आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

गायक रमेश श्रेष्ठ र सहिमा श्रेष्ठको आवाजमा ‘ नक्कली ’ को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

लामो समयदेखि गायन क्षेत्रमा निरन्तर लागिरहेका गायक रमेश श्रेष्ठ  र गायिका  सहिमा श्रेष्ठको संयुक्त आवाजमा रहेको नया डान्सिंग गीत ‘ नक्कली ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

केहि महिना अघि लिरिकल भिडियो सार्वजनिक गरि चर्चामा रहेको यस गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो  । सार्वजनिक यस  गीतकार अम्बिका गुरुङको शब्द रचना रहेको छ भने गीतलाई अशोक महर्जनले मिक्सिंग गरेका छन्  भने गीतलाई संदीप कार्कीले एरेन्ज गरेका हुन्  । भावसंसार ईन्टरटेर्मेन्त एलएलसीको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियो निकै आकर्षण बनेका छन भने यस गीतको भिडियोलाइ क्यामेरामेन अभिनास महर्जनले खिचेका छन  । कोरियोग्राफर राहुल बराइलीले कोरियोग्राफी र निर्देशन गरि तयार गरिएको यस गीतको म्युजिक भिडियोमा मोडल नबिन,आरुषी र राहुलले निकै मोहक र आकर्षण अभिनय प्रस्तुत गरेका छन र यस गीतको म्युजिक भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका छन्  ।

म्युजिक भिडियो  :

Leave a Reply

Your email address will not be published. Required fields are marked *