आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024
Shadow

मनोरन्जन

उत्तराखण्डका अभिनेता लकी खानले जापानमा चलचित्र निर्माण गर्दै

उत्तराखण्डका अभिनेता लकी खानले जापानमा चलचित्र निर्माण गर्दै

मनोरन्जन, समाचार
उत्तराखण्डका अभिनेता लकी खानले जापानमा चलचित्र निर्माण गर्दै छन । अगस्ट महिनामा जापानमा आयोजना हुने फैशन शो, भारत , नेपाल संसारका धेरै देशका मोडेलले प्रतिभागिता देहरादून फिल्म डायरेक्टर एण्ड एकटर लकी खान परिवारमा रहकर होर फिल्मो का निर्माण गर्न खुब वाहवाही बटोर्छन् , युट्युबमा बी अवेयर लकी खान प्रेजेन्ट्सको नामबाट एक यूट्यूब च्यानल पनि छन्।लकी खानले दूरभाषमा प्रस्तुत गरेका छन् कि अगस्त महिनामा भारत र जापानका उभरते कलाकारहरूका लागि एक फैशन शो आयोजित गरिन्छ जसमा पनि प्रतिभावान कलाकारहरू ताज पहने र ट्रोफी देकर सम्मानित हुनेछन्। उनी कि उत्तराखण्ड से वरिष्ठ पत्रकार प्रदीप फुटेला यस कार्यक्रममा अर्गनाइजरको रूपमा उपस्थित छन्। वेर भूत कि पाकिस्तानमा रहकर बन्ने होर फिल्में हाम्रो भारत देश का नाम रोशन हो। उनले हाल हीमा एक फिल्म बनाएको जसको नाम हो जीस पावर। यो फिल्मको नेकलाई राम्रोसँग लेखिए...
‘नेसन गट ट्यालेन्ट’ सो को भोटिङ्ग राउण्ड खुल्ला

‘नेसन गट ट्यालेन्ट’ सो को भोटिङ्ग राउण्ड खुल्ला

मनोरन्जन, समाचार
देशभरिका ८ देखि १३ बर्षका सहभागिहरुको गायन तथा नृत्य विधाको प्रस्तुति रहेको रियालिटी सो नेसन गट ट्यालेन्ट सोको भोटिङ्ग राउण्ड सुरु भएको छ । त्यसैले उत्कृष्ट १२ प्रतिष्पर्धीहरुको अवको यात्रा देश तथा विदेशमा रहनुहुने स्रोता दर्शकले गर्ने भोटमा निर्भर हुने छ । गायन र नृत्य विधाको सभ्य र भव्य रियालिटी सोको ग्रान्ड प्रिमियर चरण हालै सम्पन्न भएको हो।देशका बिभिन्न स्थानबाट अडिसन राउन्डमा छानिएका २६ जना सहभागीबाट जुरीको निर्णयका आधारमा उत्कृस्ट १६ छानिएकोमा सोबाट दुवै विधामा उत्कृष्ट १२-१२  जना छानिएका थिए । नेपालकै पहिलो एचडी च्यानल एपी-१ टेलिभिजनबाट हरेक मंगलबार र बुधबार प्रसारण भैरहेको रियालिटी सोको उद्देस्य भोलिका लागि गायन र नृत्य क्षेत्रका लागि उदयीमान प्रतिभाको सम्भावना खोज्नु हो । गायन विधामा प्रशिद्ध गायक आनन्द कार्की र अर्की बहुचर्चित गायिका देविका बन्दना जुरीको भूमिकामा ...
राज लुईटेलको निर्देशनमा रमा थापाको ‘माया गर्यौ’सार्वजनिक(भिडियो)

राज लुईटेलको निर्देशनमा रमा थापाको ‘माया गर्यौ’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गीतकार रमा थापाको गीत `माया गर्यौ ´को म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार काठमाडौँको बालुवाटार स्थित टाइम्स स्क्वायरमा एक कार्यक्रम गरि उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।चलचित्र कलाकार संघका वरिष्ठ उपाध्यक्ष एवं चर्चित कलाकार शिवहरि नेपाल वैरागीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा गीत संग सम्बन्धित कलाकार,सर्जक तथा प्राविधिकहरुको समेत उपस्थिती थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार शिवहरी नेपाल (बैरागी) ले गीत एकदमै राम्रो भएको बताएका छन् । सामाजिक जीवनको वास्तविक कथालाई भिडियोमा उतारेकोमा सम्पूर्ण टिमलाई बधाई दिदै गीतको भाव र कथावस्तुले भिडियोलाई जीवन्त बनाउन सफल भएकोमा खुसी व्यक्त गरे । `माया गर्यौ´ म्युजिक भिडियोको निर्माण टिमले आगामी दिनहरूमा अझै राम्रो गर्नेमा विश्वास व्यक्त गर्दै मानिस सबै कुरामा पूर्ण र निपूर्ण नहुने तर त्यसको लागि प्रयास जारी रहने भए...
गायिका सुजाता केसीको ‘आलु तामाले’(भिडियो)

