बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

स्वास्थ्य

ढाकामा चम्कियो नेपालको पूर्णायु, ‘ग्लोबल एक्सिलेन्स’ अवार्डबाट सम्मानित

ढाकामा चम्कियो नेपालको पूर्णायु, ‘ग्लोबल एक्सिलेन्स’ अवार्डबाट सम्मानित

समाचार, स्वास्थ्य
ढाका - काठमाडौंस्थित पूर्णायु आयुर्वेद अस्पतालले अन्तर्राष्ट्रिय स्तरमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। बंगलादेशको ढाकामा आयोजित ‘ग्लोबल एक्सिलेन्स हेल्थकेयर एण्ड आयुर्वेदिक लिडरशिप अनर २०२६’ बाट सम्मानित हुँदै पूर्णायुले नेपाली आयुर्वेद क्षेत्रको प्रतिष्ठा विश्वमाझ उँचो बनाएको हो।  ढाकास्थित आइडिया एक्सचेन्जद्वारा आयोजित तेस्रो ग्लोबल एक्सिलेन्स अनर एण्ड ब्यूटिसियन, आर्ट एण्ड बिजनेस कन्फरेन्स–२०२६ मा पूर्णायु आयुर्वेद अस्पताललाई आयुर्वेदिक स्वास्थ्य सेवामा पुर्‍याएको उल्लेखनीय योगदान, अन्तर्राष्ट्रिय प्रभाव, जनविश्वास तथा सेवाको उत्कृष्टताका आधारमा सम्मान प्रदान गरिएको हो। उक्त अवार्ड अस्पतालका अध्यक्ष एवं युवा सामाजिक अभियान्ता प्रल्हाद चौहानलाई ढाकाका विशिष्ठ व्यक्तित्वहरुले प्रदान गरेका थिए ।  सम्मानपत्रमा पूर्णायुलाई नेपालको अग्रणी आयुर्वेदिक स्वास्थ्य संस्...
पाकिस्तान दूतावास र पीएनएएनद्वारा नागार्जुनमा निःशुल्क स्वास्थ्य शिविर

पाकिस्तान दूतावास र पीएनएएनद्वारा नागार्जुनमा निःशुल्क स्वास्थ्य शिविर

समाचार, स्वास्थ्य
काठमाडौं, असार — नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान–नेपाल एलुम्नी नेटवर्क (PNAN) को संयुक्त आयोजनामा काठमाडौंको नागार्जुन नगरपालिका–४ मा असार २९ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा पीएनएएनका अध्यक्ष डा. दीपक मिश्र, नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारी, वडा नं. ४ का अध्यक्ष लक्ष्मीराम शर्मा तथा स्थानीय जनप्रतिनिधि र स्वयंसेवकहरूको उपस्थिति रहेको थियो। पाकिस्तानबाट चिकित्सा शिक्षा हासिल गरेका चिकित्सकहरूको टोलीले वरिष्ठ नागरिक, महिला तथा बालबालिकासहित स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गरेको दूतावासले जनाएको छ। शिविरमा एक सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो भने केही बिरामीलाई थप उपचारका लागि विशेषज्ञ अस्पतालमा रिफर गरिएको थियो। शिविरमा आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो। पाकिस्तान दूतावासले स्वास्थ्य शिविर सफल बनाउन सहयोग गर्...
शुद्धिग्राम नेपालका नाममा उपचार होइन, ठगी!

शुद्धिग्राम नेपालका नाममा उपचार होइन, ठगी!

