पछिल्लो २४ घण्टामा १३ हजार १४५ जनामा परीक्षण गर्दा ३ हजार ५४० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ९ हजार ९१० जनामा पीसीआर परीक्षण गरिएकोमा ३ हजार ४९ जनामा र ३ हजार २३५ जनामा एन्टीजेन परीक्षण गर्दा ४९१जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ८९.५ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३२ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७३७ पुगेको छ ।
यसैगरी देशमा हालसम्म ८३ हजार ९९९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।