारका बासिन्दा सबै ठाउँमा एउटै मापदण्ड लगाउन अनुपयुक्त हुने जिकिर गर्छन् । ‘रत्न मन्दिर र हिमागृहबिचको भागमा रहेको, प्रत्यर्थीले हामी निवेदकहरूको घ...