आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीको जनसभा काठमाडौंमा हुदै

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीको जनसभा काठमाडौंमा हुदै

राजनीति, समाचार
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आउँदो शनिबार काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ । पार्टी पुनर्गठन दिवसको अवसर पारेर चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही शनिबार काठमाडौंमा प्रदर्शनसहितको जनसभा आयोजना गर्ने भएको हो। जनसभालाई पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) ले सम्बोधन गर्नेछन् । उक्त जनसभा रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजना हुने बताइएको छ । जनसभामार्फत् पार्टी र सरकारसँग भएको वार्ता, पार्टीको भावी नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समेत बताइएको छ ।...
देउवाले चित्तबुझ्दो काम गर्नुभएन : काङ्ग्रेस नेता प्रकाशमान सिंह

देउवाले चित्तबुझ्दो काम गर्नुभएन : काङ्ग्रेस नेता प्रकाशमान सिंह

राजनीति, समाचार
रुपन्देही, रासस । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरित चलाएको आरोप लगाएका छन् । विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उनले विधानमा दुई उपसभापति राख्ने व्यवस्था नभएको उल्लेख गरे । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको बताए । अब सबैलाई समेटेर विधान र विधिलाई अवलम्बन गर्ने नेतृत्व काङ्ग्रेसमा आवश्यक रहेको उनको भनाई थियो ।...
बेलायतको भ्रमण पुरा गरी माधवकुमार नेपाल आज स्वदेश फर्किए

बेलायतको भ्रमण पुरा गरी माधवकुमार नेपाल आज स्वदेश फर्किए

राजनीति, समाचार
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बेलायतको भ्रमण पुरा गरी आज स्वदेश फर्किनु भएको छ । बेलायतमा भएको विभिन्न औपचारीक कार्यक्रममा सहभागी भई उहाँ आज फर्कनुभएको उहाँका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए । उनका अनुसार बेलायतमा पूर्वप्रधानमन्त्री नेपालले पार्टीको कामसँगै गैरनेपाली आवासीय सङ्घ, ब्रिटिश गोरखा सैनिक र यति नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुनु भएको थियो । नेपाल कात्तिक २९ गते बेलायततर्फ जानुभएको थियो ।...
निर्मला प्रकरणमा सरकार गम्भीर नभएको : युवा नेता गगन थापा

निर्मला प्रकरणमा सरकार गम्भीर नभएको : युवा नेता गगन थापा

राजनीति, समाचार
भीमदत्तनगरपालिका – नेपाली काङ्ग्रेसका नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा गम्भीर नदेखिएको भन्दै सरकारलाई आरोप लगाएका छन्। आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित काङ्ग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रनिनिधिसभा सदस्यसमेत रहनुभएका नेता गगन् थापाले निर्मला प्रकरणमा न्याय दिन सरकार उदासीन भएकै कारण सरकारप्रतिको जनविश्वास टुट्दै गइरहेको विचार व्यक्त गरे । फरक प्रसङ्गमा नेता थापाले जनताको लामो प्रतीक्षापछि मुलुकमा स्थित सरकार आएको बताउँदै सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको समेत दाबी गरे । कार्यकर्ता भेटघाटपछि जिल्ला प्रशासन कार्यालय अगाडि दुई सातादेखि धर्नामा बसेका निर्मलाका बुवाआमासँग भेट्न पुगेका नेता थापाले न्यायका निम्ति लडाइँ जारी रहने बताए । "तपाईहरु आफ्नो स्वास्थ्यको पनि ख्याल गर्न...
राजपा अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो

