बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

पप्पु कन्स्ट्रक्सनलाई नयाँ टेन्डर हाल्न प्रधानमन्त्री कार्यालयको रोक

विगत लामो समयदेखि विवादास्पद पप्पु कन्स्ट्रक्सनलाई नयाँ टेन्डर हाल्न सरकारले रोक लगाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै उक्त कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रियाको टुंगो नलागेसम्म नयाँ टेन्डर हाल्न रोक लगाएको हो।

बाँकेको सिक्टा सिँचाइ आयोजनाले पप्पु लाई कालोसूचीमा राख्न यस अघिनै कात्तिक २६ गते पत्र पठाएको थियो। ‘पत्रसाथ त्यसमा संलग्न कागजातहरू अध्ययन गर्दा उक्त निर्माण व्यवसायीलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानीनोक्सानी भई देश विकासमा बाधा अवरोध सिर्जना हुने र त्यसबाट सर्वसाधारण जनताको जीवनस्तरमा समेत नराम्रो असर पर्नसक्ने सम्भावना देखिएकाले’ पप्पुलाई नयाँ टेन्डर हाल्न रोक लगाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।

देशभरि विभिन्न स्थानमा आयोजनाको ठेक्का हात पार्ने तर काम समयमा पुरा गर्न नसक्ने उजुरी बढेपछि पप्पु कन्स्ट्रक्सनका मालिकविरूद्ध भ्रष्टाचारको  मुद्दा पनि परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *