शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

प्लान इन्टरनेशलबाट हटाइएका कर्मचारीहरुको धर्ना

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलबाट हटाइएका करीव ७६ जना कर्मचारीहरु धर्नामा बसेका छन्।अन्धाधुन्ध शैलीमा आफूहरूलाई कार्यालयको काम कार्वाही बाट हटाइएको भन्दै गत आइतबारदेखि ललितपुरको बखुण्डोलस्थित कार्यालयमा धर्ना बसेको कर्मचारीहरुले बताए।
बिना जानकारी आफुहरुलाई छापामार शैलीमा हटाइनु अपमानजक र अमानवीय निर्णय भएको र यसले नेपालको श्रम कानुनकै धज्जी उडाएको उनिहरुको भनाइ छ।

अन्धाधुन्ध शैलीमा आफूहरूलाई कार्यालयको काम कार्वाहीबाट हटाएको भन्दै गत आइतबारदेखि ललितपुरको बखुण्डोलस्थित कार्यालयमा धर्ना बसिरहेका छन्। आफ्नो माग पूरा नभएसम्म कार्यालय समयमा धर्ना दिइरहने धर्नामा बसेको कर्मचारीहरुले बताए।

प्लान इन्टरनेशनलका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सले ती कर्मचारीहरूलाई गत २४ अक्टोबरका दिन स्काइप बैठकबाट ३१ डिसेम्बर २०१८ बाट लागू हुनेगरी हटाएको एकतर्फी घोषणा गरेका थिए। हटाइएका कर्मचारीसँग भएको सम्झौतापत्रमा नियमित र स्थायी कर्मचारी भनी उल्लेख गरिएको छ। संस्थाले अन्यायपूर्ण ढंगबाट हटाएको भन्दै उनीहरूले श्रम, रोजगार तथा सामाजिक मन्त्रालय, समाज कल्याण परिषद्, जिल्ला प्रशासन कार्यालय ललितपुर लगायतको ध्यानाकर्षण समेत गराएका छन्।

प्लान इन्टरनेशनलले भने कर्मचारी हटाउनुपर्ने कारणहरूमा ग्लोबल स्ट्राटेजी, कन्ट्री स्ट्राटेजी २०१८–२०२२ अवलम्बन गर्ने क्रममा कर्मचारी कटौती गर्नुपरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *