बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

आर्थिक

युवाको लगानी, पर्यटनमा नयाँ सम्भावना : सञ्चालनमा आयो ‘ऐश्वर्य बुटिक होटल’

युवाको लगानी, पर्यटनमा नयाँ सम्भावना : सञ्चालनमा आयो ‘ऐश्वर्य बुटिक होटल’

आर्थिक, समाचार
काठमाडौं । रोजगारी र अवसरको खोजीमा ठूलो संख्यामा युवा विदेश पलायन भइरहेका बेला नेपालमै सम्भावना खोज्दै उद्यमशीलता र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यसहित युवाहरूको सामूहिक लगानीमा काठमाडौंमा ‘ऐश्वर्य बुटिक होटल’ सञ्चालनमा आएको छ। विदेशमा होइन, आफ्नै देशमा केही गर्नुपर्छ र नेपालमै उद्यम तथा रोजगारीका अवसर सिर्जना गर्नुपर्छ भन्ने सोचबाट करिब तीन वर्षअघि स्थापना भएको ऐश्वर्य इन्भेस्टमेन्ट ग्रुपले आफ्नो पहिलो परियोजनाका रूपमा काठमाडौंको गौशाला, पिङ्गलस्थानमा ऐश्वर्य बुटिक होटल सञ्चालनमा ल्याएको हो। करिब ४५ वटा सुविधासम्पन्न कोठा रहेको होटल आधुनिक संरचना, आकर्षक कोठाको सजावट, सहज वातावरण र स्तरीय आतिथ्य सेवाका कारण स्वदेशी तथा विदेशी पर्यटकका लागि नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको छ। विशेषगरी विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ...
निर्माण व्यवसायी बलिभद्र रानालाई उत्कृष्ट निर्माण व्यवसायीको अवार्ड

निर्माण व्यवसायी बलिभद्र रानालाई उत्कृष्ट निर्माण व्यवसायीको अवार्ड

आर्थिक, समाचार
राष्ट्रिय अनलाइन पत्रकार सङ्घ नोजाले १२ नोजा अनर अवार्डबाट निर्माण व्यवसायी बलिभद्र रानालाई उत्कृष्ट व्यवसायीको रूपमा अवार्ड गरेको छ। नेपाल निर्माण व्यवसायी महासङ्घका सल्लाहकार समेत रहेका राना नेपाल निर्माण व्यवसायी परिषद्का अध्यक्ष हुन्। रानासँगै नोजाले हरेक वर्ष प्रदान गर्ने लाइफटाइम अचिभमेन्ट अवार्ड बाट बैंकिङ एवं सहकारी क्षेत्रका विज्ञ कमल खरेललाई प्रदान गरिएको छ। खरेल लामो समय बैंक वित्तमा सेवा गर्नुका साथै बैंकिङ तथा सहकारी विज्ञताका रूपमा परिचित छन् । हरेक वर्ष एकजना पत्रकारलाई प्रदान गरिने ११,११ रुपैयाँ राशिसहितको पत्रकारिता पुरस्कार अन्तर्गत यस वर्ष सामना देवकोटा अमेरिकालाई प्रदान गरिएको छ।नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष मुमुन्द ढुंगाना, बरिष्ठ साहित्यकार राधेश्याम लेकाली, हिमालय सिमापार वाणिज्य संघ...
अप्सना नेवाको नेतृत्वमा एपी ब्युटि सलोनको १६ वर्षे सफलता, ७० प्रशिक्षार्थी सम्मानित

अप्सना नेवाको नेतृत्वमा एपी ब्युटि सलोनको १६ वर्षे सफलता, ७० प्रशिक्षार्थी सम्मानित

