स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ।

अर्जेन्टाइन स्ट्राइकर लियोनल मेसीले क्लब छाडेपछि खेलेको पहिलो ला लिगाको खेलमा बार्सिलोना विजयी भएको हो।

आइतबार राति रियल सोसीडाडलाई ४-२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सिजनको सुखद् सुरुवात गरेको छ।

घरेलु मैदानमा बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले दुई गोल गर्दा जेरार्ड पिके र सेर्जी रोबर्टोले एक एक गोल गरे।

सोसीडाडका जुलेन लोबेटे र मिकेल ओयार्जाबलले एक/एक गोल फर्काए। जितसँगै बार्सिलोनाले सिजनको पहिलो खेलमा महत्त्वपूर्ण ३ अंक जोडेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here