शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
निर्माण व्यवसायी बलिभद्र रानालाई उत्कृष्ट निर्माण व्यवसायीको अवार्ड

निर्माण व्यवसायी बलिभद्र रानालाई उत्कृष्ट निर्माण व्यवसायीको अवार्ड

आर्थिक, समाचार
राष्ट्रिय अनलाइन पत्रकार सङ्घ नोजाले १२ नोजा अनर अवार्डबाट निर्माण व्यवसायी बलिभद्र रानालाई उत्कृष्ट व्यवसायीको रूपमा अवार्ड गरेको छ। नेपाल निर्माण व्यवसायी महासङ्घका सल्लाहकार समेत रहेका राना नेपाल निर्माण व्यवसायी परिषद्का अध्यक्ष हुन्। रानासँगै नोजाले हरेक वर्ष प्रदान गर्ने लाइफटाइम अचिभमेन्ट अवार्ड बाट बैंकिङ एवं सहकारी क्षेत्रका विज्ञ कमल खरेललाई प्रदान गरिएको छ। खरेल लामो समय बैंक वित्तमा सेवा गर्नुका साथै बैंकिङ तथा सहकारी विज्ञताका रूपमा परिचित छन् । हरेक वर्ष एकजना पत्रकारलाई प्रदान गरिने ११,११ रुपैयाँ राशिसहितको पत्रकारिता पुरस्कार अन्तर्गत यस वर्ष सामना देवकोटा अमेरिकालाई प्रदान गरिएको छ।नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष मुमुन्द ढुंगाना, बरिष्ठ साहित्यकार राधेश्याम लेकाली, हिमालय सिमापार वाणिज्य संघ...
स्रष्टा, कलाकार र सञ्चारकर्मीलाई सम्मान गर्दै ‘यमन ग्लोबल म्युजिक अवार्ड’ सम्पन्न

स्रष्टा, कलाकार र सञ्चारकर्मीलाई सम्मान गर्दै ‘यमन ग्लोबल म्युजिक अवार्ड’ सम्पन्न

मनोरन्जन, समाचार
गीतसंगीत, चलचित्र, कला, साहित्य तथा पत्रकारिता क्षेत्रका स्रष्टा, कलाकार र सञ्चारकर्मीलाई सम्मान तथा अवार्ड प्रदान गर्दै ‘यमन ग्लोबल म्युजिक अवार्ड-२०८३’को पहिलो संस्करण सम्पन्न भएको छ । यमन इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा काठमाडौंको नयाँबानेश्वरस्थित आइएनआइ सिनेमाहलमा आयोजित समारोहमा विभिन्न विधाका स्रष्टा तथा कलाकारलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो । सम्बाहाम्फे प्रपर्टी डेभलपर्स प्रालिका अध्यक्ष पूर्णबहादुर सम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा सुश्मा प्रोडक्सन ग्लोबल, सिक्किमकी सञ्चालक सुश्मा गुरुङ विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । समारोहमा वरिष्ठ गायिका तारा थापालाई ‘दीर्घसाधना सम्मान’ प्रदान गरिएको थियो । लामो समयदेखि नेपाली गीत-संगीतको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै थापालाई उक्त सम्मान प्रदान गरिएको कार्यक्रम संयोजक तारावीर पाण्डेले बताउनुभयो ...
‘किड्स, मिस एण्ड मिसेस’ प्रतियोगिता सम्पन्न, स्वस्तिका, प्रसी र सुनिता बने विजेता

‘किड्स, मिस एण्ड मिसेस’ प्रतियोगिता सम्पन्न, स्वस्तिका, प्रसी र सुनिता बने विजेता

मनोरन्जन, समाचार
काठमाडौं । बालबालिका तथा महिलाको प्रतिभा, व्यक्तित्व र आत्मविश्वासलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको ‘किड्स, मिस एण्ड मिसेस’ प्रतियोगिता काठमाडौंको कोटेश्वरस्थित कान्जिरोवा स्कुलको फुटसल ग्राउण्डमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा बालबालिका तथा विवाहित र अविवाहित महिला सहित ३२ जना प्रतिस्पर्धी सहभागी भएका थिए। प्रतियोगिताले सहभागीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै व्यक्तित्व विकास, आत्मविश्वास र सिर्जनात्मक क्षमताको विकासमा प्रोत्साहन गरेको आयोजकले जनाएको छ। कार्यक्रममा स्पेन तथा ओमानका लागि पूर्वराजदूत डा. शर्मिला पराजुली ढकाल प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। कार्यक्रममा अस्ट्रेलियाका लागि पूर्वराजदूत महेश ढकाल, नेपाल टेलिभिजनकी वरिष्ठ पत्रकार मनोहरी थापा, कलाकार किरण केसी, राजनीतिज्ञ, समाजसेवी तथा व्यवसायी मुस्कान पौडेल, हिमानी ट्रष्टका प...
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

