बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

Author: News Reporter

‘यंग एचिभर’ र एसइई उतीर्ण विद्यार्थीलाई ग्लोबल कायस्थ कन्फेन्स नेपालद्वारा सम्मान

‘यंग एचिभर’ र एसइई उतीर्ण विद्यार्थीलाई ग्लोबल कायस्थ कन्फेन्स नेपालद्वारा सम्मान

शिक्षा, समाचार
ग्लोबल कायस्थ कन्फेन्स (जिकेसी) नेपालले ‘यंग एचिभर’ र एसइईमात्र उत्कृष्ट नतिजा ल्याइ सफलता हासिल गरेका छात्रछात्राहरूलाई सम्मान गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर जिकेसीले उनीहरूलाई सम्मान गरेको हो। कायस्थ समुदायबाट एसइईमा उत्कृष्ट नजिता ल्याउन सफल भएका छात्रछात्राका साथै अन्य क्षेत्रमा सफलता हासिल गरेका युवाहरूले जिकेसीले सम्मान गरेको हो। यस अवसरमा निजामति सेवामा अधिकृत पदमा नाम निकाल्न सफल मेघा कर्ण, मिस युनिभर्स नेपाल २०२३ की क्वालिफायर गाजल कर्ण र मिस पोपुलर नेपाल माही श्रीवास्तवलाई सम्मान गरिएको छ। त्यस्तै एसइईमा उत्कृष्ट नजिता ल्याउन सफल भएका इशा दत्त, नन्दीता कर्ण, लक्ष्यकुमार श्रीवास्तव, श्रेयस मल्लिक, हिमानी कर्णसहित १५ छात्रछात्रा सम्मानित भएका छन्। जिकेसी नेपालका अध्यक्ष डा.पुनम कर्णको अध्यक्षतामा आयोजित कार्...
मन्त्रिपरिषद् पुनर्गठन गर्ने हल्लाले मन्त्रालयका प्रशासनिक काम कारबाहीमा सुस्तता :डा. डिआर उपाध्याय

मन्त्रिपरिषद् पुनर्गठन गर्ने हल्लाले मन्त्रालयका प्रशासनिक काम कारबाहीमा सुस्तता :डा. डिआर उपाध्याय

राजनीति, समाचार
सत्तारूढ दल नेकपाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेको छ । तर अहिले सम्म कुनै टुंगो लगाउन सकेको छैन । नेकपा भित्र मन्त्री बन्नका लागी धेरैको बालुवाटारमा भिड लाग्ने गरेको समाचार आउछ । सत्ता स्वार्थमा धेरै नेताहरु लिप्त छन । देश र जनताका लागी भन्दा पनि आफनो ब्यक्गित स्वार्थ पुरा गर्न केहि नेताहरु मन्त्री बन्न खोज्दै छन । जो मन्त्री बने पनि देश र जनताको पक्षमा काम प्रभावकारी ढंगले हुन सकेन भने त्यसको के अर्थ ? सरकारको कामलाई अझै बढी प्रभावकारी बनाउनु पर्नेमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीले आमनागरिक निराश छन । किन भने जो आए पनि त्यस्तै हो भन्र्ने जनतामा परेको छ । बर्तमान सरकार चलायमान हुन सकेन । समस्या यो हो । नेकपाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी धेरै पहिले देखि नै गरेको हो तर अहिले सम्म त्यसलाई मूर्त रूप दिन सकेको छैन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का...
कीर्तिमानी गीतकार डा. डीआर को फरक शैलीको गीत ‘मायामा हामी’ सार्वजनिक (भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर को फरक शैलीको गीत ‘मायामा हामी’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको फरक शैलीको गीत ‘मायामा हामी…’ सार्वजनिक भएको छ । डा. उपाध्यायको अक्षर अक्षरको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा एउटा अक्षरमा पुरुषको स्वर र अर्को अक्षरमा नारीको स्वर रहेको छ । सार्वजनिक गीतमा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ भने वविन ढुंगाना र रिता केसीले स्वर दिनुभएको छ । यो फरक शैलीको गीतले केही समयअघि विश्व रेकर्ड राख्न सफल भएको थियो । यो गीत उपाध्यायको केही समयअघि सार्वजनिक एल्वम ‘चहानाको महल’मा समावेस छ । https://youtu.be/hZNYve4h9KU फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । त्यही मध्येको यो एउटा गीत हो ‘चहानाको महल’ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको छ । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँक...
सुजाता र प्रमोदको सुमधुर स्वर तथा  पल र पूजा फिचर्ड ‘ओई कान्छी’ सार्वजनिक (भिडियो)

