आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

ईजिप्टमा स्वास्थ्य व्यबसायी अनिल कुमार शर्मालाई राजदुतबाट अवार्ड प्रदान

ईजिप्टमा स्वास्थ्य व्यबसायी अनिल कुमार शर्मालाई राजदुतबाट अवार्ड प्रदान

समाचार, स्वास्थ्य
स्वास्थ्य क्षेत्रमा संलग्न व्यवसायी तथा समाजसेवी अनिल कुमार शर्मा ग्लोवल ईन्टरनेशनल अवार्डबाट सम्मानित भएका छन् । वल्र्डवाईड मिडिया नेटकर्वकको आयोजनामा ईजिप्टको राजधानी कायरोस्थित होटल स्विस ईन नाईलमा सम्पन्न भव्य समारोहमा शर्मालाई स्वास्थ्य व्यबसायीको रुपमा ईजिप्टका लागि नेपाली राजदूत सुशिल के. लम्सालले उक्त सम्मान प्रदान गरेका हुन् । दाँतकाे उपचारकाे क्षेत्रमा ॐ चावहिल डेन्टल हस्पिटल सञ्चालन गरेर सेवा प्रदान गरिरहेका शर्मा विभिन्न सामाजिक संघसंस्थामासमेत आवद्ध छन् । साथै ॐ चावहिल डेन्टल हस्पिटलमार्फत विभिन्न स्थानीय तहमा पुगेर निशुल्क दन्त शिविर सञ्चालन गरेर सेवा प्रदान गर्दै आइरहेका छन् । उनी ॐ चावहिल डेन्टल हस्पिटलका निर्देशक हुन् । हस्पिटलले चाबहिल, काेटेश्वर, कपनशाखाबाट सेवा दिँदै आइरहेकाे छ ।  ...
टोखाको ग्रीनलाइफ पोलिक्लिनिक हस्पिटलमा रुपान्तरण गरिने

टोखाको ग्रीनलाइफ पोलिक्लिनिक हस्पिटलमा रुपान्तरण गरिने

समाचार, स्वास्थ्य
काठमाडौं- काठमाडौंको टोखामा रहेको ग्रीनलाइफ पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गरिने भएको छ । ग्रीनलाइफ हेल्थकेयर टोखा-७, तिलिङटार धापासीको आयोजनामा टोखा नगरपालिकामा बसेको स्थानीय चिकित्सकहरूको बैठकले पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गर्ने निर्णय गरेको हो । स्थानीय चिकित्सक र स्थानीय समुदायको साझेदारीमा अस्पताल स्थापना गरिने भएको हो । ग्रीनलाइफ हेल्थकेयरका अध्यक्ष डा. रोशन भट्टराई, टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की लगायत सहभागी बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तैगरी टोखा नगरपालिका उपप्रमुख मुरारी तामाङ, नेपाल चिकित्सक संघका महासचिब डा. बद्री रिजाललगायत ६२ जना चिकित्सकले बैठकमा सहभागिता जनाएका थिए । अस्पताल स्थापनाको अवधारणा र भावी कार्ययोजनाका बारेमा डा. क्षितिज सापकोटाले बैठकमा जानकारी गराएका थिए । ...
घरकै खानाबाट सर्न सक्छ हैजा

घरकै खानाबाट सर्न सक्छ हैजा

समाचार, स्वास्थ्य
उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । बिहीबार पनि थप एक जना बिरामीमा हैजाको पुष्टि भएको छ । यो सहित हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र पाँच जना हैजा (कोलेरा)का बिरामी पुष्टि भएको छ । बिहीबार हैजा पुष्टि हुनेमा बल्खु बस्ने ३५ वर्षीया महिला हुनुहुन्छ । “उहाँले धारामा आउने पानी प्रत्यक्ष रूपमा पिउनु हुँदोरहेछ,” टेकु अस्पतालकी निर्देशक डा. मनीषा रावलले भन्नुभयो, “बिहीबार पनि पाँच जना बिरामी सघन उपचार कक्षमा उपचारत छन् ।” अब उपत्यकामा हैजा ‘आउटब्रेक’ हुने स्थिति भइसक्यो भन्दै उहाँले यसैगरी हैजा बढ्दै जाने हो भने डरलाग्दो स्थिति आउन सक्नेतर्फ सचेत गर्नुभयो । सबैलाई सरसफाइ, खानेकुरा तथा पिउने पानीमा विशेष ध्यान दिन आग्रह गर्दै निर्देशक डा. रावलले हैजाबारे जनचेतना भएन भने नियन्त्रण गर्न कठिनाइ हुने स्थिति देखिएको बताउनुभयो । -गोरखापत्र दैनिक ...
जीकेसी नेपाल च्याप्टरको अध्यक्षमा डा.पूनम कर्ण

