विद्यालय स्तरमा अध्ययनरत वैज्ञानिक चेत र सामथ्र्य बोकेका विद्यार्थीको प्रतिभालाई उचित अवसर र वातावरण प्रदान गर्ने उद्देश्यले आयोजित युवा वैज्ञानिक सम्मेलन २०१८ सकिएको छ।
नेपाल पोलिमर इन्स्टिच्युटको आयोजना तथा युनिग्लोब माध्यमिक विद्यालय तथा कलेजको सहआयोजनमा युनिग्लोब मावि तथा कलेजमा शनिबार र आइतबार सम्मेलन भएको थियो । उक्त सम्मेलनमा २० वटा विद्यालय सहभागी थिए । सम्मेलनले देशको समृद्धि र वातावरण संरक्षणमा सहयोगी बन्न सक्ने पाँचवटा विधागत विषयबाट ६ वटा अवधारणालाई उत्कृष्ट ठहर गरेको थियो।
जीव तथा रसायन विज्ञान, गणित र वातावरण विज्ञानतर्फको अवधारणामा युनिग्लोब मावि तथा कलेज कमलादी काठमाडौं, इन्जिनियरिङ तथा रोबोटिक्सतर्फको अवधारणामा अमरसिंह स्कुल पोखरा र वृहस्पति विद्यासदन काठमाडौं र भौतिक विज्ञानतर्फको अवधारणामा हेटौंडा स्कुल अफ मेनेजमेन्ट उत्कृष्ट भएका थिए।
आयोजकका अनुसार उत्कृष्ट पाँचवटै अवधारणाले आगामी डिसेम्बर १५ मा थाइल्यान्डमा हुने एसिया प्यासिफिक यङ साइन्टिस्ट समिटमा सहभागिता जनाउने छन्।
