काठमाडौँ– ट्रान्सपार्ट व्यवसायीहरूले देशभरका प्रम्ुख सहरहरूमा ट्रान्सपोर्ट नगरको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। काठमाडौँ सामान ढुवानी व्यवसायी संघको नवौँ वार्षिक साधारण सभाको अवसरमा राजनधानीमा आयोजित कार्यक्रममा बोल्दै व्यवसायीहरूले सरकारले यस व्यवसायलाई व्यवस्थित गर्न सरकारले जग्गा उपलब्ध गराएर ट्रान्सपोर्ट नगरको व्यवस्था गर्न माग गरेका हुन्। कार्यक्रममा बोल्दै प्रमुख अथिति एवं सामान ढुवानी व्यवसायी महासंघ नेपालका अध्यक्ष विश्वनाथ खनालले विभिन्न कालखण्डमा यस व्यवसायले चु्नौतिको सामना गर्दै अघि बढ्नुपरेको र राज्यले यस व्यवसायलाई व्यवस्थित गर्ने सवालमा ध्यान नदिएको बताएका छन्।

उनले भने,‘यस व्यवसायलाई व्यवस्थित गर्ने सवालमा राज्य जिम्मेवार हुनुपर्छ। यस क्षेत्रमा व्यवसायीहरूबीच एकताको आवश्यकता छ। नेपाल सरकारले ढुवानीमा मूल्य अभिवृद्धि करको व्यवस्था गरेको थियो। व्यवसायीकै जोडबलपछि यसलाई हटाएको छ। तर विभिन्न वहानामा व्यवसायीलाई दुःख दिने काम जारी छ। यस्तो हुन नदिन व्यवसायीहरू एकठाउँमा उभिनुपर्छ।’ उनले ट्रान्सपार्ट व्यवसायलाई केन्द्रमा मात्र नभएर स्थानिय स्तरमा पनि विस्तार गर्दै लान आवश्यक रहेको बताए।

यस्तै कार्यक्रममा बोल्दै कार्यक्रममा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष अच्युतराज खनालले यो व्यवसायको मोडल र कार्यदिशामा देखिएको समस्या समाधान गर्नुपर्ने बताए। महासंघका महासचिव अरुणकुमार श्रेष्ठले ढुवानी व्यवसाय नागरिकको दैनिकीसँगै जोडिने विषय भएकाले यस तर्फ सरकारले ध्यान दिदैँ थप व्यवस्थित बनाउन आवश्यक रहेको बताए। उनले भने,‘ व्यवसायीले जोखिम मोलेर सेवा दिइरहेका छन्। सरकारले यस विषयमा चासो दिनुपर्छ। यो व्यवसायमा राज्यले गरेका सम्झौता कार्यान्वयनको विषयमा ध्यान दिनुपर्छ।

व्यवसायीले सरकारसँग समन्वय गरेर अघि बढेको छ। सरकारले बसपार्क बनाएको जस्तो देशका प्रमुख सहरहरूमा ट्रान्सपार्ट नगरको पनि व्यवस्था गर्नुपर्छ। यो पेसालाई समयसापेक्ष ढंगबाट अघि बढाउन प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्छ। ढुवानी व्यवसालाई व्यवस्थित गर्नुको विकल्प छैन।’ कार्यक्रममा काठमाडौँ सामान ढुवानी व्यवसायी महासंघका अध्यक्ष सुरजमानसिंह डंगोलले सबै व्यवसायी संघहरू समन्वय गरेर अघि बढ्नुपर्ने र आगामी दिनमा यस व्यवसायलाई थप व्यवस्थित गर्न लागि पर्ने बताए।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष सन्तबहादुर डुम्जन, संयुक्त ढुवानी व्यवसायी संघका अध्यक्ष गोपालप्रसाद मरासिनी लगायतले आफ्नो धारणा राखेका थिए। कार्यक्रममा काठमाडौँ सामान ढुवानी व्यवसायी संघका संस्थापक अध्यक्ष धुर्व दाहाल खत्रिलाई सम्मान गरिएको थियो। संघमा आवद्ध रहेर सबैभन्दा बढी शुल्क तिरेबापत व्यवसायी सुदन तिमल्सिनालाई काठमाडौँ सामान ढुवानी व्यवसायी अवार्ड २०८० प्रदान गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here