आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024
Shadow

विश्व स्ट्रेन्थ लिफ्टिङ्ग च्याम्पियनसिपमा नेपाललाई १६ स्वर्ण,१४ रजत र ४ कास्य पदक

भारतको हैदरावादमा पुष २ देखि ५ गतेसम्म संचालित १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आई.बि.पि.च्याम्पियनसिप २०२३ मा नेपालको तर्फबाट सहभागी खेलाडीहरु मध्येबाट १६ स्वर्ण,१४ रजत र ४ कास्य पदक जित्न सफल भएका छन् । सहभागी खेलाडीहरु स्वदेश फर्किसकेका छन् । लालबहादुर शास्त्री स्टेडीयममा संचालित खेलमा युरोप,अमेरिका र एशियाका १६ मुलुकको ३०० भन्दा धेरै खेलाडीको सहभागीता रहेको थियो ।

१६ मुलुक मध्ये धेरै पदक जित्नेमा नेपाल दास्रो स्थानमा रहन सफल भएको जानकारी यस खेलमा रजत पदक विजेता अफिसियल तथा खेलाडी राजेश सुवालले जानकारी दिएका छन् । यस प्रतियोगितामा सबैभन्दा धेरै पदक जित्ने देश भारत हुन सफल भएको थियो ।

यस खेलमा १३ बर्ष देखि ८० बर्षसम्मका वजन समुहका खेलाडीहरुको सहभागीता रहेको थियो । सन् २०२५ मा विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आई.बि.पि.च्याम्पियनसिप नेपालमा आयोजना गर्ने योजना रहेको कुरा नेपाल स्ट्रेन्थ लिफ्टिङ्ग फेडरेशनका महासचिव जिवन गिरीले जानकारीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *