राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजक परिवर्तन भएको छ। यसअघि संयोजक रहेका महन्थ ठाकुरको ठाउँमा अब राजेन्द्र महतो आएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकले महाधिवेशन नभएसम्म संयोजक चक्रीय प्रणालीमा हुने निर्णय गरेको हो।

सोहीबमोजिम अध्यक्ष मण्डलका सदस्य रहेका नेता महतोलाई बुधबारदेखि लागू हुने गरी संयोजकको जिम्मेवारी दिइएको हो। बैठकले विभिन्न ६ पार्टी एक भएर निर्वाचन आयोगमा बुझाएको केन्द्रीय कार्यसमितिको सूचीलाई आधिकारिक मान्दै त्यसपछि संगठनमा भएका निर्णयरमनोनयनर नियुक्त रद्द गरिदिएको छ। साथै महाधिवेशनलाई लक्षित गरी साधारण सदस्यता वितरण गर्ने मिति पनि मंसिर मसान्तसम्म बढाइएको राजपाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here