सुजाता र प्रमोदको सुमधुर स्वर तथा पल र पूजा फिचर्ड ‘ओई कान्छी’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
गायक प्रमोद खरेल र गायिका सुजाता केसीको सुमधुर स्वरमा सजिएको नयाँ गित ‘ओई कान्छी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ।दिपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई गायिका सुजाता केसी र गायक प्रमोद खरेलले आवाज दिएका छन्। छायाँकार अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोलाइ कजिस श्रेष्ठले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् भने सार्बजनिक म्युजिक भिडियोमा लोकप्रिय नायक पल शाह र नायिका पुजा शर्मालाइ फिचर्ड गरिएको छ। भिडियोलाई शुशिल शर्माले निर्माण गरेका हुन्। भिडियो हेर्नुहोस: https://www.youtube.com/watch?v=Zf5stR_413A&feature=emb_logo ...
प्रकाश, माण्डवी र तेजस्वीको स्वरको ‘उड्यो चरी’सार्वजनिक (भिडियो)

प्रकाश, माण्डवी र तेजस्वीको स्वरको ‘उड्यो चरी’सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
पछिल्लो समयका लोकप्रिय गायक प्रकाश सपूतको नयाँ गीत सार्वजनिक भएको छ । ‘उड्यो चरी’ बोलको गीत हालै सार्वजनिक भएको हो । यस गीतमा करण न्यौपानेको शब्द रहेको छ । गीतमा लोकप्रिय गायक प्रकाश सपूत , माण्डवी त्रिपाठी र तेजस्वी पन्तको स्वर रहेको छ। गीतलाई विपिन आचार्यले अरेन्ज गरेका हुन् । आर्थिक अवस्था कमजोर भएको परिवारमा श्रीमान् अशक्त हुँदा परिवार र छोरीलाई छोडेर परदेशिएकी श्रीमती विदेशबाट घर फर्किँदा बाकसमा आउनु परेको कथावस्तु गीतमा उतारिएको छ । गीतको भिडियोमा कलाकार शिवन पोखरेल, रोश्नी कार्की र एल्भिना खड्काको दमदार अभिनय छ । यस गीतको भिडियोलाई देबेन्द्र बब्लुले निर्देशन गरेका हुन् । यस्तै अनिल कृष्ण मानन्धरले भिडियो खिचेका हुन् भने सम्पादन प्रबिन भट्टले गरेका हुन् । ‘उड्यो चरी’ लाई विन्दवासिनी म्युजिक प्रा.लिले बजारमा ल्याएको छ । भिडियो : https://www.youtube.com/watch?v=apXCHLE...
प्रेम शर्मा अभिनित दशैँ गीत ‘दशैँ होईन दशा‘’को भिडियो सार्वजनिक (भिडियो सहित)

प्रेम शर्मा अभिनित दशैँ गीत ‘दशैँ होईन दशा‘’को भिडियो सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
नेपालीकोको महान् चाड विजया दशमी नजिकिदै गर्दा गीतकार सागर शर्माकोे दशैँ गीत ‘दशैँ होईन दशा…’ सार्वजनिक भएको छ । राजु परियारको स्वर र विपिन आचार्यको एरेञ्ज तथा शर्माकै लय रहेको गीतको भिडियो सार्वजिनिक भएको हो । https://youtu.be/LFIzD7XUb6E दीपक जोशीको निर्देशन तथा छायाँकन र सदिश जोशीको सम्पादन रहेको सार्वजनिक गीतको भिडियोमा प्रेम शर्मा पौडेल, मुस्कान घिमिरे, किशोर पाण्डे तथा बालकलाकार प्रिसिला शर्मा पौडेल र राहुल जोशीको अभिनय हेर्न सकिन्छ । निकै मार्मिक शब्दहरू समेटिएको यस गीतको भिडियोमा दुःखी-गरिबको पिडा र वेदनालाई प्रस्तुत गरिएको छ । गीतको भिडियोलाई कोचे नेपाल मार्फत सार्वजनिक गरिएको छ । ...
शिवहरि पौडेल निर्देशित बहुप्रतिक्षित चलचित्र ‘लक्का जवान’ चैत सम्म सार्वजनिक हुने

शिवहरि पौडेल निर्देशित बहुप्रतिक्षित चलचित्र ‘लक्का जवान’ चैत सम्म सार्वजनिक हुने

मनोरन्जन, समाचार
चलचित्र ‘लक्का जवान’ चैतमा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । हाँस्य कलाकार शिवहरी पौडेलको डेब्यु निर्देशन रहेको ‘लक्का जवान’ आगामी चैतमा सार्वजनिक प्रदर्शनमा आउने भएको हो । गत चैत्र २१मा सार्वजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्र कोरोनाको कहरका कारण रोकिएको थियो । प्रदर्शनको वातावरण बने दशैँ, तिहारमा, नत्र चैत्रमा ‘लक्क जवान’ सार्वजनिक प्रदर्शनमा ल्याइने चलचित्रका निर्देशक शिवहरि पौडेलले बताउनुभयो ।‘हामी फिल्म तयार गरेर बसेका छौ’ पौडेलले भन्नुभयो ‘प्रदर्शन वातावरण मिल्यो र सुरक्षित हुने महशुस हुनेवितिकै सार्वजनिक गर्छौँ ।’ चलचित्रको अहिले दोर्‍याएर कलर करेक्सन र मिस्केट केलाउने काम भइरहेको पौडेलले बताउनुभयो । केही गीत सार्वजनिकको अलवा प्रचार प्रसार समेत गरेर पनि सार्र्वजनिक स्थगित भएको चलचित्र ‘लक्का जवान’मा किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्...
मिलिजुली टिकटक परिवारद्वारा वृद्धाश्रमलाई सहयोग

