province_2_chief_minister_Lalbabu_raut

२ नं प्रदेश सरकारले पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मङ्सिर ५ गते सार्वजनिक बिदा दिने भएको छ।

उक्त प्रदेशका आठवटै जिल्लामा उक्त दिवसको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

सो दिवसको अवसरमा २ नं प्रदेशको सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षालयमा बिदा दिने सो मन्त्रालयका शाखा अधिकृत वसन्त न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here