शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

खेलकुद

मनाङको शतप्रतिशत जित, सशस्त्रलाई हराउँदै पुग्यो शीर्ष स्थानमा, सरस्वती सातौं स्थानमा

मनाङको शतप्रतिशत जित, सशस्त्रलाई हराउँदै पुग्यो शीर्ष स्थानमा, सरस्वती सातौं स्थानमा

खेलकुद, समाचार
काठमाडौं, मंसिर ११ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत मनाङ–मर्स्याङ्दी क्लबको शतप्रतिशत नतिजा कायमै रहेको छ । यो सिजन उत्कृष्ट लयमा रहेको मनाङले आफ्नो चौथो खेलमा मंगलबार सशस्त्र प्रहरीको टिमलाई २–१ ले हरायो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा खेलको १९औं मिनेटमा एड्लाजा सोमाइदेको गोलबाट मनाङले सुरुवाती अग्रता लिएको थियो । २७औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दैै सशस्त्रका नवीन लामाले खेललाई बराबरीमा ल्याए । ४४औं मिनेटमा अन्जन विष्टले पेनाल्टीबाटै गोल गर्दै मनाङलाई फेरी अग्रता दिलाए । मध्यान्तरपछि दुवैतर्फवाट थप गोल हुन नसक्दा मनाङले जितसहित महत्वपूर्ण ३ अंक बटुल्यो । यो जितसँगै मनाङ ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा पुगेको छ भने १० अंकको त्रिभुवन आर्मी क्लब दोस्रो तथा समान ९ अंकका थ्रीस्टार र संकटा क्लब क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । स...
टी-१० क्रिकेटमा केरला नाइट्स पराजित हुदा सन्दिप महंगा वलर साबित

टी-१० क्रिकेटमा केरला नाइट्स पराजित हुदा सन्दिप महंगा वलर साबित

खेलकुद, समाचार
काठमाडौं । युएईमा जारी टी–१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेटका उत्कृष्ट वलर सन्दीप लामिछाने रहेको केरला नाइट्सले हार व्यहोरेको छ । लिगको दोस्रो चरणअन्तर्गत हिजो भएको खेलमा सन्दिपले कुनैपनि विकेट लिन सकेनन । केरला लाई पन्जाबी लिजेन्ड्सले ३६ रनले हरायो । सारजाहमा भएको खेलमा पन्जाबले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको केरलाले ८ ओभर २ बलमा ७१ रन मात्रै जोड्न सफल भयो । पन्जाबविरुद्ध नेपालका लेग स्पिनर सन्दीप विकेटविहीन रहदा निकै महंगा साबित भएका सन्दीपले २ ओभर बलिङ गर्दै २८ रन खर्चिए । सन्दिपले अघिल्ला तीन खेलमा ६ विकेट लिएका थिए । जारी टि–१० लिगमा केरलाको यो दोस्रो हार हो ।...
संकटाको लगातार तेस्रो जीत, मछिन्द्र क्लबलाइ २–० ले  पराजित

संकटाको लगातार तेस्रो जीत, मछिन्द्र क्लबलाइ २–० ले पराजित

खेलकुद, समाचार
काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत तेस्रो चरणको खेलमा संकटा क्लबले लगातार तीन खेलमा जीत निकालेको छ । सशस्त्र प्रहरी बलको हलचोक मैदानमा भएको खेलमा संकटाले मछिन्द्र क्लबलाई २–० गोल अन्तरले हराको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको संकटाले दोस्रो हाफमा उत्कृष्ट लय समात्दै मछिन्द्रलाई स्तब्ध पार्यो । संकटाका लागि खेलको ६४ औं मिनेटमा नितीन थापाले हेडरबात गोल गरेपछि अग्रता लिएको थियो भने ८६औं मिनेटमा अमित तामाङले गोल गरेपछि संकटाले अग्रता दोब्बर पार्यो । यसअघिका दुवै खेलमा स्पष्ट जीत निकालेको संकटाले आफ्नो तेस्रो खेलमा जीत निकाल्दै आफूलाई बलियो टोलीका रुपमा देखाएको छ । यसअघिका दुुई खेल बराबरी खेलेको मछिन्द्र भने तेस्रो खेलसम्म आइपुग्दा कमजोर सावित भएको छ । आजको जीतसँगै संकटाको ६ अंक भएको छ भने २ खेलमा बराबरी खेलेको मछिन्द्र तेस्रो खेल गुमाएपछि २ अ...