मिलिजुली टिकटक परिवारद्वारा वृद्धाश्रमलाई सहयोग

समाचार, समाज
काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा आवद्ध समुह मिलिजुली टिकटक परिवारले एक कार्यक्रम आयोजना गर्दै काठमाडौंको गोंगबुस्थित हिमालय वृद्धाश्रमलाई सहयोग हस्तान्तरण गरेको छ । सामाजिक सञ्जालले विकृति फैलाउँछ भन्ने सन्देशलाई गलत सावित गर्दै टिकटक समुह मिलिजुली टिकटक परिवारले दैनिक उपभोग्य सामाग्रीहरु आश्रमलाई सहयोग गरेको हो । सामाजिक सञ्जाल टिकटकमा आवद्ध रहेर पनि यो समूहले समय समयमा सामाजिक कार्यहरु गर्दै आइरहेको छ । समूहले एक औपचारिक कार्यक्रम आयोजना गरेर कम्बल ३५ थान, चियापति १० केजि, बिस्कुट २० कार्टुन, लुगा धुने साबुन र नुहाउने साबुन २०÷२० कार्टुन, सर्फ ३५ के. जि., चिउरा ५० केजि, दाल ५० के. जि., फिनेल २० लिटर, चिनी ५० के. जि., जुस २ कार्टुन, सेनिटाइजर २५ लिटर, चाउचाउ २ कार्टुन, भुजा १० के. जि. र आटा ५० के. जि. लगाएत अन्य दैनिक उपभोग्य सामानहरु हस्तान्तरण गरेको हो । २०६१ साल देखि संचालनमा र...
किर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘कतिन्जेल..’ सार्वजनिक (भिडियो)

किर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘कतिन्जेल..’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
गीत सङ्गीत क्षेत्रमा विभिन्न ३२ वल्र्ड रेकर्ड राख्न सफल गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘कतिन्जेल…’ सार्वजनिक भएको छ । नरहरि प्रेमीको स्वर तथा सङ्गीत र राजु कार्किको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा केशव र चन्दा न्यौपानेलाई फिचर्ड गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोमा शिलन लम्सालको सम्पादन छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ । ‘हामी सबैको मिहिनेतले एउटा उत्कृष्ट गीतको भिडियो सार्वजनिक गरेका छौ, आशा त यहाँहरू सबैको माया पाउने छौ’, निर्देशक माइकलले भन्नुभयो । गायक तथा सङ्गीतकार नरहरि प्रेमीले राम्रो शब्दलाई स्वर तथा सङ्गीत मार्फत उत्कृष्ट सिर्जना स्रोता/दर्शकमाझ पस्किएका छौ भन्दै गीतको भिडियो पनि त्यतिकै राम्रो बने...
क्यान्सर पीडित शुसिल बि.क.को सहयोगको लागी संचारकर्मी सिता रसाईलीको आग्रह

क्यान्सर पीडित शुसिल बि.क.को सहयोगको लागी संचारकर्मी सिता रसाईलीको आग्रह

समाचार, समाज
बाग्लुङ्ग जिल्ला गलकोट नगरपालिका ११ रिघा निवासी यम बि .क. का छोरा सुशील बि. क. बर्ष १७ का हाल केहि साल देखी भारतको चण्डीगढ़ मा मजदूरी काम गर्दै आएको रहेछन् तर दुःख को कुरा केहि महिना अघि बाट उहाँ को कानमा क्यान्सर जस्तो घातक रोगले फेला पारेको रहेछ र भारत को चण्डीगढ़ PGI Hospital मा उपचार भई रहेको छन्। धेरै समय देखि सो रोग बाट बिरामी हुदा र अझै ठिक हुन समय लाग्ने भएको हुँदा आफु पनी बिरामी र घरको पनी आर्थिक अवस्था नाजुक भएकोले सहयोगको आसामा रहेको छन्। https://youtu.be/UD4kx46w95M उक्त जानकारी पाउँदा सम्पूर्ण मन का धनी सहयोगी मनहरू लाई जे जती हुन सक्छ उक्त भाई लाई सहयोग गरी ज्यान बचाई दिनु हुन हार्दिक अपिल गर्दै अस्ट्रेलिया निवासी सीता रसाइली बिश्वकर्माले गो फण्डमी मार्फत सहयोगको लागी अनुरोध गर्नु भएको छ। सहयोग गर्न इच्छुक व्यक्तिहरुले तलको लिंकमा गएर क्लिक गरि सहयोग गर्न सक्नु हुनेछ...