आइत, असार ३, २०८१
Sun, June 16, 2024
Shadow

कोइरालाहरू मिलेको खबरले आत्तिएको छैन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताएका छन्।
नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले कोइराला परिवारका तीनवटै नेताबीचको एकताले पार्टीलाई सङ्गठित बनाउन थप मद्दत पुग्ने बताए ।
कोइरालाबीचको एकताबाट गाउँ, नगर क्षेत्र तथा जिल्लामा समेत पार्टी सङ्गठन विस्तारमा सहयोग पुग्ने उनले जिकिर गरे । सभापति देउवाले काङ्ग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका खेलिरहेको बताउँदै मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि सरकारलाई सदैव सहयोग रहने विचार व्यक्त गरे ।
‘झगडा नभएको कुनै घर छ देखाउनुस् त? घरजस्तै पार्टीमा पनि झगडा र विवाद हुन्छन्। यसलाई मिलाउने हो, म मिलाउने प्रयास पनि गर्दैछु’ देउवाले भने,’कोइराला परिवारका तीन नेता मिलेको खबरले म आत्तिएको छैन।’ उनले तोकिएको समयमा पार्टीको महासमिति बैठक हुने बताउँदै त्यसपछि काङ्ग्रेसभित्र देखिएको विवाद हटेर जाने विचार व्यक्त गरे ।

सभापति देउवाले पार्टीलाई सङ्गठित बनाउन आन्तरिक प्रशिक्षण आवश्यक रहेको बताए । सभापति देउवाले काङ्ग्रेस प्रजातान्त्रिक विचार बोकेको पार्टी भएकाले पार्टीभित्रका आन्तरिक विवादलाई गुट–उपगुट भन्न नमिल्ने धारणा समेत व्यक्त गरे ।

(राससको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *