आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024
Shadow

राजनीति

चार रुपैयाँमा केश काटेर वार्षिकोत्सव मनायो बिस्टारले

चार रुपैयाँमा केश काटेर वार्षिकोत्सव मनायो बिस्टारले

आर्थिक, राजनीति, समाचार
चार रुपैयाँमा केश काटेर बिस्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सव मनाएको छ । बिहीबार एक कार्यक्रमबीच सलूनले चौथो वार्षिकोत्सव मनाएको हो । सलूनका सञ्चालक एवं मेकअप आर्टिस्ट बिक्रम गौतमको सभापतित्वमा सलूनको बुढानिलकण्ठ नगरपालिका मेयर मीठाराम अधिकारीको प्रमुख आतिथ्यतामा, बुनपा वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराई, बुनपा वडा नं १० का वडाध्यक्ष नमराज भट्टराईको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । मेयर अधिकारीले युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेकोमा सञ्चालक गौतमलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता सो अवसरमा व्यक्त गर्नुभयो । त्यसैगरी बुनपा वडा नं १० का वडाध्यक्ष भट्टराईले शुभकामना दिँदै सञ्चालक गौतम प्रतिभाका धनी रहेको र धेरैलाई रोजगार प्रदान गरेको भन्दै प्रशंसा गर्नुभयो । सो अवसरमा कलाकार हरि निर...
नेपाल मुस्लिम संघको उपाध्यक्षमा रौतहटका मोहम्मद जुनैद निर्वाचित

नेपाल मुस्लिम संघको उपाध्यक्षमा रौतहटका मोहम्मद जुनैद निर्वाचित

राजनीति, समाचार
काठमाडौं । नेपाली काङ्ग्रेस निकट भातृ संगठन नेपाल मुस्लिम संघको उपाध्यक्षमा रौतहटका मोहम्मद जुनैद निर्वाचित भएका छन् । उनी संघको तेस्रो महाधिवेशनबाट निर्वाचित भएका हुन् । संघको सँस्थापक सदस्य समेत रहेका उनी बितेका तीन कार्यकाल कोषाध्यक्षको रुपमा सक्रिय रहदै आएका थिए । गत असोज ५ गते देखि ८  गते सम्म चलेको मुस्लिम संघको महाधिवेशनले जुनैदलाई निर्विरोध उपाध्यक्षमा निर्वाचित गरेको हो । नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका जुनैद एक कुशल वैदेशिक रोजगार व्यावसायी समेत हुन् । लामो समय देखि नेपाल, मलेसिया लगायतका विभिन्न मुलुकहरूमा व्यवसाय गर्दै आएका उनले समग्र मुस्लिम समुदायको हक हितका पक्षमा समेत आवाज उठाउदै आएका छन् । रौतहटका स्थानीय बासिन्दा जुनैद आफ्नो जिल्लाको बारेमा समेत उत्तिकै चासो राख्दछन । जिल्ला बासिको सुख दुखमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ दिदै आएका उनी...
सांस्कृतिक जनमत संघको संयोजकमा सन्तोष

सांस्कृतिक जनमत संघको संयोजकमा सन्तोष

राजनीति, समाचार
जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय संयोजक समिति घोषणा गरिएको छ। सोमबार काठमाडौंको बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित एक कार्यक्रमबीच जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय समिति घोषणा गरेका हुन। सन्तोष राज सहनीलाई केन्द्रिय संयोजकको जिम्मेवारी दिएको हो। त्यसैगरी सह-संयोजकमा सेलिना कुँवर,सचिन पटेल,अरुण कान्त यादव , सचीवमा बन्दे प्रसाद साह ,सह-सचिवमा नितु पटेल,बिमल साह,राम नरेश सहनी रहेको छ।भने कोषाध्यक्षमा तनुजा चौरसिया रहेकी छिन् । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।सो कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचिव तथा मधेश प्रदेशका सांसद संजय यादव,पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादव,राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादव,चिकित्सक जनमत संघका केन्द्रिय संयोजक डा.सीके सिंह,नेता आर के राउत र पार्टीकी महिला...
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न सबै कानुनि दायरामा आउनु पर्छ । यो मानव तस्कर हो । मानव तस्कर गर्नेलाई कानुन बमोजिम कारवाही अघि बढाउनु पर्छ । कसैको दवाव र प्रभावमा परेर यो मुद्धालाई खुकुलो बनाउने काम गर्नु उचित हुने छैन । बहालवाला सचिव र राजनीतिक दलकै नेता यस्तो धन्दामा फस्नु भनेको देशकै बेइजत हो । उच्चपदस्थ कर्मचारीको संलग्नता भेटिएपछि अब अरु थप अनुसन्धान गर्नु पर्ने आबश्यकता देखिएको छ । यसरी उच्चपदस्थ कर्मचारी र ठूला नेता गैरकानुनी धन्दामा लाग्न लाज लाग्नु पर्ने हो । देशकै पूर्व उपप्रधानमन्त्री भइसकेका नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी र बहालवाला सचिवको यो मुद्धामा नाम जोडिनु भनेको आश्र्यको बिषय बनेको छ । रायमाझी अझै सम्म फरार छन । यद्यपि, नेपालमा भ्रष्टाचारजन्य घटनामा उच्च राजनीतिक व्यक्ति र उच्च तहका प्...
पुराना पार्टी भन्दैमा जनताले जोगाउने पक्षमा छैनन्

पुराना पार्टी भन्दैमा जनताले जोगाउने पक्षमा छैनन्

राजनीति, समाचार
डा.डिआर उपाध्याय, काठमाडौं । राजनीति हो, कति खेर कुन पार्टी ठूलो हुन्छ र कति खेर कुन । पुराना पार्टी भनेर मात्र हुदैन । बिचार, नीति , शिद्धान्त ठिक भए पनि ब्यवहारमा लागु गर्न सकेनन् भने त्यसको कुनै अर्थ हुदैन । उपनिर्वाचनको मत परिणामले जुन किसिमको सन्देश दिन खोजेको छ त्यो सहि हो । अब पुराना पार्टी भन्दैमा जनताले जोगाउने पक्षमा छैनन् । पुराना पार्टीहरुलाई जनताले पटक पटक सुध्रने मौका नदिएका होइनन् । तर कुनै पनि दलहरुले चासै दिन खोजेनन् । रबि लामिछाने र स्वर्णिम वाग्लेले सानदार रुपमा अत्याधिक मतले जितेका छन र अर्को २०८४ सालको चुनावका लागी राम्रो सन्देश दिएका छन । अब पुराना ठूला दलहरु सच्चिने की सक्किने भन्ने बिषयमा गम्भिर प्रश्न उठने गरेका छन । अब पनि ठूला दल सच्चिने बाटो तत्काल खोजेनन् भने उनीहरु माथि समस्या तेर्सिने छ । आज नेपाली जनता ठूला दल प्रति वाक्क दिक्क परिरहेका छन । पटक पट...
टोखा नगरपालिकामा गर्नु पर्ने काम अझै धेरै छन् – मेयर अधिकारी

टोखा नगरपालिकामा गर्नु पर्ने काम अझै धेरै छन् – मेयर अधिकारी

राजनीति, समाचार
काठमाडौं । गत वैशाखको स्थानीय तह निर्वाचनमा टोखाको नगरपालिकाको मेयरमा प्रकाश अधिकारी दोस्रो पटक निर्वाचित भएका थिए । टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रमदेखि सडक, खानेपानी, मेयर दिवा खाजा, स्वास्थ्य विमा कार्यक्रम, छात्राबृति,सामाजिक विकास कार्यक्रम अन्तर्गत स्वास्थ्य क्षेत्रमा ६० वर्ष उमेर नागरिकको होलबडी चेकअप निशुल्क तथा महिलाहरुको लागि क्यान्सर उपचार देखि निशुल्क ब्लड जस्ता कार्यक्रम मार्फत जनतालाई सेवा दिएको छ । टाेखा नगरपालिकाले हाल आफ्ना मुल मुल सडकहरुमा यसै वर्षभित्र बत्ति राखी सम्पन्न गर्ने योजनाका साथ निरन्तर लागिरहेको बताएको छ। कार्यक्रममा टाेखा नगर प्रमुख प्रकाश अधिकारीले ‘ मेयर उज्यालो कार्यक्रम’ सँगै मेयर सुरक्षा कार्यक्रम पनि टोखा नगरपालिकाको योजना रहेको बताउदै ‘ मेयर सुरक्षा कार्यक्रम’ अन्तर्गत मुख्य सडक, खोलाका किनार र चोरी लाग्ने स्थानहरुमा नगरपालिकाले सिसि क्यामेर...
देशको बारेमा चिन्ता गर्ने राजनेताको खाँचो

देशको बारेमा चिन्ता गर्ने राजनेताको खाँचो

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट बिश्वासको  मत लिएका छन् । अब सरकार बिस्तार गर्ने कुरामा उनको ध्यान केन्द्रित हुने छ । आज देश सत्ताको गोलचक्करमा घुमिरहेको छ। देशको उन्नति प्रगति गर्ने कुरामा राजनीतिक दल र तिनका नेताहरुको पटक्कै ध्यान गएको देखिदैन । आज देशको राजनीति सहि बाटोमा जान नसक्दा अनेक खालका समस्या आउने सम्भावना देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतीको कुरा उठाइरहेका छन् । यता एमालेका नेताहरुले एमाले बिना कस्तो राष्ट्रिय सहमती बनाउन खोजेको भनेर प्रश्न उठाइरहेको छ । आज दलहरु आ -आफनो स्वार्थमा लिप्त छन् । राष्ट्रिय सहमतीको नाममा राजनीतिक दल र तिनका नेताहरुले मुलुक लुटने काम गर्दै आएका छन् । आलोपालो सत्तामा जानेहरुले देशको ढुकुटी सिध्याएर मुलुक थप संकटमा पर्दैछ । अब देशको बारेमा चिन्ता गर्ने राजनेताको खाँचो छ । अ...
राष्ट्रपति निर्विवाद एवं निष्पक्ष ढंगले उत्रन आवश्यक

राष्ट्रपति निर्विवाद एवं निष्पक्ष ढंगले उत्रन आवश्यक

राजनीति, समाचार
-डा.डिआर उपाध्याय,काठमाडौं । संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली काँग्रेसका बरिष्ठ नेता राम चन्द्र पौडेल निर्वाचित हुनु भएको छ । आठ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्बाङ उक्त पदका लागि उम्मेदवार बन्नु भएको थियो । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुनु खुसीको कुरा हो । राजनीतिक संघर्षको इतिहास बोकेको व्यक्ति राष्ट्रपति हुनु भनेको देशको इज्जत बढनु हो । राजनीतिक योगदानको हिसाबले राम चन्द्र पौडेल मुलुकको सर्वोच्च पदमा पुग्नु मुलुकका लागी राम्रो कुरा हो । स्वच्छ छवि हुनुभएका पौडेलको मूल्यांकन अब हुने छ । उहाँले राष्ट्राध्यक्षका रूपमा आगामी दिनमा कस्तो भूमिका खेल्दै जानु हुन्छ त्यो भने हेर्न बाँकी छ । गणतन्त्रलाई संस्थागत गरेर अघि बढनु पर्ने बेला भएको छ ।यति बेला केही त...
मुलुकको राजनीति अब के हुन्छ ?

मुलुकको राजनीति अब के हुन्छ ?

राजनीति, समाचार
-डा.डिआर उपाध्याय,काठमाडौं । नेकपा एमाले सरकारबाट बाहिरिएको छ । र उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । राष्ट्रपतिको चुनावको बिषयलाई लिएर एमालेले यस्तो निर्णय लिन बाध्य भएको हो । अब मुलुकको राजनीति के हुन्छ ? प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति नेपाली काँग्रेसलाई दिने पक्का भए पछि एमाले सरकारबाट बिच्किएको हो । १० पुसमा एमाले र दाहाल बीच भएको भद्र सहमती कार्यान्वयन हुन नसकेको र दाहालले बीचमा धोका दिएको एमालेको आरोप छ । पुष्पकमल दाहाल अस्थिर स्वभावका ब्यक्ति हुन भन्ने कुरा त बेला बेलामा उठने गर्छ नी । प्रचण्डले एमालेलाई बीचमा धोका दिन्छन भन्ने मलाई लागेको थियो त्यही भयो । राष्टिय सहमती कायम गर्ने भन्दै प्रचण्डले नेपाली काँग्रेसलाई राष्ट्रपति बनाउन काँध थापेर बसेका छन । राष्ट्रपतिको चुनावको लागी नेपाली काँग्रेसको तर्फबाट बरिष्ठ नेता राम चन्द्र पौडेल र एमालेका तर्फबाट सुबास...
बर्तमान सरकार पुरै असफल बन्दै गएको छ

बर्तमान सरकार पुरै असफल बन्दै गएको छ

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारले त्यति राम्रो काम गरेर देखाउन सकेन । अहिले सम्म हेर्दा सरकारको आगामी यात्रा त्यति सहज हुने कुनै संकेत देखिदैन । दलहरु पुरै सत्ता स्वार्थको राजनीतिमा चुर्लुम्म डुबेका छन । राष्ट्रपतिको बिषयलाई लिएर दलहरु छिन्न भिन्न हुने संकेत देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति नेपाली काँग्रेसको हातमा पार्ने दाउ खेल्दै छन । हिजो पनि प्रधानमन्त्री दाहाल र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा बीच बालुवाटारमा गम्भिर बार्ता भएको समाचार आएको छ । यसो भयो भने नेकपा एमाले बिच्किने र सत्ता गठबन्धन धरापमा पर्ने संकेत देखिएको छ । प्रधानमन्त्री दाहाल आफै पनि अस्थिर स्वभावका छन । उनको कारणले देश अस्थिरता तर्फ धकेलिने ठूलो सम्भावना देखिएको छ । सत्ता गठबन्धन निर्माण गर्दा एमाले संग गरेको भद्र सहमति प...