आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024
Shadow

आउदो शनिबार गोदावरीमा निशुल्क एक दिने स्वास्थ्य शिविर हुँदै

गोदावरीमा एक दिने निशुल्क स्वास्थ्य शिविर हुन लागेको छ । नेपाल- पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ तथा गोदावरी नगरपालिका वडा न. ३ को सयुक्त आयोजनामा गोदावरीमा एक दिने निशुल्क शिविर आयोजना हुन लागेको हो। निशुल्क शिविर यहि असार २ गते शनिबार बिहान ९ बजे देखि २ बजे सम्म संचालन हुने आयोजकले बताएका छ्न् । गोदावरी वडा ३ का सर्वसाधारणहरुलाई प्रत्यक्ष लाभ हुने गरी शिविर संचालन गर्न लागिएको वडा ३ का वडाध्यक्ष राज घिमिरेले जानकारी दिनुभयो । शिविरमा बाल रोग,हाड जोर्नी ,नशा सम्बन्धि समस्या,स्त्रीरोग एवम् जनरल मेडिसिन सेवा निशुल्क रुपमा प्रदान गरिने आयोजकले जनाएको छ । निशुल्क स्वास्थ्य सेवाको लाभ लिन वडा ३ ले अनुरोध समेत गरेको छ । शिविर श्री सिद्धेश्वर आधारभुत विधालय,वार्ड ३,किटिनीमा संचालन हुने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *