आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024
Shadow

खेलकुद

‘भिएस् अन्तर विद्यालय फुटसल’ प्रतियोगिताको उपाधी जित्यो मनकामना माविले

‘भिएस् अन्तर विद्यालय फुटसल’ प्रतियोगिताको उपाधी जित्यो मनकामना माविले

खेलकुद, समाचार
विश्व शिक्षा सदन स्कुलको आयोजना तथा विनायक सिद्ध कलेजको व्यवस्थापनमा सम्पन्न प्रथम भिएस् अन्तर विद्यालय फुटसल सेभेन ए साइड टुर्नामेन्ट प्रतियोगिताको उपाधी मनकामना माविले जितेको छ । भाटभटिनी फुटसल ग्राउन्डमा सम्पन्न सेभेन ए साइड टुर्नामेन्ट प्रतियोगितामा मनकामनाले सांग्रिला पब्लिक स्कुललाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको हो । उक्त विजेताहरूलाई प्रमुख अतिथि दुर्गा प्रसाई तथा विशेष अतिथि विष्णु पराजुलीले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद राशीसहित पुरस्कृत गर्नुभएको थियो । त्यस्तै, प्रथम मनकामना माविलाई ट्रफी, मेडल, सटिफिकेट सहित पन्ध्र हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको थियो भने, दोस्रो सांग्रिला पब्लिक स्कुलले ट्रफी, मेडल र दश हजार रूपैयाँ पुरस्कार प्राप्त गरेको छ । दुई दिनसम्म भएको प्रतियोगितामा विभिन्न विद्यालय तथा कलेजहरूका ३१ वटा टोलीको सहभागीता रहेको विनायक  सिद्ध क...
विश्व स्ट्रेन्थ लिफ्टिङ्ग च्याम्पियनसिपमा नेपाललाई १६ स्वर्ण,१४ रजत र ४ कास्य पदक

विश्व स्ट्रेन्थ लिफ्टिङ्ग च्याम्पियनसिपमा नेपाललाई १६ स्वर्ण,१४ रजत र ४ कास्य पदक

खेलकुद, समाचार
भारतको हैदरावादमा पुष २ देखि ५ गतेसम्म संचालित १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आई.बि.पि.च्याम्पियनसिप २०२३ मा नेपालको तर्फबाट सहभागी खेलाडीहरु मध्येबाट १६ स्वर्ण,१४ रजत र ४ कास्य पदक जित्न सफल भएका छन् । सहभागी खेलाडीहरु स्वदेश फर्किसकेका छन् । लालबहादुर शास्त्री स्टेडीयममा संचालित खेलमा युरोप,अमेरिका र एशियाका १६ मुलुकको ३०० भन्दा धेरै खेलाडीको सहभागीता रहेको थियो । १६ मुलुक मध्ये धेरै पदक जित्नेमा नेपाल दास्रो स्थानमा रहन सफल भएको जानकारी यस खेलमा रजत पदक विजेता अफिसियल तथा खेलाडी राजेश सुवालले जानकारी दिएका छन् । यस प्रतियोगितामा सबैभन्दा धेरै पदक जित्ने देश भारत हुन सफल भएको थियो । यस खेलमा १३ बर्ष देखि ८० बर्षसम्मका वजन समुहका खेलाडीहरुको सहभागीता रहेको थियो । सन् २०२५ मा विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आई.बि.पि.च्याम्पियनसिप नेपालमा आयोजना गर्ने योजना रहेको कुरा नेपाल स्ट्...
एशियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एआईजी  भण्डारीद्वारा स्वागत

एशियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एआईजी भण्डारीद्वारा स्वागत

खेलकुद, समाचार
काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी लगायत सिनियर प्रहरी अधिकृतहरुले सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म मित्र राष्ट्र चीनमा सम्पन्न भएको १९ औं एशियन गेम्स अन्तर्गत कराते, कबड्डी, भारोत्तोलन तथा भलिबल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी स्वदेश फिर्ता हुनुभएका खेलाडी तथा अफिसियलहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भयो । उक्त प्रतियोगितामा नेपालले प्राप्त गरेको १ रजत र १ काँस्य गरि कुल २ पदक मध्ये कराते खेल अन्तर्गत नेपाल पुलिस क्लबमा आवद्ध कराते खेलाडी एरिका गुरुङले नेपालको कराते खेल ईतिहासमै पहिलो पटक एशियन गेम्सको फाईनलमा प्रवेश गर्न सफल भई नेपाललाई रजत पदक दिलाउनु भएको थियो भने आफ्नो डेब्यू खेलमा नै कास्य पदक जित्न सफल नेपाली कबड्डी टिममा ...
बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघको अध्यक्षमा कमलप्रसाद ढकाल

बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघको अध्यक्षमा कमलप्रसाद ढकाल