राजस्व विभागसँगको मैत्रीपूर्ण फुटवलमा महासंघले ३-१ गोल अन्तरको जित निकाल्यो

खेलकुद, समाचार
काठमाण्डौ, ०७ मङ्सिर – नेपाल उद्योग वाणिज्य महासंघ र आन्तरिक राजस्व विभागको मैत्रीपूर्ण फुटवल खेलमा महासंघले जित निकालेको छ ।नेपाली सेनाको हेडक्वार्टर स्थित फूटबल मैदानमा विहिबार सम्पन्न खेलमा राजस्व विभागलाई महासंघले ३–१ गोलले पराजित गरेको हो । महासंघको तर्फबाट लक्ष्मी उप्रेतीले २ गोल र रामनाथले १ गोल गरेका थिए । जवाफमा राजस्व विभागले १ गोल मात्र फर्कायो । महासंघ र अर्थमन्त्रालय् आन्तरिक राजस्व विभागको सहकार्यमा पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना भएको हो । कर प्रशासन र निजी क्षेत्र बीचको सम्बन्धलाई थप प्रगाढ बनाई कर प्रशासनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त खेलको आयोजना गरिएको खेल संयोजक कृष्ण दुलालले बताए ।...
महिला टी–२० विश्वकप  क्रिकेटमा अस्ट्रेलिया र इंग्ल्याण्ड  फाइनलमा भिड्ने

महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलिया र इंग्ल्याण्ड फाइनलमा भिड्ने

खेलकुद, समाचार
काठमाडौं, मंसिर ७ । आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र इंग्ल्याण्ड भिड्ने भएका छन् । शुक्रबार बिहान फाइनलको समीकरण पुरा भएको छ । बिहान भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ रोजेको भारतले खेलमा तीन बल बाँकी छँदा अलआउट हुदै ११२ रन जोड्यो । उता जवाफइ ब्याटिङमा ११३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले १७ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो । यसअघि पहिलो सेमिफाइनलमा आयोजक एवं पूर्व विजेता वेष्ट इन्डिजलाई पाखा लगाउँदै अस्ट्रेलिया आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल भने आगामी आइतबार एन्टिगुवामा हुनेछ ।...
फुटबललाई ड्रोग्बाको बाईबाई, सबैखाले फुटबलबाट लिए सन्यासको ।

फुटबललाई ड्रोग्बाको बाईबाई, सबैखाले फुटबलबाट लिए सन्यासको ।

खेलकुद, समाचार
एजेन्सी–अग्लो शरीर अनि झ्याप्ले कपाल । मैदानमा विपक्षीटिम लाई हैरान बनाउन माहिर । सन् २००० को दशकमा विश्व फुटबलमा डिडियर ड्रोग्बाले यही पहिचान बनाए । उनी मैदानमा डटेर खेल्ने खेलाडीमध्य्ए एक हुन । ड्रोग्बाको मेहनतको फलस्वरुप अफ्रिकी मूलुक आइभोरी कोस्टले विश्व फुटबलका ठूलो छलाङ मार्यो । आइभोरी कोस्टका यिनै महान फुटबलर ड्रोग्बाले बुधबार राती सबैखाले फुटबलबाट सन्यासको घोषणा गरे। चार बर्षअघि राष्ट्रिय टोलीबाट सन्यास लिएका ४० बर्षीय ड्रोग्बाले क्लब फुटबलबाट पनि सन्यास लिएका छन । ‘२० बर्ष लामो फुटबल खेललाई मैले विट मार्ने निर्णय गरें । फुटबलले दिएको सफताबाट म सन्तुष्ट छु । बाँकी समय फुटबलमै कुनै न कुनै भूमिकामा रहनेछु,’ ड्रोग्बाले बताए । सन् २००२ देखि २०१४ सम्म आइभोरी कोस्टको राष्ट्रिय टोलीमा पहिलो रोजाईका खेलाडी ड्रोग्बाले टोलीमा रहदा महत्वपूर्ण योगदान दिए । सन् २००६, २०१० र २०१४ को विश्...
शहिद स्मारक ए डिभिजन लिगमा च्यासलको पहिलो जित

शहिद स्मारक ए डिभिजन लिगमा च्यासलको पहिलो जित

खेलकुद, समाचार
काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज भएको तेस्रो चरणको पहिलो खेलमा च्यासल युथ क्लबले एनआरटी लाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा च्यासलले एनआरटीलाई ५–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो । यसअघि खेलको दुई खेलमा एक खेलमा हार तथा एक खेलमा बराबरी खेलेको थियो । च्यासलले पहिलो खेलमा मछिन्द्र क्लबलाई गोलरहित बराबरीमा रोकेको थियो भने आर्मीसँग १–० गोलअन्तरले पराजित भएको थियो । च्यासलको जितमा अमिर श्रेष्ठ र विमल घर्तीमगरले दुई दुई गोल गरे भने सन्तोष साउखलले एक गोल गरे । अमिरले खेलको पहिलो हाफको १४ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले । त्यस्तै उनले खेलको पहिलो हाफको २९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै च्यासलको अग्रता दोब्बर पारे । खेलको पहिलो हाफसम्म २–० ले अगाडि रहे...
सन्दिपको उत्कृष्ट प्रदर्शनले केरलाको विजयी सुरूवात म्यान अफ द म्याच पनि सन्दिप नै

सन्दिपको उत्कृष्ट प्रदर्शनले केरलाको विजयी सुरूवात म्यान अफ द म्याच पनि सन्दिप नै

खेलकुद, समाचार
नेपाली राष्ट्रिय टोलीका महत्वपुर्ण सदस्य सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा केरला किङसले युएईमा जारी टी-१० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा साविकको विजेतासमेत रहेको केरलाले साहिद अफ्रिदिको पख्तुनलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । सारजाहमा पख्तुनले दिएको ११० रनको लक्ष्य केरलाले ७।५ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो। केरलाका लागि कप्तान इयान मोर्गनले नटआउट रहदै ४६ रन जोडे। यस्तै पाउल स्ट्रलिङले ४० रन जोड्दा क्रिस गेल भने १३ रनमा आउट भए। यसअघि नेपाली युवा लेग स्पिनर लामिछाने चम्किएपछि पख्तुनले पुरै १० ओभर खेल्दै ५ विकेट गुमाएर १०९ रन जोडेको थियो। पख्तुनका लागि क्यामरुन डेलपोर्टले अविजित २८ तथा अन्द्र्यु डसनले २५ रन जोडेका थिए। पख्तुनलाई सस्तैमा रोक्न म्यान अफ दी म्याच लामिछानेले २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए। सन्दीपले आ...
बेल्जियम जाने भएपछि विमलले लिगका बाँकी खेल नखेल्ने भए

बेल्जियम जाने भएपछि विमलले लिगका बाँकी खेल नखेल्ने भए

खेलकुद, समाचार
काठमाडौँ– नेपाली युवा फुटवल स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन् । यही सिजनबाट च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका घर्तीले दुई खेलपछि नै क्लब छाड्न लागेका हुन् । क्लबले पनि विमल बेल्जियम जाने भएपछि उनको सम्झौता फुकुवा गरेको मुख्य प्रशिक्षक राजुकाजी श्रेष्ठले जानकारी गराए । यसअघि पनि विमलले बेल्जियमको आरएससी एण्डरलेच्टबाट पनि खेलेका थिए भने स्पेनको मार्वेला युनाइटेडमा ट्रायल पनि दिएका थिए । जारी लिगका दुई खेल सकिँदासम्म विमलले एक गोल समेत गर्न सकेका छैनन् । यसै सिजन ‘ए’ डिभिजनमा उक्लिएको च्यासल युथ क्लबका लागि भने विमलको अनुस्थितिले केही समस्या पर्ने देखिन्छ । लिगमा दोस्रो चरणको खेल सकिँदा एक हार, एक बराबरी र एक अङ्कसहित च्यासल लिगको नवौँ स्थानमा रहेको छ । पहिलो खेलमा मच्छिन्द्रसँग गोलरहित ब...
ब्राजिलको जितमा नेइमार भए घाइते, एमबाप्पेलाई पनि चोट लाग्दा पिएसजी भने पीडित

ब्राजिलको जितमा नेइमार भए घाइते, एमबाप्पेलाई पनि चोट लाग्दा पिएसजी भने पीडित

खेलकुद, समाचार
लन्डन । पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेइमार घाइते भएपछि ब्राजिलले मिल्टन कइन्समा मंगलबार राति क्यामरुन माथि १–० को जित निकाल्न सफल रहे पनि खुसी मनाउन सकेन । खेल सुरु भएको छैटौं मिनेटमै मांसपेशीमा चोट लागेर घाइते भएका नेइमारलाई तत्काल रिचार्लिसनबाट स्थानान्तरण गर्नुपरेको थियो । नेइमारलाई स्थानान्तरण गरेका फरवार्ड रिचार्लिसनले नै ब्राजिलका लागि विजयी गोल गरे । मध्यान्तर हुनै लाग्दा रिचार्लिसनले हेडबाट गरेको सोहि गोल ब्राजिलको जितका लागि पर्याप्त भयो । क्यामरुनमाथि एकतर्फी दबाब कायम गरे पनि ब्राजिलले थप गोल गर्न भने सकेन । दोस्रो हाफमा ग्याब्रिअल जिसस र आर्थरको प्रहार पोष्टमा लागेर फर्कियो । नेइमारको चोट गम्भीर नभए पनि ब्राजिली टिम डाक्टर रोडरिगो लास्मारले तत्काल त्यसको अवस्था भन्न नसकिने बताए । 'नेइमारलाई अप्ठेरो भइरहेको छ । त्यो समस्या खासै गम्भीर नभए पनि वास्तविक अवस्था बुझ्न...