Sandeep_and_sompal

नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलिङ स्टार सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल)मा टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन्। मंगलबार भएको अक्सनमा लामिछानेलाई पीएसएल क्लब लाहोर कलन्दरले किनेको हो। गोल्ड श्रेणीमा रहेका सन्दीपलाई लाहोरले आफ्नो टिममा राखेको हो।

इस्लामबादमा भइरहेको अक्सनको ड्राफ्टमा सन्दिपसँगै तीव्र गतिका अर्का नेपाली बलर सोमपाल कामी पनि परेका थिए। कामी सिल्भर श्रेणीमा विदेशी खेलाडीको सूचिमा थिए। तर उनलाई कुनै पनि टोलीमा अटाएनन।
पछिल्लो एक वर्ष भित्रमा आईपीएल, क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग लगात थुप्रै अन्तर्राष्ट्रिय लिग खेलिसकेका र बीग ब्यासमा पनि अनुबन्ध भइसकेका सन्दीपलाई भने लाहोर कलन्दरले आफ्नो टोलीमा समावेश गराइसकेको छ।

उनले ५० देखि ७० हजार अमेरिकी डलरसम्म पारिश्रमिक पाउनेछन्।

दक्षिण अफ्रिकाका र एबी डिभिलियर्सको कप्तानीमा रहेको लाहोरले हालसम्म न्युजिल्यान्डका कोरी एन्डरसन, वेस्ट इन्डिजका कार्लोस ब्रथवाइट, पाकिस्तानका मोहम्मद हफिज, न्यूजिल्याण्डका ब्रेन्डम म्याकुलम, पाकिस्तानका उमर अकमल, पाकिस्तानकै यसिर साह, मोहम्मद इमरानलगायतलार्इ आफ्नो टिममा अनुबन्ध गरीसकेको छ।

लामिछाने भने अहिले टी-१० लिग खेल्न युएईमा रहेका छन् ।

चौथो संस्करणको पाकिस्तान सुपर लिग भने आगामी फागुन २ गतेबाट चैत ३ गतेसम्म हुनेछ। डबल राउण्ड रोविनका आधारमा खेलाईने प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ।

यसको उद्घाटन खेल यूएर्इको दुबर्इमा हुनेछ भने फाइनल खेल पाकिस्तानको कराँचीमा हुने बाटऐएको छ ।
गत संस्करणको पाकिस्तान सुपर लिग (पीएसएल) उपाधि इस्लामबाद युनाइटेडले जितेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here