खेलकुद, समाचार
कमलप्रसाद ढकालको अध्यक्षतामा बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघ गठन गरिएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यता, नेपाल पेन्टाथलोन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको समापतित्वमा काठमाडौंमा उपस्थित खेलकर्मीको भेलाले ढकालको अध्यक्षतामा बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघ गठन गरेको हो । संघको उपाध्यक्षमा दिलकुमारी नेपाल, मिलन खड्कार र रवी किरण खड्का चयन भएका छन् । यस्तै सचिवमा कृष्णप्रसाद लामिछाने र कोषाध्यक्षमा ध्रुव पोखरेल चयन भएको प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले जानकारी दिएको छ । त्यस्तै संघको सदस्यहरुमा भिकटर राणा, मनिष अर्याल, विकास खेतान, डिल्लीराम श्रेष्ठ, शुष्मा थापा, तीर्थराज गौतम र प्रेमकुमार अर्याल चयन भएका छन् । मोडर्न पेन्टाथलन एउटा ओलम्पिक खेल हो, जसमा फेन्सिङ, फ्रिस्टाइल पौडी, इक्वेस्ट्रियन शो जम्...
विद्यालयका खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण

विद्यालयका खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण

खेलकुद, समाचार
काठमाण्डौँ । काठमाण्डौँको सानोभ¥याङ्मा अवस्थित स्वस्तिश्री गुरुकुल आइ वी वल्र्ड स्कूलले यही फागुन १४ गते देखि आयोजना गरेको अन्तर विद्यालय फुटसल प्रतियोगिता आज विशेष समारोहका बीच विजयी विद्यालयका खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरी सम्पन्न भएकोे छ । पाँच दिनसम्म सञ्चालन भएको मैत्रीपूर्ण खेलमा १२ वटा विद्यालयका विभिन्न उमेर समुहका जम्मा २८ टिम सहभागी भएका थिए । सो समापन समारोहमा नेपाल खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले विजेताहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो । त्यसैगरी विशेष अतिथिको रुपमा नेपाल स्कूल स्पोर्टस् फेडेरेसनका अध्यक्ष प्रदीप जोशी , पूर्व राष्ट्रिय फुटवल खेलाडी तथा अखिल नेपाल फुटवल संघका पूर्व सदस्य दिनेश व्यञ्जनकार , नागार्जुन प्याब्सनका अध्यक्ष वासु घिमिरे ,नेपाल राष्ट्रिय फुटवल टिमका पूर्व कप्तान तथा विद्यालयका फुटवल एम्बासडर अनिल गरुङ्, राष्ट्रिय ...
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधिले शिक्षा सन्देशको उत्कृष्टता

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधिले शिक्षा सन्देशको उत्कृष्टता

खेलकुद, समाचार
बेलबारी। बेलबारी नगरपालिकाको आयोजनामा बेलबारी ९ डाँगीहाट स्थित काली मा.वीमा फागुन १० देखि १२ गतेसम्म भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बेलबारी नगरभित्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरुको सहभागिता रहेको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सलआर्ट खेलहरुको आयोजना गरिएको थियो भने नगरभित्रका सबै विद्यालयका विद्यार्थीहरुबिच कडा प्रतिस्पर्धा र रोचकका साथ खेल सम्पन्न भयो । आयोजित राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतका मार्सलआर्ट बाहेकका सबै खेल प्रतियोगितामा शिक्षा सन्देश इ. स्कुलको सहभागिता रहेको थियो । यसरी सम्पन्न भएको स्थानिय सरकारको आयोजनामा नगरभित्रका विद्यार्थीहरुको क्षमता पहिचानका साथै खेल जगतको विकास र खेलाडीहरुलाई थप हौसला र उर्जाका निम्ति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उत्कृष्ट कार्यक्रम हो । त्यसैले देशभरका सबै स्थानिय सरकारले विद्य...
नवौ बिश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाललाई १ स्वर्ण र ३ रजत

नवौ बिश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाललाई १ स्वर्ण र ३ रजत

खेलकुद, समाचार
कुल १३ देशको सहभागिता रहेको हिजो किर्गिस्तानमा आयोजना भएको नवौ विश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा १०५ के.जि. भन्दा माथी को आई.बी.पी.सिनियर तौल समुहमा जीवन गिरी रज्त,७६ के.जी. आई.बी.पी. मस्टर २ तौल समुहमा केदारमान स्थापीत रजत र महिला तर्फ ७२ के.जी. भन्दा माथिको आई.बी.पी. तौल समुहमा दीपा बिष्ट स्वर्ण तथा सोही तौल समुहमा स्ट्रेन्थ लिफ्टिङ तर्फ पनि दीपा बिष्टले रजत पदक हासिल गरेका छन् । यसरी ३ खेलाडीले नेपालको लागि कुलमा ४ पदक दिलाएका छन् । अघिल्लो बर्षबाट नेपालमा भित्रिएको यो खेलले नेपालमा छोटो समयमा राम्रो लोकप्रियता हासिल गरेको छ । दुई महिना अघि यो खेलको राष्ट्रिय प्रतियोगिता पनि सम्पन्न भएको थियो । ...
अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारको १२औं विश्व रेकर्ड

अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारको १२औं विश्व रेकर्ड

खेलकुद, समाचार
अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारले १२औं गिनिज वर्ल्ड रेकर्डको प्रयास गरेका छन् । बाल्टिमोरको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो एवं फ्यामिलि मार्शल आर्टको परिसरमा सुनारले विश्व रेकर्ड प्रयास गरेका हुन् । एक मिनेटमा सबैभन्दा धेरै फुल ट्विस्टेड बटरफ्लाइ किक विधामा गरिएको प्रयत्न पार्कर खेलको फ्रि स्टाइल अन्तर्गत पर्दछ। सुनारले एक मिनेटमा २३ पटक गर्न सफल भएका छन् । अहिलेसम्म १५ पटककोमात्र रेकर्ड रहेको छ ।रेकर्डको आधिकारिकता लागि छिट्टै गिनिज वर्ल्ड रेकर्डमा पठाइने भएको छ । एभरेष्ट तेक्वान्दो स्कुलका संचालक तथा प्रशिक्षकहरु मास्टर कुमार कार्की र कल्पना कार्कीको अगुवाईमा कार्यक्रम भएको हो । प्रशिक्षकहरु राजु नगरकोटी, कृष्ण बलाल, राजु क्षेत्री, मेल्विन मोर्ते, उज्वल सिंह ठकुरी र नकुल शर्मा निर्णायक मण्डलमा रहेका थिए । नेपाल र अमेरिकाबीचको कुटनैतिक सम्बन्धको ७५ वर्षको उत्सव मनाइरहँद...
एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई

एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई

खेलकुद, समाचार
काठमाडौं । एनएफपीजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औं बार्षिक उपलक्ष्यमा आयोजना गरिएको फुट्सल प्रतियोगितको उपाधी हाम्रो फुट्सल पत्रकार टिमले जितेको हो । स्वस्तीश्री गुरुकुल विद्यालयको खेलमैदानमा भएको खेलमा १२ वटा टिम सहभागी भएका थिए । नकआउट चरणमा खेलाइएको खेलको पहिला चरणमा गोलाप्रथाबाट १२ टीम विच प्रतिस्प्रधा भएको थियो । उक्त कार्यक्रममा वरिष्ठपत्रकार ऋषि धमलाको टिम , सिलापत्र, गोरखापत्र,रासस,हाम्रो जन्मभूमि,नियात्रा टिभि रेडियो पर्यावरण ,फोटोपत्रकार सघ धादिङ लगायत हाम्रो फूटसल टिम , गुरुङ पत्रकार सघ लगायतका टिमहरु सहाभागीता रहेको थियो । त्यसै गरि दोस्रो चरणमा जितेर आएको ६ वटा टीम खेलेका थिए । सेमी फाइलनमा धादिङ फोटोपत्रकार समूह टीम र एटजोन गुरुङ पत्रकार टिम विच खेल भएको थियो भने हाम्रो फुटसल पत्रकार टिमले व...
प्रारम्भ एकेडेमीको स्पोर्ट्स कार्निभल २०७८ को समापन

प्रारम्भ एकेडेमीको स्पोर्ट्स कार्निभल २०७८ को समापन

खेलकुद, समाचार
काठमाडौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर छ स्थित प्रारम्भ एकेडमीले गत फाल्गुन २४ गतेदेखि सुरू गरेको “स्पोर्ट्स कार्निभल २०७८” को आज समापन गरेको छ । उक्त कार्यक्रमको सभापतित्व विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारीले गर्नुभएको थियो। स्पोर्ट्स कार्निभलमा विद्यार्थीहरूले विभिन्न ९८ वटा बिधामा भाग लिएका थिए ।कार्यक्रमका बिजेताहरूलाइ मेडल, ट्रफी तथा नगद पुरस्कारले सम्मानित गरिएको छ । खानेकुरा जस्तै खेलकुद पनि मानव जीवनको एक अभिन्न अङ्ग भएकालेे यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने विद्यालयका एकेडेमीक डाइरेक्टर राजेश घिमिरेले बताउनु भयो । काठमाडौको उत्तरपूर्वीय भेगको कागेश्वरी मनोहरा नगरपालिकामा अवस्थित प्रारम्भ एकेडमी एक उत्कृष्ट शैक्षिक गन्तव्य हो । ...