बीबीसी
गे सेक्समा आधारित उपन्यास लेखेर प्रकाशन र बिक्री गरेको आरोपमा चीनकी एक लेखिकालाई १० वर्षको जेल सजाय सुनाइएको छ । लिउ नाम गरेकिन लेखिकलाई अन्हुई प्रान्तको एक अदालतले अघिल्लो महिना ‘अश्लिल सामग्री’ प्रकाशन र बिक्री बितरण गरेको भन्दै जेल पठायो ।
‘अक्युपेशन’ नामको उक्त उपन्यासमा ‘पुरुषको समलिङ्गी सम्बन्धमा आधारित छ जसमा उत्पीडनसमेत घटिया यौन क्रियाकलाप बारे लेखिएको छ ।’ तर उनको सजायको अवधि धेरै लामो भएका भन्दै चीनियाँ सोसल मिडियामा यसको विरोध भइरहेको छ ।
बेइजिङ न्यूजका अनुसार इन्टरनेटमा तियां यी भनिने लिउले अदालतमा एक अपिल दर्ता गरेकी छिन् । चीनमा पोर्नोग्राफी गैरकानूनी हो ।
‘यो त अति नै धेरै भयो’
स्थानीय समाचार वेबसाइट वुहु न्यूजका अनुसार अक्टोबर ३१ मा लिउलाई वुहूको पिपल्स कोर्टले ‘अश्लिल सामग्री’ लाई फाइदाका लागि लेखेको र बेचेको भन्दै सजाय सुनायो । यद्यपी, सुनुवाईको विवरण भने चीनियाँ मिडियामा यसै हप्तामात्र सार्वजनिक भएको हो ।
लिउको उपन्यास जब अनलाइन माध्यममा धेरै लोकप्रिय हुन थाल्यो तब पुलिस अधिकारीलाई यसबारे जानकारी दिइएको थियो । सरकारी समाचार संस्था ‘ग्लोबल टाइम्स’ का अनुसार लिउको किताब ‘अक्युपेशन’ र अन्य कामुक उपन्यासको सात हजारभन्दा बढी प्रति बिक्रि भएको थियो जसमा उनलाई डेढ लाख युआन अर्थात् लगभग २४ लाख ४७ हजार रुपैयाँ बढी फाइदा भयो ।
तर सोसल मिडिया प्रयोगकर्ताले उनलाई दिइएको सजाय अति नै धेरै भएको बताउदै उनको तर्फबाट लेख्दै उनको बचाउ गर्दै छन् । सोसल मिडिया एकाउन्ट वीबोमा एक प्रयोगकर्ताले लेखे, ‘एक उपन्यासका लागि १० वर्ष ? यो निकै धेरै भयो ।’
एक प्रयोगकर्ताले भने सन् २०१३ को एक घटना स्मरण गर्दै लेखेका छन् : ‘सन् २०१३ मा एक पूर्व अधिकारीलाई चार वर्षीया बालिका बलात्कार गरेकोमा आठ वर्षको जेल सजाय सुनाइएको थियो ।’
‘जो बलात्कारका दोषी पाईए उनीहरुलाई १० वर्षभन्दा कम सजाय तोकिन्छ । यी लेखिकाले भने १० वर्षको सजाए ?