समाचार, स्वास्थ्य
ललितपुर— देशकै प्रमुख प्रशासनिक केन्द्र राजधानी उपत्यकाभित्रै स्वास्थ्य सेवा दिने नाममा व्यापक लुट मच्चिएको गुनासो पीडित बिरामीहरूले गरेका छन्। ललितपुरको सानेपास्थित हिम्स शुद्धिग्राम नेपाल नामक संस्था प्राकृतिक तथा आयुर्वेदिक उपचारको नाममा मनपरी गरिरहेको आरोप लागेको छ। भारतमा सञ्चालित HIMS (Health India Medical Science) को नाम र प्रतिष्ठालाई अगाडि सार्दै, ‘प्राकृतिक उपचारको नयाँ विश्वास’ भन्दै मिर्गौला, कलेजो, मधुमेह, उच्च रक्तचाप, क्यान्सर लगायत दीर्घरोगको ग्यारेन्टीका साथ उपचार हुने प्रचारसहित सो संस्था सञ्चालित छ। एक वर्षअघि श्यामलाल श्रेष्ठसहितको समूहले यो केन्द्र सञ्चालनमा ल्याएको हो। तर, भित्रको वास्तविकता भने यसको ठिक विपरीत देखिएको छ। यहाँ उपचार गराइरहेका अधिकांश बिरामीहरू आफु ठगिएको महसुस गर्दै मिडियामार्फत गुनासो पोखिरहेका छन्। ग्यारेन्टीका नाममा ठगी ७२ घण्टामा सुगर...
अनियमित दिनचर्या, अनिद्रा र गलत खानपानका कारण प्यान्क्रियाटाइटिसको क्यान्सर बढ्दैछ : वैद्य बलेन्दु प्रकाश

अनियमित दिनचर्या, अनिद्रा र गलत खानपानका कारण प्यान्क्रियाटाइटिसको क्यान्सर बढ्दैछ : वैद्य बलेन्दु प्रकाश

समाचार, स्वास्थ्य
रुद्रपुर, उत्तराखण्ड – वैद्य चन्द्र प्रकाश रिसर्च फाउन्डेसन र पडावका आयुर्वेद अनुसन्धानकर्ताहरूले गरेको बृहत् अध्ययनले धेरै चकित पार्ने तथ्याङ्क सार्वजनिक गरेको छ । अध्ययनले पत्ता लगायो कि भारतमा प्यान्क्रियाटाइटिसले मुख्यतया युवा वयस्क पुरुषहरूलाई असर गर्छ। तीमध्ये १९ देखि ४५ वर्षका युवाहरू अनियमित दिनचर्या, मानसिक तनाव र अनिद्रा जस्ता रोगबाट ग्रसित थिए। पद्मश्री वैद्य बलेन्दु प्रकाशले भने कि यसले भारतमा प्यान्क्रियाटाइटिसको परिवर्तनको परिदृश्यमा महत्त्वपूर्ण जानकारी प्रदान गर्दछ। इपिडेमियोलोजी फाउन्डेसन अफ इन्डियाको जर्नलमा प्रकाशित (खण्ड ३, अंक एक, जनवरी-मार्च २०२५), यो अध्ययन जनवरी १९९७ र नोभेम्बर २०२४ बीच २०५० बिरामीहरूको जनसांख्यिकीय र क्लिनिकल प्रोफाइलहरूको विश्लेषण गरी करिब तीन दशकमा फैलिएको छ। डाक्टर प्रज्ञा वैद्यको नेतृत्वमा रहेको मेडिकल डाटाको नेतृत्व डा. भारतमा जस्तै एआईजी हैद...
होमस्टे, होटेल तथा रिसोर्ट सञ्चालकहरूलाई योग तथा पूर्वकर्म अभिमुखीकरण कार्यक्रम

होमस्टे, होटेल तथा रिसोर्ट सञ्चालकहरूलाई योग तथा पूर्वकर्म अभिमुखीकरण कार्यक्रम

समाचार, स्वास्थ्य
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले होमस्टे, होटेल तथा रिसोर्टका सञ्चालकहरूका लागि योग तथा पूर्वकर्म सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । आयुर्वेद तथा योगको माध्यमबाट पर्यटकलाई चिकित्सा सेवा प्रदान गरी चिकित्सा पर्यटनको विकास र प्रवर्द्धन गर्ने उदेश्यका साथ चन्द्रागिरि नगरपालिकास्थित मातातिर्थमा कार्यक्रम गरिएको हो । आयुर्वेदको माध्यमबाट पर्यटन क्षेत्रलाई टेवा पुर्‍याउनको लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जनाएको छ ।  आयुर्वेदका औषधिहरूले मालिस, बाफले सेक्ने आदि विधिहरू रोगी व्यक्तिका लागि मात्र नभई तनाव व्यवस्थापन तथा स्वास्थ्य प्रवर्द्धन हेतु समेत प्रभावकारी रहेको हुनाले पर्यटकहरूका लागि आकर्षक रहेको छ । पूर्वीय दर्शनमा वर्णन गरिएको योगका विभिन्न विधिहरू तर्फ समेत पर्यटकहरूको आकर्षण बढेको र उक्त सेवाहरू आफ्ना होमस्टे, हो...
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौँको अर्धवार्षिक समीक्षा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौँको अर्धवार्षिक समीक्षा

समाचार, स्वास्थ्य
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, काठमाडौँले अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको केन्द्रले शनिबार राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा आर्थिक वर्ष २०८०∕८१ मा सम्पादित क्रियाकलापहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बागमती प्रदेशको तर्फबाट स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य कार्यालय, काठमाडौं जिल्ला अस्पताल (टोखा चण्डेश्वरी अस्पताल)को उपस्थिति रहेको थियो । साथै विभिन्न स्थानीय तहका सामाजिक विकास समितिका संयोजकहरू तथा स्वास्थ्य शाखाका प्रमुखहरू समेतको उपस्थिति रहेको थियो । काठमाडौं जिल्लामा रहेका ११ वटा स्थानीय तह मध्ये १० वटा स्थानीय तहमा आयुर्वेदका स्वास्थ्य संस्था रहेका छन् । जसमध्ये कागेश्वरी मनोहरा नगरपालिका, नागार्जुन नगरपालिका, दक्षिणकाली नगरपाल...
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको १५औँ ‘पथ्य आहार कार्यक्रम’

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको १५औँ ‘पथ्य आहार कार्यक्रम’

समाचार, स्वास्थ्य
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले सिनामंगलमा १५औँ ‘पथ्य आहार कार्यक्रम सम्पन्न गरेको छ । बुधबार नागरिकहरूलाई पथ्य आहार सेवन गर्न प्रेरित गरि स्वास्थ्य प्रवर्द्धन गर्ने उदेश्यले १५औँ ‘पथ्य आहार कार्यक्रम गरेको हो । यो कार्यक्रम गत भदौं सुरु गरिएको हो । ‘पथ्य आहार कार्यक्रम’ ऋतु अनुसारको स्वास्थ्यवर्धक खानपान प्रवर्द्धनका लागि सुरु गरिएको कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत परम्परागत खानपानका बारेमा समेत जानकारी दिई हरेक हप्ताको बुधबारका दिन कार्यालय परिसरमा कार्यालयमा आउने सेवाग्राहीहरुलाई आयुर्वेदमा वर्णित ऋतु अनुसार पथ्याहारको जानकारी दिने तथा खुवाउने समेत गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकाअनुसार वर्षमा ६ वटा ऋतुहरु हुन्छन् र प्रत्येक ऋतु अनुसार हाम्रो शारिरिक बल तथा पाचन क्षमता अलग हुन्छन् । तसर्थ आफ्नो शरीरको बल तथा खाना पचाउने क्षमता बुझेर मात्र खाने जनचे...
आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास सम्बन्धि तालिम

आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास सम्बन्धि तालिम

समाचार, स्वास्थ्य
काठमाडौँ । स्वास्थ्य प्रवर्द्धन तथा रोग उपचारका लागि आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास सम्बन्धि तालिम दिइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले १८ जना आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दिएको हो । योगाभ्यासको महत्व र फाइदाको बारेमा जानकारी दिने, कर्मचारीहरूलाई स्वस्थ रहन योग अभ्यास सम्बन्धि ज्ञान र सिप अभिवृद्धि गरी स्वास्थ्य संस्था मार्फत नियमित योगाभ्यास सञ्‍चालन गर्ने तथा विभिन्न रोगका उपचारका लागि ‘रोगानुसार योग’को ज्ञान र सिप अभिवृद्धि गर्ने उद्देश्यका साता तालिम दिइएको हो । काठमाडौँ जिल्लास्थित ११ स्थानीय तह मध्ये १० वटा स्थानीय तहमा आयुर्वेदका संस्थाहरु रहेका छन् । उक्त १० वटा पालिकाका रहेको नागरिक आरोग्य सेवा केन्द्र र आयुर्वेद औषधालयमा कार्यरत आयुर्वेद स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य प्रवर्द्धन तथा रोग उपचारका लागि योगाभ्यास तालिम अन्तर्गत स्वास्थ्य प्र...
पूर्ण स्तनपान प्रवर्द्धनका लागि आमा समूहलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण

पूर्ण स्तनपान प्रवर्द्धनका लागि आमा समूहलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण

समाचार, स्वास्थ्य
काठमाडौँ ।  पूर्ण स्तनपान प्रवर्द्धनका लागि आमा समूहलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । टोखा नगरपालिकासँग समन्वयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयोजना गरेको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो । आमा र बच्चाको स्वास्थ्य सुधार गर्ने तथा कुपोषणजन्य रोगबाट बचाउने विषयमा जनचेतना जगाउने, स्तनपानको महत्त्व बारे जनचेतनामूलक स्वास्थ्य शिक्षा प्रदान गर्ने तथा मातृ शिशु मृत्युदर घटाउने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवाहरूको बारेमा जानकारी प्रदान गरिनुका साथै स्वस्थ जीवनशैली अन्तर्गत शरीरलाई हित गर्ने आहार विहारको विषयमा समेत चर्चा गरिएको थियो । कार्यक्रममा मुख्यतया स्तनपानको तरिका, महत्त्व, बच्चालाई आमाको दूधबाट प्राप्त हुने पोषणको बारेमा आमा समूहलाई जानकारी दिइएको हो । यसै सम्बन्धमा जिल्ला आयुर...
आउदो शनिबार गोदावरीमा निशुल्क एक दिने स्वास्थ्य शिविर हुँदै

आउदो शनिबार गोदावरीमा निशुल्क एक दिने स्वास्थ्य शिविर हुँदै

समाचार, स्वास्थ्य
गोदावरीमा एक दिने निशुल्क स्वास्थ्य शिविर हुन लागेको छ । नेपाल- पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ तथा गोदावरी नगरपालिका वडा न. ३ को सयुक्त आयोजनामा गोदावरीमा एक दिने निशुल्क शिविर आयोजना हुन लागेको हो। निशुल्क शिविर यहि असार २ गते शनिबार बिहान ९ बजे देखि २ बजे सम्म संचालन हुने आयोजकले बताएका छ्न् । गोदावरी वडा ३ का सर्वसाधारणहरुलाई प्रत्यक्ष लाभ हुने गरी शिविर संचालन गर्न लागिएको वडा ३ का वडाध्यक्ष राज घिमिरेले जानकारी दिनुभयो । शिविरमा बाल रोग,हाड जोर्नी ,नशा सम्बन्धि समस्या,स्त्रीरोग एवम् जनरल मेडिसिन सेवा निशुल्क रुपमा प्रदान गरिने आयोजकले जनाएको छ । निशुल्क स्वास्थ्य सेवाको लाभ लिन वडा ३ ले अनुरोध समेत गरेको छ । शिविर श्री सिद्धेश्वर आधारभुत विधालय,वार्ड ३,किटिनीमा संचालन हुने जनाईएको छ । ...