दिल्ली- विश्वका कायस्थहरूलाई भेला गर्न र एकताबद्ध गर्न, ग्लोबल कायस्थ कन्फरेन्सद्वारा राजीव रञ्जन प्रसादको अध्यक्षतामा विश्व कायस्थ महासम्मलेन सफलतापूर्वक सम्पन्न भएको छ । भारतको राजधानी नयाँ दिल्लीको तालकटोरा स्टेडियममा मार्चमा सम्पन्न उक्त विश्व कायस्थ सम्मेलनमा २७ राष्ट्रिय व्यक्तित्वहरूलाई महादेवी वर्मा स्मृति सम्मानबाट सम्मानित समेत गरिएको थियो ।

राजनीतिक, आर्थिक र सामाजिक सशक्तिकरणको महान लक्ष्य हासिल गर्न यस संस्थाका विदेशी, राष्ट्रिय र प्रादेशिक समितिहरू सहित धेरै उप-समितिहरू गठन भएको छ । ग्लोबल कायस्थ कन्फरेन्सको राष्ट्रिय कार्य समितिको सम्पन्न बैठकमा विभिन्न समितिहरू सहित राष्ट्रिय कार्य समितिका नयाँ पदाधिकारीहरूमा अध्यक्षमा राजीव रञ्जन ग्लोबल अध्यक्ष, रागिनी रञ्जन म्यानेजमेन्ट ट्रस्टीको रूपमा, अखिलेश श्रीवास्तव ग्लोबल वरिष्ठ उपाध्यक्ष, अनुराग सक्सेना ग्लोबल सचिवको रूपमा, र प्रतिष्ठित व्यक्तिहरू ग्लोबल सेल, राष्ट्रिय पदाधिकारीहरू, ओभरसिज शाखा अध्यक्ष जस्ता विभिन्न शाखाहरूको लागि मनोनीत गरिएको छ ।
ओभरसिज च्याप्टरमा इन्जिनियर मितेश कुमार कर्ण दुबई च्याप्टरको अध्यक्षमा, डा. पुनम कर्ण नेपाल च्याप्टरको अध्यक्षमा मनोनीत भएका छन । इन्जिनियर मितेश कुमार कर्ण, जीकेसी च्याप्टर दुबईका अध्यक्ष, दुबईमा अन्तर्राष्ट्रिय परामर्शदाता इन्जिनियरको रूपमा कार्यरत नेपाली नागरिक हुन । यसै गरि, कला तथा संस्कृति जीकेसी नेपाल च्याप्टरको अध्यक्षमा डा. आभास लाभ मनोनीत भएका छन ।
सम्मेलनमा विशिष्ट सम्पदा र प्रेरणादायी इतिहासको समुदायबाट आएका दूरदर्शी नेता तथा अध्यक्ष राजीव रञ्जन प्रसादले कायस्थ कन्फरेन्सले कायस्थ समाजलाई स्वतः बलियो बनाउने विश्वास व्यक्त गरेका छन । अध्यक्ष रन्जनले कायस्थ समुदायको एकता र उत्थानका लागि सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, साँस्कृतिक लगायतका विभिन्न क्षेत्रमा काम गरिरहेका छन ।

सम्मलेनमा जीकेसी च्याप्टर नेपालका अध्यक्ष डा. पूनम कर्णले ‘एकता नै शक्ति भएको बताउदै, एकतामा तीन अक्षर मात्र छन, तर यसको अर्थ धेरै ठूलो छ ।’
उनले,नेपाल र विश्वभरका सम्पूर्ण चित्राँस परिवारलाई ग्लोबल कायस्थ कन्फरेन्समा सहभागी हुन निमन्त्रणा गरेको जानकारी दिईन । उनले भनिन, ‘एउटा व्यक्तिको उत्थान भयो भने मात्र उसले आफ्नो सम्पूर्ण परिवारको उत्थान गर्छ र सम्पूर्ण परिवारले समाजको उत्थान गर्दछ । मानवता सबैका लागि हुने भएकाले समाजका गरिब र खाँचोमा परेका मानिसहरूलाई सहयोग गर्ने लक्ष्य पनि संस्थाको रहेको छ ।’

डा. पूनम कर्ण लामो समयदेखि नेपालको कायस्थ समुदायको एकताका लागि सक्रिय रूपमा काम गरिरहेकी छिन । सम्मेलनमा डा. पूनम कर्ण र इन्जिनियर मितेश कुमार कर्ण दुवैले समाजको सामाजिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक तथा आर्थिक हितका लागि छिट्टै विभिन्न विभाग तथा उप-समितिहरूहरू मनोनीत गरिने जानकारी दिएका थिए ।
ग्लोबल कायस्थ कन्फरेन्स राजीव रञ्जन प्रसादको बलियो र भावुक नेतृत्वमा ट्रस्टको रूपमा स्थापित सामाजिक संस्था हो । यसले विश्वभरका अन्य कायस्थ समूहहरूको लागि छाता संगठनको रूपमा काम गर्दछ ।

-इन्जिनियर मितेश कुमार कर्ण / डा. पूनम कर्ण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here