बिहे गर्नुभयो त ? कुन उमेरमा बुबाआमा बन्ने ?
काठमाडौं, पुस- ९ ।
बिहे गर्नुभयो त ? कुन उमेरमा बुबाआमा बन्ने नी ?
यो प्रश्नको उत्तरमा तपाईं भन्नुहोला, ‘उमेर भएकै छैन ।’ हाम्रो समाजले स्थापित गरेको मान्यता हो, ‘विस बर्ष पारी, बिहेवारी ।’
अर्थात २० बर्ष पुरा नगरी विवाह गर्न उपयुक्त छैन । किनभने यसअघि हामी मानसिक र शारीरिक रुपले विवाहका लागि योग्य भएका हुँदैनौ ।
अर्कोतिर हामी ठान्छौं, ‘आफ्नो खुट्टामा उभिन सक्ने भएपछि मात्र विवाह गर्नुपर्छ ।’
अर्थात आर्थिक रुपले सुरक्षित भएपछि विवाह गर्नु उपयपुक्त हो । किनभने अरुवाट आश्रति भएर दाम्पत्य जीवन चल्दैन । घरबार बन्दैन ।
उमेरका सीमाहरु
विवाह गर्नका लागि शारीरिक रुपले, मानसिक रुपले, आर्थिक रुपले परिपक्क हुनुपर्छ । यसका लागि हामीसँग केही सीमाहरु छन् । जस्तो कि, २० बर्ष पुरा गर्नैपर्यो । पढाई सक्नैपर्यो । जागिर खान वा उद्यम गर्नै पर्यो । अर्थात आफ्नो खुट्टामा उभिने हुनुपर्यो...









