गजेन्द्र बर्मा gajendra verma

काठमाडौं, पुस-६ ।

भारतीय चर्चित गायक गजेन्द्र बर्माले क्रिसमस इभको अवसर पारेर काठमाडौंमा प्रस्तुति दिने भएका छन् । पछिल्लो समय तेरा घाटा बोलको गीतका कारण बलिवूडको स्टेजहरुमा चर्चामा रहेका गजेन्द्रले दरबारमार्गस्थित क्लब डेजाभुमा आफ्ना गीत प्रस्तुत गर्ने भएका छन ।

मेड्ली इभेन्ट र डार्क हर्स इभेन्टको संयुक्त आयोजनामा डिसेम्बर २४ मा हुने गजेन्द्र बर्मा लाइभ इन नेपाल नामक कार्यक्रममा उनले तुने मेरे जाना, मे तेरा हि रहु, मेरा जहाँजहाँ लगायतका सुप्रसिद्द गीत गाउने आयोजकले जनाएका छन् । एक भिडियोमार्फत नेपाल आउने कुरामा आफू धेरै नै उत्साहित रहेको बताएका गजेन्द्र काठमाडौंको कन्सर्टपछि धरान जाने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here