A-division league

काठमाडौं ।
राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत तेस्रो चरणको खेलमा संकटा क्लबले लगातार तीन खेलमा जीत निकालेको छ । सशस्त्र प्रहरी बलको हलचोक मैदानमा भएको खेलमा संकटाले मछिन्द्र क्लबलाई २–० गोल अन्तरले हराको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको संकटाले दोस्रो हाफमा उत्कृष्ट लय समात्दै मछिन्द्रलाई स्तब्ध पार्यो । संकटाका लागि खेलको ६४ औं मिनेटमा नितीन थापाले हेडरबात गोल गरेपछि अग्रता लिएको थियो भने ८६औं मिनेटमा अमित तामाङले गोल गरेपछि संकटाले अग्रता दोब्बर पार्यो ।
यसअघिका दुवै खेलमा स्पष्ट जीत निकालेको संकटाले आफ्नो तेस्रो खेलमा जीत निकाल्दै आफूलाई बलियो टोलीका रुपमा देखाएको छ । यसअघिका दुुई खेल बराबरी खेलेको मछिन्द्र भने तेस्रो खेलसम्म आइपुग्दा कमजोर सावित भएको छ ।

आजको जीतसँगै संकटाको ६ अंक भएको छ भने २ खेलमा बराबरी खेलेको मछिन्द्र तेस्रो खेल गुमाएपछि २ अंकमै सीमित रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here