आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई

एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई

खेलकुद, समाचार
काठमाडौं । एनएफपीजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औं बार्षिक उपलक्ष्यमा आयोजना गरिएको फुट्सल प्रतियोगितको उपाधी हाम्रो फुट्सल पत्रकार टिमले जितेको हो । स्वस्तीश्री गुरुकुल विद्यालयको खेलमैदानमा भएको खेलमा १२ वटा टिम सहभागी भएका थिए । नकआउट चरणमा खेलाइएको खेलको पहिला चरणमा गोलाप्रथाबाट १२ टीम विच प्रतिस्प्रधा भएको थियो । उक्त कार्यक्रममा वरिष्ठपत्रकार ऋषि धमलाको टिम , सिलापत्र, गोरखापत्र,रासस,हाम्रो जन्मभूमि,नियात्रा टिभि रेडियो पर्यावरण ,फोटोपत्रकार सघ धादिङ लगायत हाम्रो फूटसल टिम , गुरुङ पत्रकार सघ लगायतका टिमहरु सहाभागीता रहेको थियो । त्यसै गरि दोस्रो चरणमा जितेर आएको ६ वटा टीम खेलेका थिए । सेमी फाइलनमा धादिङ फोटोपत्रकार समूह टीम र एटजोन गुरुङ पत्रकार टिम विच खेल भएको थियो भने हाम्रो फुटसल पत्रकार टिमले व...
प्रारम्भ एकेडेमीको स्पोर्ट्स कार्निभल २०७८ को समापन

प्रारम्भ एकेडेमीको स्पोर्ट्स कार्निभल २०७८ को समापन

खेलकुद, समाचार
काठमाडौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर छ स्थित प्रारम्भ एकेडमीले गत फाल्गुन २४ गतेदेखि सुरू गरेको “स्पोर्ट्स कार्निभल २०७८” को आज समापन गरेको छ । उक्त कार्यक्रमको सभापतित्व विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारीले गर्नुभएको थियो। स्पोर्ट्स कार्निभलमा विद्यार्थीहरूले विभिन्न ९८ वटा बिधामा भाग लिएका थिए ।कार्यक्रमका बिजेताहरूलाइ मेडल, ट्रफी तथा नगद पुरस्कारले सम्मानित गरिएको छ । खानेकुरा जस्तै खेलकुद पनि मानव जीवनको एक अभिन्न अङ्ग भएकालेे यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने विद्यालयका एकेडेमीक डाइरेक्टर राजेश घिमिरेले बताउनु भयो । काठमाडौको उत्तरपूर्वीय भेगको कागेश्वरी मनोहरा नगरपालिकामा अवस्थित प्रारम्भ एकेडमी एक उत्कृष्ट शैक्षिक गन्तव्य हो । ...
अनलाइन हाजिरी जवाफको लागी आवेदन खुल्यो

अनलाइन हाजिरी जवाफको लागी आवेदन खुल्यो

खेलकुद, समाचार
ग्लोकल आफ्टर स्कुलले अपेक्स कलेजको सहकार्यमा ‘नलेज माएस्ट्रो–अनलाइन लाइभ क्विज’ एक दिने अनलाइन हाजिरी जवाफ प्रतियोगता आयोजना गर्ने भएको छ। प्रतियोगितामा १६ देखि २४ वर्षसम्मका युवाले निःशुल्क सहभागी भई प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगिता युवाहरुको  बौद्धिक क्षमतालाई विकास गराउने हिसाबले तयार गरिएको कलेजले जनाएको छ। विगतमा नलेज माएस्ट्रोको ४ संस्करणहरू सफलतापूर्वक आयोजना गरिएको थियो । यस प्रतियोगिता फेब्रुअरी १२ तारिखका दिन एकल राउण्डमा सन्चालन गरिनेछ। प्रतियोगिता २ फरक बिधामा सञ्चालन हुनेछ जस अन्तर्गत आइटी तथा व्यापार एवम पर्यटन र आतिथ्य सम्बन्धी प्रश्नहरु सोधिनेछ। दुवै विधामा आवेदन खुलेको आयोजकले बताएको छ। दुवै विधाका प्रतियोगितामा विजेता, पहिलो रनर अप र दोस्रो रनर अपलाई क्रमशः रु १५,०००, रु १०,००० रु ५,००० नगद पुरस्कार प्रदान गरिनेछ । को को सहभागी हुन पाउने? ...
धर्मश्री जिवनको टिमले जित्यो भारतमा २१ स्वर्ण

धर्मश्री जिवनको टिमले जित्यो भारतमा २१ स्वर्ण

खेलकुद, समाचार
धर्मश्री जिवन गिरीको नेपाली टिमले भारतमा २१ स्वर्ण जितेको छ । वि.स.२०५५ का धर्म श्री विजेता,२०५५ को पहिलो मिस्टर साउथ यशियाका सेकेण्ड रनरअप लगायत मिष्टर लुम्बीनी,मिष्टर हिमालयन र मिस्टर काठमाण्डौका विजेता समेत रहेका नेपाली शारिरिक सुगठन क्षेत्रका हस्ती तथा असाधारण क्षमताका धनी जिवन गिरीले नेपालमा पहिलो पटक भित्र्याएको खेल स्ट्रन लिफ्टिङ को भारतको सिक्किममा हालै सम्पन्न चौथो स्ट्रन लिफ्टिङ च्यम्पियनसीप प्रतियोगितामा नेपालले २१ स्वर्ण सहित ३० पदक जित्न सफल भएको छ । यस खेलमा झापा,दाङ,सुर्खेत, पोखरा, काठमाण्डौ,रौतहट,जाजरकोट,वुटवल,कपिलबस्तु नवलपरासी गरि नेपालबाट कुल २६ खेलाडीको सहभागीता रहेको खेलमा कुल ३० पदक जित्दै नेपालको नाम चिनाउन यो खेल मार्फत सफल भएका हुन । वेट लिफ्टिङ र पावर लिफ्टिङ भन्दा नौलो र आकर्षक खेलको रुपमा स्ट्रन लिफ्टिङ खेललाई लिने गरिएको छ । यो प्रतियोगितको लागि सम्पुर्ण...
नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनको आयोजनामा शनिवार अन्तर्राष्ट्रिय रेस्लिङ हुदै

नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनको आयोजनामा शनिवार अन्तर्राष्ट्रिय रेस्लिङ हुदै

खेलकुद, समाचार
नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनले काठमाडौंमा अन्तर्राष्ट्रिय रेस्लिङ सञ्चालन गर्ने भएको छ । मंसिर १८ गते शनिबार काठमाडौंको भृकुटीमण्डपमा हुने रेस्लिङ महाभिडन्तमा विभिन्न देशका विभिन्न खेलाडीहरुले खेल देखाउँदैछन् । कार्यक्रममा अमेरिका, पाकिस्तान, भारत र नेपाली खेलाडीहरुको उपस्थिति रहने फाउन्डेसनको संस्थापक अध्यक्ष एवं नेपालको पहिलो महिला रेस्लर भगवती खड्का युनिकाले जानकारी दिएकी छिन् । छैटौं पटक भृकुटीमण्डपमा अमेरिकी महिला खेलाडी पोलान्को नेफ्रेटिरीसँग नेपाली चर्चित महिला खेलाडी जुरेली, पाकिस्तानी खेलाडी कोभु ब्रान्डनसँग कुमार थापा नेपाली ब्रो भिंड्दै छन् । त्यस्तै, भारतीय खेलाडी गोपाल शर्मासँग पाकिस्तानी जोर्डन हुर्‍र र नेपाली महिला खेलाडीहरु स्नेहा थापा मगर, जमुना तामाङ, गीता जिरेल, मनिषा रानाभाट, सपना तामाङलगायत अन्य खेलाडीहरुसहित अन्तर्राष्ट्रिय रेस्लिङ्ग महाभिडन्त हुनेछ । कार...
बक्सिङ संघले खेलाडीको भावनाविरुद्ध काम गरेको भन्दै नेपाल लोकतान्त्रिक खेलकुद संघको घोर भत्र्सना

बक्सिङ संघले खेलाडीको भावनाविरुद्ध काम गरेको भन्दै नेपाल लोकतान्त्रिक खेलकुद संघको घोर भत्र्सना

खेलकुद, समाचार
नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीलाई राखेको बिदाइमा खेलाडिनै अनुपस्थित भएका छन्  । सर्बियाको राजधानी बेलग्रेडमा आयोजना हुने आईबा वल्र्ड बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जान लागेका खेलाडी तथा प्रशिक्षकलाई खेल पोशाकसहित बिदाइ गर्ने कार्यक्रम तय गरेको थियो । त्यसका लागि संघले नेपाल बक्सिङ संघलाई पत्राचार समेत गरेको थियो । तर, कार्यक्रममा न खेलाडी सहभागी भए न त प्रशिक्षक नै । खेलाडी अनुपस्थित भए पनि लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङले लोकतान्त्रिक खेलकुद संघ संधै खेलाडीहरुको पक्षमा रहेको र उनीहरुको हक अधिकारका लागि सदैव अग्रस्थानमा रहने भन्दै उच्च मनोबलका साथ खेल्न शुभकामना दिए । उनले खेलाडीहरुको मनोबल उच्च राख्नका लागि विभिन्न नगद पुरस्कारको घोषणा समेत गरे । उनले प्रत्येक ब...
इंग्लिश प्रिमियर लिग  दुई उपाधि दावेदार मानिएका टोली चेल्सी र लिभरपुलले १-१ गोलको बराबरी

इंग्लिश प्रिमियर लिग दुई उपाधि दावेदार मानिएका टोली चेल्सी र लिभरपुलले १-१ गोलको बराबरी

अन्तराष्ट्रिय, खेलकुद, समाचार
इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिवार राति भएको खेलमा दुई उपाधि दावेदार मानिएका टोली चेल्सी र लिभरपुलले १-१ गोलको बराबरी खेलेका छन्। लिभरपुलको घरेलु मैदान एन्फिल्डमा खेलिएको खेलमा १० खेलाडीमा सीमित चेल्सीले लिभरपुललाई बराबरीमा रोक्न सफल भएको हो। पहिलो हाफको २२औं मिनेटमा चेल्सीले कर्नरमार्फत गोल गर्दै अग्रता लिएको थियो। चेल्सीका फरवार्ड काई हाभर्जले शानदार हेडर गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा चेल्सी १० खेलाडीमा सीमित भयो। लिभरपुलका स्ट्राइकर साडियो मानेले प्रहार गरेको शटलाई चेल्सीका रक्षक रिस जेम्सले गोल लाइनमा हातले बचाउ गरेपछि लिभरपुललाई पेनाल्टी तथा जेम्सलाई रातो कार्ड प्रदान गरिएको थियो। सो पेनाल्टीलाई लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाहले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा पुर्याएका थिए। दोस्रो हाफमा लिभरपुलले निकै नै आक्रामक खेल प्रस्तुत...
ला लिगामा बार्सिलोनाले विजयी सुरुवात