आर्थिक, समाचार
काठमाडौं । भक्तपुरको सूर्यविनायकमा अवस्थित एपी ब्युटि सलोन एण्ड ब्युटि ट्रेनिङ सेन्टरले आफ्नो सफल यात्राको १६औँ वर्षमा प्रवेश गरेको अवसरमा भव्य वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। सौन्दर्य सेवा, सीप विकास र महिला सशक्तीकरणको क्षेत्रमा निरन्तर योगदान दिँदै आएको संस्थाले वार्षिकोत्सवलाई प्रशिक्षण, सम्मान र नयाँ योजनाको घोषणासहित विशेष रूपमा मनाएको हो। कार्यक्रममा नेपाली चलचित्रका चर्चित अभिनेता सलोन बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। समारोहमा संस्थाबाट विभिन्न सौन्दर्यसम्बन्धी तालिम पूरा गरेका ७० भन्दा बढी प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। साथै संस्थासँग सहकार्य गर्दै आएका विभिन्न सहयोगी संस्था तथा व्यक्तित्वलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। डेढ दशकदेखि सौन्दर्य क्षेत्रको प्रेरणादायी यात्रा एपी ब्युटि सलोन एण्ड ब्युटि ट्रेनिङ सेन्टरकी संस्था...
सेलेब्रिटी मेकअप आर्टिष्ट  टेकराज पाण्डेलाई भारतमा अन्तर्राष्ट्रिय सम्मान

सेलेब्रिटी मेकअप आर्टिष्ट  टेकराज पाण्डेलाई भारतमा अन्तर्राष्ट्रिय सम्मान

आर्थिक, समाचार
 नेपालका चर्चित सौन्दर्यकर्मी, सेलेब्रिटी मेकअप आर्टिष्ट तथा अन्तर्राष्ट्रिय इभेन्ट डाइरेक्टर टेकराज पाण्डे भारतको उत्तराखण्डमा आयोजित ‘आइकन अफ देवभूमि अवार्ड–२०२६’ बाट विशेष सम्मानित भएका छन्। उनलाई नेपाल र भारतमा सौन्दर्य क्षेत्रको विकास, दक्ष जनशक्ति उत्पादन तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न पुर्‍याएको योगदानको कदर गर्दै ‘नेपालकै सर्वोत्कृष्ट मेकअप ट्रेनर तथा सेलेब्रिटी मेकअप आर्टिष्ट’ को सम्मान प्रदान गरिएको हो। नेपालबाट उक्त अवार्ड जित्न सफल हुने एक मात्र नेपाली मेकअप तथा सेलीब्रेटी मेक अप आर्टिष्ट हुन ।  कुमाऊँ केसरीद्वारा आयोजित भव्य समारोहमा विभिन्न देशका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिबीच पाण्डेलाई सम्मान गरिएको थियो। आयोजकले सौन्दर्यकला, फेसन, प्रशिक्षण तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता र कार्यक्रममार्फत नेपालको गरिमा बढाउन खेलेको भूमिका...
साल्ट ट्रेडिङ्गकी प्रमुख उर्मिला श्रेष्ठ सर्वोत्कृष्ट व्यबस्थापक एवं राष्ट्रसेवक सम्मानबाट सम्मानित

साल्ट ट्रेडिङ्गकी प्रमुख उर्मिला श्रेष्ठ सर्वोत्कृष्ट व्यबस्थापक एवं राष्ट्रसेवक सम्मानबाट सम्मानित

आर्थिक, समाचार, समाज
महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी सफल व्यवस्थापक उर्मिला श्रेष्ठ लाई ‘ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’ प्रदान गरिएको छ । काठमाडौंको होटल मक्र्युरमा सम्पन्न भव्य समारोहका वीच देशका प्रतिष्ठित व्यक्तित्वहरुका वीच उहांलाई उक्त अति विशिष्ट सम्मान प्रदान गरिएको थियो ।  व्यावसायिक दक्षता, संस्थागत नेतृत्व, सामाजिक उत्तरदायित्व तथा राष्ट्र निर्माणमा पुर्‍याएको योगदानको कदरस्वरूप श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । लामो समयदेखि उद्योग, व्यापार तथा व्यवस्थापन क्षेत्रमा सक्रिय श्रेष्ठ हाल नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनुभएको छ । उहाँको नेतृत्वमा निजी क्षेत्रको सुदृढीकरण, महिला उद्यमशीलताको प्र...
महिला चेम्बरद्वारा  ख्यातिप्राप्त महिलाहरू सम्मानित

