स्वास्थ्य क्षेत्रमा संलग्न व्यवसायी तथा समाजसेवी अनिल कुमार शर्मा ग्लोवल ईन्टरनेशनल अवार्डबाट सम्मानित भएका छन् ।
वल्र्डवाईड मिडिया नेटकर्वकको आयोजनामा ईजिप्टको राजधानी कायरोस्थित होटल स्विस ईन नाईलमा सम्पन्न भव्य समारोहमा शर्मालाई स्वास्थ्य व्यबसायीको रुपमा ईजिप्टका लागि नेपाली राजदूत सुशिल के. लम्सालले उक्त सम्मान प्रदान गरेका हुन् ।
दाँतकाे उपचारकाे क्षेत्रमा ॐ चावहिल डेन्टल हस्पिटल सञ्चालन गरेर सेवा प्रदान गरिरहेका शर्मा विभिन्न सामाजिक संघसंस्थामासमेत आवद्ध छन् । साथै ॐ चावहिल डेन्टल हस्पिटलमार्फत विभिन्न स्थानीय तहमा पुगेर निशुल्क दन्त शिविर सञ्चालन गरेर सेवा प्रदान गर्दै आइरहेका छन् । उनी ॐ चावहिल डेन्टल हस्पिटलका निर्देशक हुन् । हस्पिटलले चाबहिल, काेटेश्वर, कपनशाखाबाट सेवा दिँदै आइरहेकाे छ ।