Sandeep Lamichhane
Sandeep Lamichhane. Photo: Udipt Singh Chhetry/THT

नेपाली राष्ट्रिय क्रिकेट टोलीका वलिङ स्टार सन्दीप लामिछानेलाई पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर कालान्दर्सले न्यूनतम ५० हजार डलरमा खरिद गरेको छ। विदेशी खेलाडीको गोल्ड क्याटागोरीमा रहेका सन्दीपको पारिश्रमिक कम्तीमा ५० हजार देखि ७० हजार अमेरिकी डलर हुनेछ।
नेपालका सन्दीपलामिछानेलाई क्वालान्दर्सले खरिद गरेको हो।
युवा लेग स्पिनर लामिछाने विदेशी खेलाडीको कोटा अन्तर्गत गोल्ड समूहको ड्राफ्टमा परेका थिए।

लामिछानेले ईपीएल, क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग लगाएत थुप्रै अन्तर्राष्टिय लिग खेली सकेका र बीग ब्यासमा समेत अनुबन्धन भइसकेका छन्। प्रत्येक टिममा कुल १६ जना खेलाडीहरु हुनेछन्।

चौथो संकरणको पाकिस्तान सुपर लिग यहि २०१९ को १७ फेब्रुअरी देखी १७ मार्च सम्म युएई र पाकिस्तानका बिभिन्न शहरमा हुनेछन। डबल राउण्ड रोविनका आधारमा खेलाईने उक्त प्रतियोगितामा ६ टिमको सहभागिता रहको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here