महिला चेम्बरद्वारा ख्यातिप्राप्त महिलाहरू सम्मानित

आर्थिक, समाचार
काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा देशका विभिन्न क्षेत्रमा ऐतिहासिक योगदान पुर्‍याएका अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान अर्पण गरेको छ। ‘अग्रणी महिला सम्मान’ शीर्षकमा आयोजित उक्त कार्यक्रममा राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकुद लगायत विविध क्षेत्रमा योगदान दिएका जीवित तथा दिवंगत व्यक्तित्वहरूको योगदानको स्मरण गर्दै सम्मान गरिएको हो। सम्मानित व्यक्तित्वहरूलाई रामवरण यादव, हीरक जयन्ती समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ लगायतले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए। कार्यक्रममा ओनसरी घर्ती मगर, अष्टलक्ष्मी शाक्य, लैंगिक अधिकार विज्ञ चाँदन...
काठमाडौँमा ‘अन्तर्राष्ट्रिय नारी दिवस–२०२६’ अवसरमा १११ महिलालाई सम्मान

काठमाडौँमा ‘अन्तर्राष्ट्रिय नारी दिवस–२०२६’ अवसरमा १११ महिलालाई सम्मान

आर्थिक, समाचार, समाज
‘अन्तर्राष्ट्रिय नारी दिवस–२०२६’ को अवसरमा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडको आयोजना तथा संस्थापक अध्यक्ष लायन् राजिब श्रेष्ठको सभापतित्वमा विशेष कार्यक्रम सम्पन्न भएको छ। समाजमा अतुलनीय योगदान पुर्याएका ११ महिला, सामाजिक कार्यमा सक्रिय १०० स्वयंसेवक महिला, महिला निर्वाचन प्रहरी र नेपाल प्रहरीलाई समेत सम्मान गरिएको थियो। पूर्व कुमारी चनिरा बज्राचार्य, सञ्चारकर्मी माल्भिका सुब्बा, अन्तर्राष्ट्रिय खेलाडी करुणा रावत क्षेत्री र अन्य ११ महिला प्रमुख सम्मानित महिला घोषित भए। कार्यक्रममा नेपाल आइडल गङ्गा सोनामको सांगीतिक प्रस्तुति र ‘सर्वनाम’ नाटकघरको नाटक प्रदर्शन पनि गरिएको थियो। कार्यक्रमसँगै पाटनको मंगलबजारमा रक्तदान तथा आँखा जाँच शिविरको कार्यक्रम पनि सम्पन्न भएको थियो, जसमा ७ जनाले रक्तदान गरेका थिए। संस्थाका नेतृत्वकर्ता तथा डिस्ट्रिकका प्रतिनिधिहरूले महिला सशक्ति...
मनिषा जिसी सौन्दर्य उद्यमी संघको उपाध्यक्षमा, सौन्दर्य क्षेत्रलाई अन्तर्राष्ट्रिय उचाइ दिने प्रतिबद्धता

मनिषा जिसी सौन्दर्य उद्यमी संघको उपाध्यक्षमा, सौन्दर्य क्षेत्रलाई अन्तर्राष्ट्रिय उचाइ दिने प्रतिबद्धता

आर्थिक, समाचार
काठमाडौं । नेपाली सौन्दर्य क्षेत्रमा स्थापित नाम बनेकी सनसिटी ब्युटि पार्लरकी प्रमुख तथा वरिष्ठ सौन्दर्यविद मनिषा जिसी हालै गठन भएको सौन्दर्य उद्यमी संघ नेपालको निर्विरोध उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। उहाँको निर्विरोध चयनलाई सौन्दर्य क्षेत्रले व्यावसायिकता, अनुभव र नेतृत्व क्षमताको सम्मानका रूपमा लिएको छ। मनिषा जिसीले विगत लामो समयदेखि सौन्दर्य व्यवसायलाई व्यवस्थित, मर्यादित र अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धी बनाउन निरन्तर योगदान दिँदै आउनुभएको छ। उहाँले नेपाल मात्र नभई दुबई, मलेसिया, अजरबैजान र इजिप्ट लगायत विभिन्न देशमा आयोजना भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाई थुप्रै अवार्डहरू जित्न सफल हुनुभएको छ। ती उपलब्धिहरूले नेपाली सौन्दर्य क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका छन्। उहाँ केवल सफल व्यवसायी मात्र नभई दक्ष ...
‘चिया भवन’ ले थप्यो नयाँ बानेश्वरको चिया संस्कृति

‘चिया भवन’ ले थप्यो नयाँ बानेश्वरको चिया संस्कृति

आर्थिक, समाचार
काठमाडौँ — व्यस्त दैनिकीका बीच केही समय निकालेर तातो–तातो, स्वादिलो चियासँगै सान्त्वनादायी वातावरणमा आराम गर्न चाहनेहरूका लागि नयाँ बानेश्वर (बुद्धनगर) मा ‘चिया भवन’ उत्कृष्ट गन्तव्यका रूपमा सञ्चालनमा आएको छ। कान्तिपुर इन्टरनेशनल कलेजको मुख्य प्रवेशद्वार अगाडि अवस्थित यस क्याफेले छोटो समयमै चियाप्रेमी तथा खानाका सौखिनहरूको ध्यान आकर्षित गर्न सफल भएको छ। चिया भवनले गुणस्तर, स्वाद र सेवामा विशेष ध्यान दिँदै विभिन्न प्रकारका ताजा र स्वादिलो चिया उपलब्ध गराउँदै आएको छ। बिहानदेखि बेलुकासम्म ग्राहकको आवश्यकता अनुसार खाजा तथा स्न्याक्सको व्यवस्था गरिएको छ, जसले विद्यार्थी, कार्यालयकर्मी तथा स्थानीय बासिन्दालाई सहज विकल्प प्रदान गरेको छ। यस क्याफेको विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको स्पेशल बिरयानी ले ग्राहकहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाएको छ। स्वाद, परिकारको गुणस्तर र प्रस्तुतिक...
एक समयको महामारी, आज इतिहास: गलगाँड निवारणमा साल्ट ट्रेडिङ्गको उपलब्धि

एक समयको महामारी, आज इतिहास: गलगाँड निवारणमा साल्ट ट्रेडिङ्गको उपलब्धि

आर्थिक, समाचार
काठमाडौं ।  नेपालले पछिल्ला दशकमा गलगाँड (इन्डेमिक गोइटर) निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ। विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी तथा हिमाली भू–भागका नागरिक गलगाँडको चरम समस्याबाट पीडित थिए। घाँटीमा गलगाँड हुनु सामान्य ठानिन्थ्यो । तर सरकारको दीर्घकालीन नीति र प्रभावकारी कार्यान्वयनले यो अवस्था पूर्ण रूपमा परिवर्तन भएको छ। सरकारले कण्ठरोग निवारण कार्यक्रमअन्तर्गत आयोडिनयुक्त नुनको देशव्यापी वितरण अभियान सञ्चालन गरेपछि पछिल्लो दशकमा गलगाँडको समस्या लगभग शून्यमा झरेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनअनुसार आयोडिनयुक्त नुनको पहुँच झण्डै शत प्रतिशत पुगेपछि आयोडिनको कमीबाट हुने गलगाँड नियन्त्रणमा आएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकतामा रहेको यस कार्यक्रमलाई साल्ट ट्रेडिङ कर्पोरेशनले प्रभावकारी रूपमा कार्...