सोम, असार ३१, २०८१
Mon, July 15, 2024
Shadow

निर्मलाको हत्या गरेको वयान दिएका विशाल र प्रदीपको डीएनए पनि मिलेन, अरु प्रमाण के देखाउने ?

काठमाडौं, पुस-६ ।

बलात्कारपछि हत्या भएकि कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या अनुसन्धानको क्रममा पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीको डीएनए नमिलेको भए पनि अरु प्रमाण जुटाउन प्रहरी लागिपरेको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार निर्मलाको शरीरबाट निकालिएको ‘भेजिनल स्वाव’ संग पक्राउ परेका विशाल र प्रदीपको डीएनए म्याच नभएको हो । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोलीले प्रदीपलाई मंसिर २० गत्ते नै काठमाडौंमा पक्राउ गरेको थियो भने विशाललाई मंसिर २१ गत्ते कञ्चनपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो ।

प्रदीप र विशालको डीएनए परिक्षण प्रहरीको विधि विज्ञान प्रयोगशाला र नास्टमा गरिएको थियो । अनुसन्धानको क्रममा हालसम्म कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसहित १० जना बढीको डीएनए परीक्षण गरि्सकिएको छ तर कसैको पनि म्याच भने भएको छैन ।
डीएनए बाहेक अनुसन्धानका धेरै विधि र पाटा रहेका छन । हामी सबै पक्षबारे सचेत र सर्तक रहेर अनुसन्धान जारी राखेका छौ,’’ एक प्रहरी अधिकारीले जनाए ।

निर्मला पन्त हत्याकाण्डको अनुसन्धानको क्रममा प्रहरीले अझै केही व्याक्तिलाई निगरानीमा राखिरहेको समेत बताएको छ । अनुसन्धानमा रहेको प्रहरी टोलीसँग हत्यारासँग पुग्न चित्तबुझ्दो प्रमाण कतैबाट फेला पर्न सकेको छैन ।

डीएनए नमिले पनि हत्या प्रमाणित हुन सक्ने आधारहरु प्रसस्तै रहेको र प्रहरीले त्यसको खोजी गरिरहेको स्रोतले जनाएको छ । प्रदीप र विशालले प्रहरीलाई दिएको बयानमा भने आफूहरुले हत्या गरेको स्वीकार गरिसकेको प्रहरी स्रोत्ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *