आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024
Shadow

आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास सम्बन्धि तालिम

काठमाडौँ । स्वास्थ्य प्रवर्द्धन तथा रोग उपचारका लागि आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास सम्बन्धि तालिम दिइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले १८ जना आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दिएको हो ।

योगाभ्यासको महत्व र फाइदाको बारेमा जानकारी दिने, कर्मचारीहरूलाई स्वस्थ रहन योग अभ्यास सम्बन्धि ज्ञान र सिप अभिवृद्धि गरी स्वास्थ्य संस्था मार्फत नियमित योगाभ्यास सञ्‍चालन गर्ने तथा विभिन्न रोगका उपचारका लागि ‘रोगानुसार योग’को ज्ञान र सिप अभिवृद्धि गर्ने उद्देश्यका साता तालिम दिइएको हो ।

काठमाडौँ जिल्लास्थित ११ स्थानीय तह मध्ये १० वटा स्थानीय तहमा आयुर्वेदका संस्थाहरु रहेका छन् । उक्त १० वटा पालिकाका रहेको नागरिक आरोग्य सेवा केन्द्र र आयुर्वेद औषधालयमा कार्यरत आयुर्वेद स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य प्रवर्द्धन तथा रोग उपचारका लागि योगाभ्यास तालिम अन्तर्गत स्वास्थ्य प्रवर्द्धनात्मक तथा उपचारात्मक योग विषयका सैद्धान्तिक तथा प्रयोगात्मक योग कक्षाहरु सञ्चालन गरिएको थियो । कार्यक्रम ७ दिन सम्म सिनामङ्गलमा सञ्चालन गरिएको थियो ।

कार्यक्रमबाट प्रदेश र स्थानीय तहमा कार्यरत आयुर्वेद स्वास्थ्यकर्मीहरू मार्फत योगाभ्यास सम्बन्धि समुदायमा प्रचारप्रसार भई आयुर्वेद सेवाग्राहीको सङ्ख्या वृद्धि हुने।योग मार्फत स्वास्थ्य प्रवर्द्धन र रोग प्रशमन हुने अपेक्षा गरिएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट नियमित रुपमा स्वास्थ्य प्रवर्द्धन तथा विभिन्न रोगका उपचारका लागि नियमित रुपमा योग सिकाईन्छ । यस वर्षको आयुर्वेद तथा योगका लागि नारा ‘मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि आयुर्वेद, योग र ध्यान’ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *