दुई नेपाली युवा वल्ड बुक अफ रेकर्ड अन्तरार्ष्टिय उपाधिबाट सम्मानित
दुई नेपाली युवा वल्ड बुक अफ रेकर्ड, लण्डनको STAR 2020 अन्तरार्ष्टिय उपाधिबाट सम्मानित लायन्स क्लब अफ काठमाण्डौ कृयेटिभ युथको संस्थापक अध्यक्ष गनिका गुरुङ र पूर्व अध्यक्ष अनिल बुर्जा मगरलाई वल्ड बुक अफ रेकर्ड, लण्डन ले ( STAR 2020) द्वारा विभुशीत गरेको छ। वरिष्ठ समाजसेवक लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ( 325 ए वान ) को डिस्ट्रिक गर्भनर लायन टंक बहादुर श्रेष्ठको प्रमुख आतिथ्य, त्यसै गरी जि.एस.टि मल्टीपल कोडीनेटर लायन अन्नत प्रसाद भेटुवाल, भाईस डिस्ट्रिक गर्भनर लायन कर्म गुरुङ, वरिष्ठ ऱ्यापर निर्णय श्रेष्ठ र पि. ई.एफ का अध्यक्ष विष्णु पोखरेलको विशेष उपस्थितिमा STAR 2020 को प्रमाण पत्र प्रदान गरिएको जानकारी श्री सागर कटवाल, अध्यक्ष वल्ड बुक अफ रेकर्ड,नेपालले दिनु भएको छ। वल्ड बुक अफ रेकर्ड विश्वव्यापी रूपमा रेकर्डहरू प्रमाणिकरण गर्ने अन्तराष्ट्रिय संस्था हो। यसले बेलायत, अमेरिका, अष्ट्रे...









