आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024
Shadow

शिक्षा

विश्व कीर्तिमानी सर्जक डी. आर. उपाध्याय सम्मानित

विश्व कीर्तिमानी सर्जक डी. आर. उपाध्याय सम्मानित

शिक्षा, समाचार
२०८० चैत २८, काठमाडौं । युगेन्द्र – लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी,  सिलगढी, भारतले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा सर्जक एवं विश्व कीर्तिमानी डा. डी. आर. उपाध्यायलाई विशेष सम्मान गर्‍यो । सो सम्मान कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले प्रदान गर्नु भएको थियो । सर्जक उपाध्यायलाई सम्मानपत्र, मेडल, मायाको चिनो, दोसल्ला, टोपी र रुद्राक्ष र फूलको माला र टिका तथा फूल वर्षासहित सम्मान गरिएको थियो । गुठीका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रम पत्रकार कृष्ण भूषालले स्रष्टा परिचय राख्नु भएको थियो ।  कार्यक्रममा प्रमुख अतिथि मदनदास श्रेष्ठ, अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट अतिथिहरु वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी., गीतकार संघका निवर्तमान अध्यक्ष गीतकार चूडामणि देवकोटा, साहित्यिक पत्रकार स...
विदेशी सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्नू : शिक्षा मन्त्रालय

विदेशी सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्नू : शिक्षा मन्त्रालय

शिक्षा, समाचार
 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो । इन्टरनेशन एजुकेसन प्रोभाइडर्स अफ नेपाल (आइप्यान)ले भने नेपालमा ८९ संस्था सञ्चालनमा रहेका जनाएको छ । अनुमति नलिई सञ्चालन हुने संस्थालाई कारबाही गर्र्ने चेतावनी मन्त्रालयले दिएको छ । ...
चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न

चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न

शिक्षा, समाचार
काठमाण्डौ – चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न भएको छ । नियमित रुपमा हरेक वर्ष आयोजना गरिदै आएको राष्ट्रिय साधना म्युजिक रिवार्ड नेपालको पहिलो रिवार्ड हो । पहिलो र दोश्रो अवार्डकै रुपमा रहेपनि तेश्रोबाट रिवार्ड भएको साधना म्युजिक  रिवार्ड, यसपटक विभिन्न २३ विधामा अवार्ड प्रदान गर्दै सकिएको छ । सामना म्युजिक क्रियशनको आयोजनामा गरिदै आएको रिवार्ड कार्यक्रममा सभापतित्व क्रियशनकी अध्यक्ष सामना साहले गरेकि थिईन् भने कार्यक्रमको प्रमुख अतिथि चलचित्र विकाश बोर्डका अध्यक्ष तथा सदावहार नायक भुवन के.सी थिए । रिवार्ड कार्यक्रम २३ विधामा रिवार्ड प्रदान गरिएको छ । कार्यक्रममा लोकदोहोरी विधा तर्फ सर्वोत्कृष्ट लोकगीत शम्भु कुंवरको माईली, शब्दमा सन्तोष केसीको घर कहाँ हो बैनीको, सर्वोत्कृष्ट लय प्रितम पोख्रेलको मुसी, सर्वोत्कृष्ट गायक डाँडैको टुनीबाट अर्जुन सापकोटा, सर्वोत्कृष्ट गाय...
नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गराउने मानवरचना विश्वविद्यालयको घोषणा

नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गराउने मानवरचना विश्वविद्यालयको घोषणा

शिक्षा, समाचार
काठमाडौं – भारतको नयाँदिल्ली स्थित मानवरचना इन्टरनेशनल इन्सटिच्युट अफ रिसर्च एन्ड स्टडिजले नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गराउने घोषणा गरेको छ। शुक्रबार काठमाडौँमा मानवरचनाले इन्फोसेसन कार्यक्रमको आयोजना गर्दै नेपाली विद्यार्थीलाई ५० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउँने र सहुलियत शुल्कमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने घोषणा गरेको हो। कार्यक्रममा बोल्दै मानवरचनाकी मार्केटिङ डेपुटी जनरल म्यानेजर अञ्जली बालाचन्दरनले मानवरचना गुणस्तरीय शिक्षामा प्रतिवद्ध रहेको र यसले नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गर्ने बताइन्। उनले भनिन्, ‘मानवरचना गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई अध्ययन पश्चात रोजगारीको अवसर सृजना गर्न पनि तत्पर छ। विद्यार्थीले यहाँ अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्छन्। विद्यार्थीलाई उद्यमशिल हुने ढंगबाट व...
रामेछापका ३ वटा विद्यालयमा रन्जिता फाउण्डेसनको सहयोग