मनोरन्जन, समाचार
काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको ‘स्पोर्ट्स डे’ विविध खेलकुद प्रतियोगिताहरूसहित भव्य रूपमा सम्पन्न भएको छ। 'व्हिस्पर'को प्रस्तुति, 'अर्ना इनर्जी ड्रिंक' पावार्ड बाइ र 'निभिया' सह-प्रायोजक रहेको यस कार्यक्रममा प्रतिस्पर्धीहरूले आफ्नो खेलकौशल र शारीरिक क्षमता प्रदर्शन गरेका थिए।प्रतियोगितामा क्रिकेट, रनिङ, स्किपिङ, ब्लाइन्ड थ्रो, फुटबल पेनाल्टी र बास्केटबल गरी ६ वटा विधामा रोमाञ्चक प्रतिस्पर्धा गराइएको थियो। स्पोर्ट्स डेको मुख्य आकर्षण क्रिकेट म्याचमा प्रतिस्पर्धीहरूलाई 'लालीगुराँस' र 'डाँफे' गरी दुई टोलीमा विभाजन गरिएको थियो।प्रतिस्पर्धीहरूको हौसला बढाउन नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका स्टार खेलाडीहरू बिन्दु रावल, कविता कुँवर, सोनी पाख्रिन, मनिषा उपाध्याय र रिया शर्मासमेत मैदानमा उत्रिएका ...
सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठानको अध्यक्षमा अम्बिका आचार्य

सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठानको अध्यक्षमा अम्बिका आचार्य

मनोरन्जन, समाचार
धनगढी । सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठान, धनगढीको पाँचौँ साधारण सभा तथा अधिवेशन शनिबार धनगढीमा सम्पन्न भएको छ। कला, साहित्य तथा संस्कृतिको क्षेत्रमा क्रियाशील कलाकार, स्रष्टा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न अधिवेशनले प्रतिष्ठानको नयाँ कार्यसमितिसमेत चयन गरेको छ। प्रतिष्ठानका अध्यक्ष आवेश कुमार चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार तथा शास्त्रीय संगीत गुरु उस्ताद शिवदत्त पन्त प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा राष्ट्रवादी नायक तथा चलचित्र निर्माता, चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष एवं चलचित्र कलाकार संघका पूर्वअध्यक्ष नवल खड्का, प्रज्ञा परिषद्का कृष्ण सिराडी, पूर्वअध्यक्ष अम्बिका प्रसाद आचार्य तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष राजकुमार जोशीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष चन्द्र चौधरी...
भव्य समारोहमा फेस अफ जुनियर मोडल–२ का विजेता घोषित

भव्य समारोहमा फेस अफ जुनियर मोडल–२ का विजेता घोषित

मनोरन्जन, समाचार
काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ जुनियर मोडलको दोश्रो संस्करण को भव्य ग्राण्ड फिनाले शुक्रबार काठमाडौंस्थित राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको छ। ठूलो संख्यामा उपस्थित दर्शक, अभिभावक, अतिथि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको उत्साहपूर्ण सहभागिताबीच सम्पन्न फिनालेमा प्रतियोगी बालबालिका तथा युवाहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र प्रस्तुति क्षमताको प्रभावशाली प्रदर्शन गरेका थिए। बालबालिका तथा युवामा आत्मविश्वास, व्यक्तित्व विकास, नेतृत्व क्षमता, प्रस्तुति कला र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको अन्तिम चरण विभिन्न आकर्षक प्रस्तुति, प्रतिस्पर्धात्मक चरण तथा सम्मान समारोहका साथ सम्पन्न भएको हो। कार्यक्रममा चर्चित हास्य कलाकार तथा अभिनेता जितु नेपाल विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको सञ्चालन प्रख...
छैटौँ ग्लोबल कन्फ्रेन्स तथा अवार्ड समारोह बेइजिङमा  सम्पन्न

छैटौँ ग्लोबल कन्फ्रेन्स तथा अवार्ड समारोह बेइजिङमा  सम्पन्न

मनोरन्जन, समाचार
बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त आयोजनामा चीनको राजधानी बेइजिङस्थित होटल लिफनमा छैटौँ ग्लोबल कन्फ्रेन्स तथा अवार्ड समारोह भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा नेपाल तथा चीनका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका करिब डेढ दर्जन नेपालीसहित प्रतिष्ठित व्यक्तित्व, व्यवसायी, कलाकार, समाजसेवी तथा विभिन्न क्षेत्रका विज्ञहरूलाई सम्मान गरिएको छ। नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, संस्कृति, आर्थिक तथा व्यावसायिक सहकार्यसँग जोड्दै दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको समारोहमा पर्यटन प्रवद्र्धन, आर्थिक सहकार्य तथा व्यावसायिक सम्बन्ध विस्तारका विषयमा समेत चर्चा गरिएको थियो। चीनका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा एसिया प्यासिफिक ट्रेड एग्रिमेन्ट तथा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका प्रमुख एवं चिन...
‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’भव्य समारोह बीच सम्पन्न, उपाधि समीक्षा र रीतालाई

‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’भव्य समारोह बीच सम्पन्न, उपाधि समीक्षा र रीतालाई

मनोरन्जन, समाचार
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार सम्पन्न भएको ११औं संस्करणको ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा सम्पन्न प्रतियोगितामा समीक्षा शर्माले ‘मिस ब्युटिफुल नेपाल’ तथा रीता तामाङले ‘मिसेस ब्युटिफुल नेपाल’को मुख्य उपाधि हात पार्न सफल भएका छन्। पेशाले सौन्दर्यकर्मी (ब्युटिसियन) रहेकी रीता तामाङले मुख्य ताजसँगै ‘बेस्ट वाक’, ‘मस्ट फोटोजेनिक’ र ‘मस्ट ट्यालेन्टेड’ गरी चार विधामा उपाधि आफ्नो नाममा पार्दै उत्कृष्ट नतिजा हासिल गरिन्। उपाधि जितेपछि खुसी व्यक्त गर्दै तामाङले यो सफलताले आफूलाई अझ जिम्मेवार बनाएको र नयाँ उत्साह दिएको बताइन्। मिसेस ब्युटिफुल नेपालतर्फका विजेताहरू: विजेता (Winner): रीता तामाङ फर्स्ट रनर-अप: मन्दिरा आचार्य सेकेन्ड रनर-अप: गीता बुढाथोकी थर्ड रनर-अप: सृजना घिमिरे फोर्थ रनर-अप: र...
सौन्दर्यसँगै प्रतिभाको प्रतिस्पर्धा, ‘मिस ब्युटिफुल नेपाल’को ट्यालेन्ट राउन्ड सम्पन्न

सौन्दर्यसँगै प्रतिभाको प्रतिस्पर्धा, ‘मिस ब्युटिफुल नेपाल’को ट्यालेन्ट राउन्ड सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं — सौन्दर्य, व्यक्तित्व, आत्मविश्वास र प्रतिभा प्रस्फुटनको प्रतिष्ठित मञ्च ‘मिस ब्युटिफुल नेपाल’को ११औं तथा ‘मिसेस ब्युटिफुल नेपाल’को १०औं संस्करण अन्तर्गतको ‘ट्यालेन्ट राउन्ड’ आइतबार राजधानीमा सम्पन्न भएको छ। दक्ष इन्टरनेसनल प्रालिको आयोजनामा सञ्चालित यस प्रतियोगिताको ग्रान्ड फिनाले आगामी भदौ ६ गते राष्ट्रिय नाचघर, जमलमा भव्य समारोहका बीच आयोजना हुँदैछ। ट्यालेन्ट राउन्डमा प्रतियोगीहरूले आ-आफ्नो रुचि र विधाअनुसार नृत्य, गायन, अभिनय, वक्तृत्वकला लगायतका विविध सिर्जनात्मक प्रस्तुतिमार्फत निर्णायक मण्डललाई प्रभावित पारेका थिए। निर्णायक मण्डल प्रतियोगीहरूको प्रतिभा मूल्याङ्कनका लागि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू निर्णायकको भूमिकामा रहनुभएको थियो: शीतल के.सी. — अभिनेता तथा चलचित्रकर्मी रेशम सापकोटा — वरिष्ठ गायक, सर्जक तथा भजन सम्राट नरहरि प्रेमी — चर्चित ग...
विजय र तृप्तिको स्वरमा ‘साउनको पानी’, प्रेम र वर्षाको मन छुने संगम

विजय र तृप्तिको स्वरमा ‘साउनको पानी’, प्रेम र वर्षाको मन छुने संगम

मनोरन्जन, समाचार
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार विजय गुरुङ र गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङको स्वरमा रहेको नयाँ नेपाली गीत ‘साउनको पानी’ सार्वजनिक भएको छ। प्रेम, सम्झना र वर्षायामको भावनालाई मन छुने ढंगले प्रस्तुत गरिएको गीतले नेपाली संगीतप्रेमीको ध्यान आकर्षित गरिरहेको छ। साउनको झरीसँगै जाग्ने प्रेम, पुराना सम्झना र भावनात्मक अनुभूतिलाई गीतमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ। विजय गुरुङको शब्द रचना तथा तृप्ति खड्का गुरुङको संगीत रहेको गीतमा तृप्ति खड्का गुरुङ र वैकुण्ठ प्रधानको स्वर सुन्न सकिन्छ। गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेश पाण्डेले गरेका छन् भने रेकर्डिङ तथा निर्माण सारेगामा स्टुडियोमा गरिएको हो। गीतको श्रव्य तथा दृश्य निर्माणसमेत तृप्ति खड्का गुरुङकै पहलमा गरिएको छ। गीतको भिडियोमा स्वयं विजय गुरुङसँगै पुजन घिमिरेको अभिनय रहेको छ। प्रेम र ...