ला लिगामा बार्सिलोनाले विजयी सुरुवात

अन्तराष्ट्रिय, खेलकुद, समाचार
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ। अर्जेन्टाइन स्ट्राइकर लियोनल मेसीले क्लब छाडेपछि खेलेको पहिलो ला लिगाको खेलमा बार्सिलोना विजयी भएको हो। आइतबार राति रियल सोसीडाडलाई ४-२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सिजनको सुखद् सुरुवात गरेको छ। घरेलु मैदानमा बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले दुई गोल गर्दा जेरार्ड पिके र सेर्जी रोबर्टोले एक एक गोल गरे। सोसीडाडका जुलेन लोबेटे र मिकेल ओयार्जाबलले एक/एक गोल फर्काए। जितसँगै बार्सिलोनाले सिजनको पहिलो खेलमा महत्त्वपूर्ण ३ अंक जोडेको छ। ...
नेपाल फुटसल व्यवसायी सङ्घले फुटसल पुनःसञ्चालन गर्ने निर्णय

नेपाल फुटसल व्यवसायी सङ्घले फुटसल पुनःसञ्चालन गर्ने निर्णय

खेलकुद, समाचार
फुटसल व्यवसायीको छाता सङ्गठन नेपाल फुटसल व्यवसायी सङ्घले फुटसल पुनःसञ्चालन गर्ने निर्णय गरेको छ। कोरोना महामारीका कारण गत वैशाखदेखि बन्द रहेको फुटसल सञ्चालन गर्ने सङ्घले निर्णय गरेको हो। सङ्घले आज एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ का कारण निषेधाज्ञा जारी भएसँगै बन्द गर्नुपरेको फुटसल खोल्ने निर्णय गरेको जानकारी गराएको हो। सङ्घका अध्यक्ष राज महर्जन र महासचिव मदन कोइरालाले संयुक्तरुपमा जारी गर्नुभएको विज्ञप्तिमा निषेधाज्ञा खुकुलो बनाएको अवस्थामा सावधानी अपनाई खेल सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयसमक्ष अनुमति मागे पनि नपाएको उल्लेख छ। सानो समूहमा खेल सञ्चालन गर्ने, प्रतियोगिता नगर्ने, खेलाडीले सबै मापदण्ड अनिवार्य अपनाउने, साबुन पानीले हात धुने, शौचालयलगायत फुटसल सञ्चालन गरिएको क्षेत्रलाई कीटाणुरहित बनाउने, मास्क र स्यानिटाइजरको व्यवस्था गर्नेलगायत सङ्घले प्रतिबद्धता जनाएको छ। ...
टिम गोर्खालीको आयोजनामा फ्री फायर टुर्नामेन्ट सम्पन्न

टिम गोर्खालीको आयोजनामा फ्री फायर टुर्नामेन्ट सम्पन्न

खेलकुद, समाचार
टिम गोर्खालीको आयोजनामा सुरु भएको सैपाल च्याम्पियनसिप फ्री फायर क्लास स्क्वाड ग्युल्ड टुर्नामेन्ट २०२१ सम्पन्न भएको छ । सैपाल एकेडेमीको सहकार्यमा आयोजित २० दिन लामो ईस्पोटर्स प्रतियोगिता बिहीबार सकिएको हो । प्रतियोगितामा देशभरका ९८ टोलीले प्रतिस्पर्धा गरेका थिए । सैपाल एकेडेमीको प्रमुख प्रायोजन तथा क्युपिड स्टुडियो एसोसिएट र जेनिथ एजुकेसनल कन्सल्टेन्सी, के मार्सल आर्ट, हायर मी, ग्रेस ईभेन्ट र सिक्स्टी थ्री स्टुडियोले नेपाली गेमिङ समुदायलाई सहयोग पुर्‍याउन यो प्रतियोगितालाई साथ दिएका थिए । आयोजक टिम गोर्खालीले नेपालको ईस्पोटर्स प्रतिभालाई प्रोत्साहन गर्न यो एउटा ठूलो कदम उठाएको बताएको छ । जुन २७, २०२१ बाट सुरु भएको यो प्रतियोगिता जुलाई १७ सम्म चलेको थियो । जसअन्तर्गत पुरस्कार वितरण कार्यक्रम भने जुलाई २२ मा सैपाल एकेडेमी, धुम्बाराहीमा गरिएको हो । फरक फरक स्तरका टोली सहभागी यो प...