रामेछापका ३ वटा विद्यालयमा रन्जिता फाउण्डेसनको सहयोग

शिक्षा, समाचार
रामेछाप । कोभिड १९ तथा देशमा भएको विनाशकारी महाभुकम्पका समयमा समाजसेवाको माध्यमबाट हजारौंलाई राहत वितरण गर्नुका साथै घरवार विहिनहरुका लागि घर निर्माण गरि पिडितहरुको घाउमा मल्हम लगाएर चर्चा कमाएकी समाजसेवी रन्जिता गुरुङ्ग शिक्षा क्षेत्रमा समेत सक्रिय छिन । गुरुङ्गले शिक्षाबाट वन्चित र शिक्षा आर्जन गर्न नसकेकालाई छात्रवृत्ति प्रदान गर्नुका साथै गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण समेत गर्दै आईरहेकी छिन । विगत १ दशक भन्दा लामो समयदेखि नै समाजसेवीको रुपमा ख्याती कमाउदै आएकी गुरुङ्गले औपचारिक रुपमा आफ्नो संस्था दर्ता गरि विशेष गरि शिक्षाबाट वन्चित विद्यार्थीहरुका लागि विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेकी छिन । १ वर्ष अगाडी स्थापना भएको रन्जिता फाउण्डेशन मार्फत हाल देशका विभिन्न ग्रामीण भेगमा रहेको गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्दै आ...
भाइब एजुकेशन र एप्क्यानबीचकाे एजेन्ट मिट कार्यक्रम

भाइब एजुकेशन र एप्क्यानबीचकाे एजेन्ट मिट कार्यक्रम

शिक्षा, समाचार
काठमाडौँ- शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान) र भाइब एजुकेशनबीचको ‘एजेन्ट मिट’ कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँको रोयल सिंगे होटलमा एप्क्यान सदस्यहरू माझ भाइव एजुकेशनका प्रतिनिधीद्वारा ‘इन्फरमेशन शेसन’ सञ्चालन गरिएको हो। कार्यक्रममा बोल्दै एप्क्यान अध्यक्ष प्रज्वल बस्नेतले भाइव एजुकेशनसँगको सहकार्यले दुवइको शिक्षालाई नेपाली विद्यार्थीमाझ परिचित गराउन सहयोग पुग्ने बताए। उनले संस्थाले आगामी दिनमा यस्ता कामलाई थप शसक्त रुपमा अघि बढाउने विषयमा जोड दिए। कार्यक्रममा एप्क्यान महासचिव अनिल शर्मा पौड्यालले विभिन्न नयाँ शैक्षिक गन्तव्यकोबारेमा आफ्ना सदस्यहरूलाई जानकारी दिने उद्देश्यले दुवइको भाइव कलेजसँग सम्झौता गरिएको बताए।  कार्यक्रममा भाइब एजुकेशनका प्रतिनिधी प्रतिक पौडेलले दुवइको शैक्षिक वातावरण, अध्ययन पश्चातका अवसर, कलेजको भौतिक शेक्षिक पूर्वाधारको विषयम...
निर्भाणा एकडेमी आर्ट क्लबको आयोजनामा भोलीदेखि तिन दिने चित्रकला प्रदर्शनी

निर्भाणा एकडेमी आर्ट क्लबको आयोजनामा भोलीदेखि तिन दिने चित्रकला प्रदर्शनी

शिक्षा, समाचार
काठमाडौं । काठमाडौंस्थित निर्भाणा एकडेमी आर्ट क्लबको आयोजनामा यही माघ २६,२७ र २८ गते ववरमहलस्थित नेपाल आर्ट काउन्सिलमा तीन दिवसीय चित्रकला प्रदर्शनीको आयोजना हुने भएको छ । उक्त प्रदर्शनीमा यस विद्यालयमा विभिन्न तहमा अध्ययनरत ३८ जना विद्यार्थीहरुको चित्रकला समावेश गरिने छ । विद्यालयको ईतिहासमा पहिलो पटक यस प्रकारको चित्रकला प्रदर्शनी आयोजना हुन लागेको विद्यालयका प्रिन्सिपल निराजन अधिकारीले जानकारी दिनुभयो ।प्रदर्शनीमा निर्भाणा एकेडेमीका ३०० विद्यार्थीहरु, आमन्त्रित २० विद्यालयका करिव ३०० विद्यार्थीहरु, ६०० भन्दा वढि अभिभावकहरु तथा १०० भन्दा वढि पर्यवेक्षक सहित करिव १४०० भन्दा वढिले चित्रकला प्रदर्र्शनी अवलोकन गर्ने कार्यक्रम संयोजक लक्ष्मी मास्के(पुनम)ले जानकारी दिनुभयो ।वरिष्ठ शिक्षाविद्, गुणविज्ञ तथा हाईगा आर्टिष्ट प्रा.दिनेश प्रसाद चापागाईको प्रमुख आतिथ्यतामा प्रदर्शनीको उदघाटन माघ २६ ग...
केआईईसीले ‘मल्टीडेस्टीनेसन एजुकेशन फेयर–२०२४’ आयोजना गर्ने

केआईईसीले ‘मल्टीडेस्टीनेसन एजुकेशन फेयर–२०२४’ आयोजना गर्ने

शिक्षा, समाचार
काठमाडौँ– शैक्षिक परामर्श दातृ संस्था केआईईसी प्रालीले शनिवार एक दिने मल्टीडेस्टीनेसन एजुकेशन फेयर–२०२४ आयोजना गर्ने भएको छ। केआईईसीले पुतलिसडक स्थित आफ्नो नवनिर्मित भवनमै विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्र्ने उद्देश्यले मेला आयोजना गर्न लागेको हो। मेलामा विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिबाटै विद्यार्थीले त्यहाँको भौतिक शैक्षिक पूर्वाधार, बसोबास, शिक्षा नीति, लागत खर्च, छात्रवृत्ति लगायतका विषयमा जानकारी लिन सक्ने प्राली प्रवन्ध निर्देशक राजेन्द्र रिजालले जानकारी दिए। केआईईसीले मेलामा सहभागि हुने विद्यार्थीलाई विदेशका प्रमुख शैक्षिक गन्तव्यबारे जानकारी दिनुका साथै उनीहरूलाई विभिन्न छुट र अफरहरूको घोषणा समेत गरेको छ। अष्ट्रेलिया, क्यानडा, अमेरिका, न्यूजील्याण्ड, युके लगायतका मुलुकमा विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई यस मेलामा सम्पूर्ण जानकार...
रोयल एजुकेसनले शुक्रबार ‘अमेरिका क्यानाडा एड्मीसन डे’ आयोजना गर्ने

रोयल एजुकेसनले शुक्रबार ‘अमेरिका क्यानाडा एड्मीसन डे’ आयोजना गर्ने

शिक्षा, समाचार
शुक्रवार नयाँ बानेश्वरस्थित मुख्य कार्यालयमा रोयल एजुकेसन फाउन्डेसनले उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीहरूका लागि ‘अमेरिका-क्यानाडा एड्मिसन डे-२०२४’ आयाेजना गर्ने जनाएको हो। रोयल एजुकेसन फाउन्डेसनका प्रवन्ध निर्देशक विष्णुहरी पाण्डेले अमेरिका र क्यानाडामा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूका लागि उक्त ‘एड्मिसन डे’ कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। उनले भने,‘एड्मिसन डे मार्फत अभिभावक र विद्यार्थीहरूले एकै ठाउँ, एकै समयमा धरै भन्दा धेरै कलेजहरूको बारेमा बुझ्न सक्नुहुनेछ। विश्वविद्यालय प्रोग्राम, ट्युसन फी, रिक्वायरमेन्ट आदिका कुराहरू सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरूबाट बुझ्न पाउनुहुनेछ’। एड्मिसन डेमा विद्यार्थी तथा अभिभावकहरूले अमेरिका र क्यानाडाका विभिन्न विश्वविद्यालयहरूको बारेमा उपलब्ध कोर्षहरू, ट्युसन फी, लाग्ने लागत, भिजा प्रोसेस लगायतका बारेमा जानकारी लिन सक्...
पिपल्स क्याम्पसको ४२ औँ वार्षिकोत्सव सम्पन्न

पिपल्स क्याम्पसको ४२ औँ वार्षिकोत्सव सम्पन्न

शिक्षा, समाचार
काठमाडौँ- काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले विश्वविद्यालय शिक्षा दक्षजनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन्। काठमाडौँको पकनाजोलस्थित पिल्पस क्याम्पसले ४२ औँ वार्षिकोत्सव समाराेहमा बाेल्दै उपकुलपति थापाले नेपालकाे विश्वविद्यालय शिक्षालाई समयानुकुल परिमार्जन गर्दै राेजगारमुखी बनाउनुपर्ने बताए। वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि तथा उपकुलपति थापाले विद्यार्थी पलायनको भाष्यले दुःखी बनाएपनि स्थिति साह्रै निराशाजनकन भएको बताए। ‘नेपालमा साक्षरताको दरको तुलनागर्दा उच्च शिक्षा दिने संस्थाको आवश्यकता अझै देखिन्छ,’ डा. थापाले भने, ‘राजनीतिक संक्रमण पाँच दशकदेखि लम्बिएकाले शिक्षा क्षेत्रमा असर देखिएको हो।’ अहिले काठमाडौँ विश्वविद्यालयले भारतमा योगको कक्षा चलाइरहेको र निकट भविष्यमा अस्ट्रेलियाको सिड्नी तथा हङकङमा पनि कक्षा चलाउने तयारी गरिरहेको जनाउँदै डा. थापाले अब...