गे सेक्समाथि उपन्यास प्रकाशन गरिन, पाइन १० वर्षको जेल सजाय
बीबीसी
गे सेक्समा आधारित उपन्यास लेखेर प्रकाशन र बिक्री गरेको आरोपमा चीनकी एक लेखिकालाई १० वर्षको जेल सजाय सुनाइएको छ । लिउ नाम गरेकिन लेखिकलाई अन्हुई प्रान्तको एक अदालतले अघिल्लो महिना ‘अश्लिल सामग्री’ प्रकाशन र बिक्री बितरण गरेको भन्दै जेल पठायो ।
‘अक्युपेशन’ नामको उक्त उपन्यासमा ‘पुरुषको समलिङ्गी सम्बन्धमा आधारित छ जसमा उत्पीडनसमेत घटिया यौन क्रियाकलाप बारे लेखिएको छ ।’ तर उनको सजायको अवधि धेरै लामो भएका भन्दै चीनियाँ सोसल मिडियामा यसको विरोध भइरहेको छ ।
बेइजिङ न्यूजका अनुसार इन्टरनेटमा तियां यी भनिने लिउले अदालतमा एक अपिल दर्ता गरेकी छिन् । चीनमा पोर्नोग्राफी गैरकानूनी हो ।
‘यो त अति नै धेरै भयो’
स्थानीय समाचार वेबसाइट वुहु न्यूजका अनुसार अक्टोबर ३१ मा लिउलाई वुहूको पिपल्स कोर्टले ‘अश्लिल सामग्री’ लाई फाइदाका लागि लेखेको र बेचेको भन्दै सजाय सुनायो । यद्यपी, सुनुवाईको विवरण...