गायिका सुजाता केसीको ‘आलु तामाले’(भिडियो)

मनोरन्जन, समाचार
गायिका सुजाता केसीको नयाँ लोकदोहोरी गीत ‘आलु तामाले’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायिका केसीलाई गायक अमृत खातीले स्वरमा साथ दिएका छन् । https://youtu.be/lxS-rH6awPA गायक अमृत खातीकै शब्द, दीप शंकर चौलागाइको संगीत रहेको गीतको एरेन्ज विनोद बाजुरेलीले गरेका हुन् । गीतको आकर्षक भिडियो पनि निर्माण भएको छ । जसमा गायिका केसी र काजिस श्रेष्ठको नृत्य देख्न सकिन्छ ।  डान्सिङ शैलीमा तयार गीतको भिडियोमा केही कोरस समेत प्रयोग भएको छ । सुशिल शर्माको निर्माण रहेको  भिडियोमा दुर्गा पौडेलको छायाङ्कन, विकाश ज्ञवालीको सम्पादन छ । भिडियोलाई काजिस श्रेष्ठले निर्देशन गरेका हुन् । गायिका केसीको आफ्नै अफिसियल युट्युब च्यानल सुजाता केसीबाट सार्वजनिक भएको छ । गीत श्रोता तथा दर्शकले रुचाउने विश्वास गायिका केसीले लिएकी छन् । ...
विश्वकिर्तिमान कायम गर्ने नेपालका राजेन्द्र लुईटेललाई सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मान

विश्वकिर्तिमान कायम गर्ने नेपालका राजेन्द्र लुईटेललाई सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मान

मनोरन्जन, समाचार
काठमाडौं । विश्वकै सर्वाधिक उचाईमा म्यूजिक भिडियो निर्माण गरेर विश्वकिर्तिमान कायम गर्ने नेपालका राजेन्द्र लुईटेललाई सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलबाट एक कार्यक्रमका वीच राष्ट्रपति भवनमा सम्मानित गरिएको छ । राष्ट्रपति पौडेलले विश्वकिर्तिमान कायम गर्ने लुईटेललाई बधाई सहित माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए । मनाङ्गको तिलिचो तालमा छायांकन तथा निर्माण गरिएको उक्त भिडियोको गीतलाई अर्का किर्तिमानी डा.डिआर उपाध्यायले लेखेका हुन भने किर्तिमानी संगीत सन्तोष श्रेष्ठ र किर्तिमानी सागर अधिकारी शरदले दिएका हुन । भिडियोमा पुष्प खड्का तथा श्रद्धा क्षेत्रीको अभिनय रहेको छ । भिडियोलाई माईकल चन्दले निर्देशन गरेका हुन ।उक्त समारोहलाई सम्बोधन गर्दै विश्वकिर्तिमान कामय गरि देशको नाम फरक ढंगबाट चिनारी गराईएकोमा राष्ट्रपति रामचन्द्र पौडेलले बधाई तथा शुभकामना दिनुभएको थियो । राष्ट्रपति कार्यालय शीतल नि...
नमूना कलेजको फेसन शोमा निर्मिति नव्यता

नमूना कलेजको फेसन शोमा निर्मिति नव्यता

मनोरन्जन, समाचार
काठमाडौं । राजधानी शहरको बौद्धस्थित हायात रिजेन्सी होटलको रिगल बल रुममा चैत्र २५ गते आइतबारको साँझले फेसन, स्टाइल र ग्ल्यामरको समिश्रणमा अनुपम र मनमोहक सृजनाका विविध आयामहरुलाई साक्षात्कार गर्ने अवसर प्राप्त भयो । नमूना कलेज अफ फेसन टेक्नोलजीको १८औं ब्याचका ७१ जना ग्राजुएटिङ फेसन डिजाइनहरुले तयार पारेका ८ वटा क्रिएटिभ वेयर गरी ७९ वटा सृजनाहरु ¥याम्पमाथि प्रस्तुत गरिएको अवलोकन गर्न पाइयो । नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरको रनवे उपस्थिति संगैं शुभारम्भ भएको उक्त ग्राजुएसन फेसन शो निर्मिति नव्यता शीर्षकमा सम्पन्न भएको थियो । शान्ति र समृद्धिको सुन्दर संयोजनमा डिजाइन गरिएको सकरात्मकता, स्वाबलम्बन, सीप र शिक्षाको भाव झल्किने डिजाइनर साडीमा उपस्थिति दर्शाएकी ज्ञानी शोभा तुलाधरको रनवे उपस्थितिलाई शान्ति र समृद्धिलाई झल्काउने विविध तत्वबाट प्रेरित पहिरनमा सजिएका मोडलहरुले स...
कमेडी च्याम्पियनको सुटिङ आजवाट सुरू हुदैँ

कमेडी च्याम्पियनको सुटिङ आजवाट सुरू हुदैँ

मनोरन्जन, समाचार
कमेडी च्याम्पियनको सुटिङ आजवाट पुनः सुरू हुने भएको छ । दुइ हप्ता अघि साँगामा कमेडी च्याम्पियनको टोली दुर्घटनामा परे पछि स्थगित भएको सुटिङ आजवाट सुरू हुन लागेको हो । जसको जानकारी सो च्याम्पिनयका प्रमुख बिशाल भण्डारीले जानकारी दिएका छन् ।  ‘के तपाईँ कमेडी च्याम्पियन स्टूडियोमा लाइव हेर्न चाहानुहुन्छ ? यदि हो भने हाम्रो शूट आज चैत २७ गते मङगलबार  हुदैछ,’ उनले लेखेका छन, ‘स्टूडियो मुलपानीस्थित  मुलपानी फुटसल नजिकैरहेको छ। यहाँहरू ११  बजेसम्म आइपुग्नुपर्ने हुन्छ। नोटः कार्यक्रम निशुल्क हेर्न पाइने छ ।’केही समय अघि मापसे गरेर सवारी चलाउँदा भण्डारीसहितको टोली साँगा, नजिक भयानक दुर्घटनामा परेको थियो । ...
अमर बान्तुको नयाँ गीत ‘जिन्दगीको दौडमा’ सार्वजनिक(भिडियो)

अमर बान्तुको नयाँ गीत ‘जिन्दगीको दौडमा’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गीतकार अमर बान्तुको नयाँ गीत ‘जिन्दगीको दौडमा’ सार्वजनिक भएको छ । बरिष्ठ सङ्गीतकार राजु सिंहको सङ्गीत, एड्रीन प्रधानको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । नवीन श्रेष्ठको निर्देशन रहको गीतको भिडियोमा लबिन अन्सारी र प्रतिमा राजघतानीलाई फिचरिङ गरिएको छ ।निरनजुल कायस्थको छायांकन रहेको भिडियोमा हिम्मत चैसिरको सम्पादन र टेकेन्द्र शाहको कलर छ । गीतको भिडियो बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो । https://youtu.be/ergyABkuiL0 भोजपुरमा जन्मिएर काठमाडौंलाई कमर्थलो बनाइ थुप्रै सिर्जना पाठक तथा दर्शकमाझ पस्किनुभएका सर्जक बान्तुका धेरै गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । कवि एवम् गीतकार अमर बान्तुले ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) सङ्ग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’एल्बम पाठक/श्रोता र दर्शकमाझ ल्याउनुभएको छ । उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छ...
कुवेरको ‘किन माया गर्यौं’ मा संजित र मेगको अभिनय  (भिडियो)

कुवेरको ‘किन माया गर्यौं’ मा संजित र मेगको अभिनय (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । फोटोग्राफरमा ख्याती कमाएका कुवेर तामाङ म्यूजिक भिडियो निर्देशक हुदै गायक समेत भएका छन । करिव डेढ दशकभन्दा लामो समयदेखि ग्ल्यामर फोटोग्राफरको रुपमा चर्चा कमाएका तामाङले आफ्नो स्वर तथा शव्दमा तयार भएको गीत ‘किन माया गर्यौं’ भिडियो सहित सार्वजनिक गरेका छन । ‘सिजल एण्ड सिस्टर न्यूज एण्ड ईन्टरटेनमेन्ट’ युट्युब च्यानलबाट सार्वजिनक गरिएको उक्त गीतलाई पुस्कर सुनुवारले संगीत दिएका छन भने विप्लव अधिकारीले रेकर्डिङ तथा मिक्सिङ गरेका हुन । https://youtu.be/_jmqmHLjlxc सपना श्रेष्ठ तथा सपना कटवालले निर्माण गरेका गीतको भिडियोमा मोडल संजित भण्डारी,समाजसेवी मेग सुवेदी तथा रिचा थापा र प्रनिमा दाहालले अभिनय गरेका छन । बुद्ध थापा टिमको छायांकन रहेको भिडियोलाई सम्पादन विवेक सुनार र कलर श्याम कुवरले गरेका हुन । स्किृप्ट राईटर उत्सव पौडेल, र सहायक निर्देशन मोहन सुनार (नविन)को रहेको भिड...
निताको स्वरमा ‘चुप चाप’ (भिडियो)

निताको स्वरमा ‘चुप चाप’ (भिडियो)

मनोरन्जन, समाचार
गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुस्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार केसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/CYPYXy_Pzzw किरण श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुस्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप सिंहको छायांकन रहेको भिडियोमा बुद्धि तामाङको शृंगार रहेको छ । गीतको भिडियो निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो श्रोता/दर्शकमाझ पस्किएका छौं, आशा छ सबैले मन पराइदिनुहुनेछ’, गायिका आचार्यले भन्नुभयो । आचार्यका ‘जिन्दगी, सँगै जिउने हो भए साथमा नभए यादमा, झिमझिम परेली, गरिदेउ बिदा, मन...