राजपा अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो

Featured, राजनीति
राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजक परिवर्तन भएको छ। यसअघि संयोजक रहेका महन्थ ठाकुरको ठाउँमा अब राजेन्द्र महतो आएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकले महाधिवेशन नभएसम्म संयोजक चक्रीय प्रणालीमा हुने निर्णय गरेको हो। सोहीबमोजिम अध्यक्ष मण्डलका सदस्य रहेका नेता महतोलाई बुधबारदेखि लागू हुने गरी संयोजकको जिम्मेवारी दिइएको हो। बैठकले विभिन्न ६ पार्टी एक भएर निर्वाचन आयोगमा बुझाएको केन्द्रीय कार्यसमितिको सूचीलाई आधिकारिक मान्दै त्यसपछि संगठनमा भएका निर्णयरमनोनयनर नियुक्त रद्द गरिदिएको छ। साथै महाधिवेशनलाई लक्षित गरी साधारण सदस्यता वितरण गर्ने मिति पनि मंसिर मसान्तसम्म बढाइएको राजपाले जनाएको छ।...
२ नं प्रदेशमा भोलि सार्वजनिक बिदा

२ नं प्रदेशमा भोलि सार्वजनिक बिदा

राजनीति, समाचार
२ नं प्रदेश सरकारले पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मङ्सिर ५ गते सार्वजनिक बिदा दिने भएको छ। उक्त प्रदेशका आठवटै जिल्लामा उक्त दिवसको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। सो दिवसको अवसरमा २ नं प्रदेशको सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षालयमा बिदा दिने सो मन्त्रालयका शाखा अधिकृत वसन्त न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गर्नु भएको छ ।...
कोइरालाहरू मिलेको खबरले आत्तिएको छैन : सभापति देउवा

कोइरालाहरू मिलेको खबरले आत्तिएको छैन : सभापति देउवा

राजनीति, समाचार
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताएका छन्। नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले कोइराला परिवारका तीनवटै नेताबीचको एकताले पार्टीलाई सङ्गठित बनाउन थप मद्दत पुग्ने बताए । कोइरालाबीचको एकताबाट गाउँ, नगर क्षेत्र तथा जिल्लामा समेत पार्टी सङ्गठन विस्तारमा सहयोग पुग्ने उनले जिकिर गरे । सभापति देउवाले काङ्ग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका खेलिरहेको बताउँदै मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि सरकारलाई सदैव सहयोग रहने विचार व्यक्त गरे । ‘झगडा नभएको कुनै घर छ देखाउनुस् त? घरजस्तै पार्टीमा पनि झगडा र विवाद हुन्छन्। यसलाई मिलाउने हो, म मिलाउने प्रयास पनि गर्दैछु’ देउवाले भने,'कोइराला परिवारका तीन नेता मिलेको खबरले म आत्तिएको छैन।' उनले तोकिएको समयमा पार्टीको महासमिति बैठक हुने बताउँदै...
सांसदहरुको कोरम नपुग्दा विकास समितिको बैठक  स्थगित

सांसदहरुको कोरम नपुग्दा विकास समितिको बैठक स्थगित

राजनीति, समाचार
काठमाडौँ । मंगलबार ११ बजेका लागि बोलाइएको संघीय संसद अन्र्तगतको विकास समितिको बैठक सांसदहरुको कोरम नपुग्दा स्थगित भएको छ । बैठक स्थगित भएपछि सहभागि हुन आएका केही सांसदहरु सिंहदरवारभित्रै घाम तापेर बसेका छन् । समितिको बैठक बस्न ५१ प्रतिशत सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ । तर, मंगलबार निर्धारित समयभन्दा एक घण्टा ढिलो अर्थात् १२ बजेसम्म पनि ११ जना सांसदमात्रै आइपुगेका थिए । त्यसपछि बैठक अनिश्चितकालाका लागि स्थगित गरेको समितिका सभापति कल्याणी खड्काले घोषणा गरिन् ।  २६ सदस्यीय सो समितिमा १४ सांसद भए मात्रै बैठक बस्न मिल्छ । पूर्व निर्धारित कार्यक्रम अनुसार समितिमा मंगलबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका काम कारवाहीबारे जानकारी लिन प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई बोलाएको थियो ।  प्राधिकरणले पुनर्निर्माणमा भइरहेको जानकारी दिन समितिमा प्रजेक्टरमार्फत तयारी गरेपनि कोरम नपुगेर बैठक नबस...