सन्दिपलाई लाहोरले किनिरहदा सोमपाल भने बिकेनन ?
नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलिङ स्टार सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल)मा टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन्। मंगलबार भएको अक्सनमा लामिछानेलाई पीएसएल क्लब लाहोर कलन्दरले किनेको हो। गोल्ड श्रेणीमा रहेका सन्दीपलाई लाहोरले आफ्नो टिममा राखेको हो।
इस्लामबादमा भइरहेको अक्सनको ड्राफ्टमा सन्दिपसँगै तीव्र गतिका अर्का नेपाली बलर सोमपाल कामी पनि परेका थिए। कामी सिल्भर श्रेणीमा विदेशी खेलाडीको सूचिमा थिए। तर उनलाई कुनै पनि टोलीमा अटाएनन।
पछिल्लो एक वर्ष भित्रमा आईपीएल, क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग लगात थुप्रै अन्तर्राष्ट्रिय लिग खेलिसकेका र बीग ब्यासमा पनि अनुबन्ध भइसकेका सन्दीपलाई भने लाहोर कलन्दरले आफ्नो टोलीमा समावेश गराइसकेको छ।
उनले ५० देखि ७० हजार अमेरिकी डलरसम्म पारिश्रमिक पाउनेछन्।
दक्षिण अफ्रिकाका र एबी डिभिलियर्सको कप्तानीमा रहेको लाहोरले हालस...