जीकेसी नेपाल च्याप्टरको अध्यक्षमा डा.पूनम कर्ण

समाचार, स्वास्थ्य
दिल्ली- विश्वका कायस्थहरूलाई भेला गर्न र एकताबद्ध गर्न, ग्लोबल कायस्थ कन्फरेन्सद्वारा राजीव रञ्जन प्रसादको अध्यक्षतामा विश्व कायस्थ महासम्मलेन सफलतापूर्वक सम्पन्न भएको छ । भारतको राजधानी नयाँ दिल्लीको तालकटोरा स्टेडियममा मार्चमा सम्पन्न उक्त विश्व कायस्थ सम्मेलनमा २७ राष्ट्रिय व्यक्तित्वहरूलाई महादेवी वर्मा स्मृति सम्मानबाट सम्मानित समेत गरिएको थियो । राजनीतिक, आर्थिक र सामाजिक सशक्तिकरणको महान लक्ष्य हासिल गर्न यस संस्थाका विदेशी, राष्ट्रिय र प्रादेशिक समितिहरू सहित धेरै उप-समितिहरू गठन भएको छ । ग्लोबल कायस्थ कन्फरेन्सको राष्ट्रिय कार्य समितिको सम्पन्न बैठकमा विभिन्न समितिहरू सहित राष्ट्रिय कार्य समितिका नयाँ पदाधिकारीहरूमा अध्यक्षमा राजीव रञ्जन ग्लोबल अध्यक्ष, रागिनी रञ्जन म्यानेजमेन्ट ट्रस्टीको रूपमा, अखिलेश श्रीवास्तव ग्लोबल वरिष्ठ उपाध्यक्ष, अनुराग सक्सेना ग्लोबल सचिवको रूपमा...
३ हजार ५४० जना कोरोना सङ्क्रमित थपिए,३२ जनाको मृत्यु

३ हजार ५४० जना कोरोना सङ्क्रमित थपिए,३२ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा १३ हजार १४५ जनामा परीक्षण गर्दा ३ हजार ५४० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ९ हजार ९१० जनामा पीसीआर परीक्षण गरिएकोमा ३ हजार ४९ जनामा र ३ हजार २३५ जनामा एन्टीजेन परीक्षण गर्दा ४९१जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ८९.५ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३२ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७३७ पुगेको छ । यसैगरी देशमा हालसम्म ८३ हजार ९९९ जना सक्रिय सङ्क्रमित रहेका छन् । ...
मधुमेह के हो ? कारण र रोकथामका उपाय

मधुमेह के हो ? कारण र रोकथामका उपाय

समाचार, स्वास्थ्य
– डा.प्रियादर्शिनी योन्जन, काठमाडौं । मधुमेहको विरामी तीब्र गतिमा वढिरहेको छ । हाल विश्वभर ५३७ मिलियन भन्दा वढिको संख्यामा मधुमेह रोगी रहेका छन । मधुमेह एउटा गम्भिर र दीर्घ रोग हो । समयमा उपचार गरिएन भने यस रोगले विभिन्न अंगहरुलाई हानी पुर्याउन सक्छ । मधुमेह कुनै पनि उमेर, लिङ्ग र जातिको मानिसलाई हुन सक्ने रोग हो । मधुमेह अथवा डायवेटीज ग्रीक शव्द Siphon बाट आएको हो । Melltus  मेलिटस ल्याटिन शव्द हो । जसको अर्थ मिठो (गुलीयो) हो ।छैठौं शताव्दीमा भारतमा सुश्रुत नामका उपचारकर्ताले मधुमेह पहिचान गरे र यसलाई मधुमेको नाम दिएका थिए । मधुको अर्थ मह हो । प्राचिन समयका भारतीयहरु मानिसको पिसाबमा आकर्षित भएको देखेर मधुमेहको परिक्षण गर्थे ।सन १७७६ मा म्याथ्यु डोव्सनले मधुमेहको बिरामीको पिसाबमा चिनीको मात्रा बढि भएको कारण मधुमेह रोगीको विसाबको स्वाद मिठि भएको पुष्टि गरेका थिए ।सन् १८८९ मा जोसेफ ...
ओमिक्रोन महामारी संक्रमणको त्रास

ओमिक्रोन महामारी संक्रमणको त्रास

समाचार, स्वास्थ्य
-डा.डिआर उपाध्याय, बर्तमान देउवा नेतृत्वको सरकारले जनताका तमाम समस्या समाधान गर्ने बाटोमा लाग्नु पर्छ । सरकार भनेको जनताको अभिभावक हो । जनताको दुख्खमा साथ दिन सरकार हर दिन तयार भएर बस्नु पर्छ । जनताले कर तिरेका हुन्छन् । जनताको करमा देशको शासन सत्ता चलेको हुन्छ । आपत बिपत पर्दा सरकारले जनताको पिर मर्का बुझन सक्नु पर्छ । आज जनता आपत बिपतमा पदै छन । गरिव निमुखा जनताको गाँस बाँस कपास सरकारले ब्यवस्था गरिदिनु पर्छ । गरिव निमुखा जनताको अबस्था अहिले के छ त्यो बुझन जरुरी भएको छ । कोरोना महामारीको त्रासले यी निमुखा गरिव जनताहरु त्रासमा छन । कोरोना महामारीको त्रासले कति दिन सताउने हो कुनै ठेगान छैन । गरिव निमुखा जनताको चुलो बलेको छ की छैन त्यो बुझन जरुरी छ । आज हरेक उपभोग्य सामानको भाउ निकै आकासिएको छ । यो महंगीले गरिव निमुखा जनताको चुलो बल्न सकेको छैन । गरिव जनताको पक्षमा सबैले गम्भिरताका स...
ॐ चाबहिल डेन्टलको कोटेश्वरमा शाखा ,१ महिनासम्म निशुल्क परिक्षण

ॐ चाबहिल डेन्टलको कोटेश्वरमा शाखा ,१ महिनासम्म निशुल्क परिक्षण

आर्थिक, समाचार, स्वास्थ्य
ॐ चाबहिल डेन्टलले कोटेश्वरमा आफ्नो शाखा विस्तार गरेको छ । काठमाडौंको चाबहिलमा मुख्य कार्यालयबाट दाँत सम्बन्धि सेवा दिँदै आएको डेन्टलले शनिवार कोटेश्वर चोकमा शाखा विस्तार गरेर सेवा प्रारम्भ गरेको हो । डेन्टल शाखाको उद्घाटन गर्दै आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य शाखा प्रमुख डा. प्रकाश बुढाथोकीले अन्य रोगहरूको तुलनामा दाँत एवम् मुखको रोगलाई गम्भीर रूपमा नलिने हाम्रो प्रवृत्ति, सरकारी तथा निजी क्षेत्रहरूले दन्त चिकित्सालाई आधारभूत स्वास्थ्यको रूपमा नलिई विलासिता उपचारको रूपमा लिने, सरकारी क्षेत्रबाट दन्त उपचारमा सीमित उपचार मात्र प्रदान गरिने तथा दाँत र मुखका रोगहरूबाट मानिसको तत्कालै ज्यान नजाने भन्ने विश्वासले थाहै नपाइ रोगले जटिलता लिइसक्ने भएकाले बेला बेलामा दाँतको परीक्षण गराइरहनुपर्ने बताए । सेवाग्राहीकै अनुरोधमा कोटेश्वरमा शाखा खोलिएको सञ्चालक तथा अस्पतालक...
पछिल्लो २४ घन्टामा नेपालमा थप ११६७ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा नेपालमा थप ११६७ जनामा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप ११६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो तथ्याङ्क पछिल्लो असोज यताकै सर्वाधिक हो।  गत असोज १ गते नेपालमा कोरोना संक्रमितको संख्या १०८६ जना थियो। त्यसयता क्रमशः घटेको संक्रमण आइतबार हजारको आँकडा पार गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार  पिसिआर परीक्षणबाट ८४१ र एन्टिजेन परीक्षणबाट ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आइतबार देशभर ६ हजार ७ सय  ५५ जना कोरोनाका संक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन्।  काठमाडौं उपत्यकामा आइतबार ६१५ जना नयाँ संक्रमित थपिएका छन्। त्यसमध्ये काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना थपिएका हुन्। ...
कुमारी युवा क्लब, बुनपा वडा ९ तथा अहमदिय संघको संयुक्त आयोजनामा निःशूल्क दन्त परिक्षण सेवा

कुमारी युवा क्लब, बुनपा वडा ९ तथा अहमदिय संघको संयुक्त आयोजनामा निःशूल्क दन्त परिक्षण सेवा

समाचार, स्वास्थ्य
कुमारी युवा क्लब,बुढानिलकण्ठ नगरपालिका वडा ९ तथा अहमदिय संघ नेपालको संयुक्त आयोजनामा बुढानिलकण्ठ ९ स्थित प्रदिप डेन्टल क्लिनिकमा एक दिने निःशूल्क दन्त परिक्षण सेवा सम्पन्न भएको छ । शनिवार विहान ९ बजे देखि शुरु भएको उक्त कार्यक्रममा १०० जना भन्दा बढिले निःशूल्क सेवा लिएका थिए । बुढानिलकण्ठ नगरपालिका वडा नं. ९ का कार्यवाहक अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेको प्रमुख आतिथ्यता र कुमारी युवा क्लबका सदस्य एवं अहमदिया संघ नेपालका प्रमुख मोहन राउतको विशेष आतिथ्यतामा आयोजित दन्त परिक्षण सेवाका लागि ३ जना वरिष्ठ दन्तरोग विशेषज्ञ तथा १ जना नर्सले परिक्षणका लागि आएका विरामीहरुलाई निःशूल्क सेवा प्रदान गरेका थिए । कार्यक्रममा सहयोग गर्ने सहयोगी संस्था तथा व्यक्तित्वहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै खादा लगाएर सम्मान गरिएको थियो । ९ न. वडावासी तथा कुमारी मन्दिर वरपरका नागरिकहरु यस कार्यक्रमबाट विशे...