बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

टिम गोर्खालीको आयोजनामा फ्री फायर टुर्नामेन्ट सम्पन्न

टिम गोर्खालीको आयोजनामा सुरु भएको सैपाल च्याम्पियनसिप फ्री फायर क्लास स्क्वाड ग्युल्ड टुर्नामेन्ट २०२१ सम्पन्न भएको छ । सैपाल एकेडेमीको सहकार्यमा आयोजित २० दिन लामो ईस्पोटर्स प्रतियोगिता बिहीबार सकिएको हो ।

प्रतियोगितामा देशभरका ९८ टोलीले प्रतिस्पर्धा गरेका थिए । सैपाल एकेडेमीको प्रमुख प्रायोजन तथा क्युपिड स्टुडियो एसोसिएट र जेनिथ एजुकेसनल कन्सल्टेन्सी, के मार्सल आर्ट, हायर मी, ग्रेस ईभेन्ट र सिक्स्टी थ्री स्टुडियोले नेपाली गेमिङ समुदायलाई सहयोग पुर्‍याउन यो प्रतियोगितालाई साथ दिएका थिए ।

आयोजक टिम गोर्खालीले नेपालको ईस्पोटर्स प्रतिभालाई प्रोत्साहन गर्न यो एउटा ठूलो कदम उठाएको बताएको छ ।

जुन २७, २०२१ बाट सुरु भएको यो प्रतियोगिता जुलाई १७ सम्म चलेको थियो । जसअन्तर्गत पुरस्कार वितरण कार्यक्रम भने जुलाई २२ मा सैपाल एकेडेमी, धुम्बाराहीमा गरिएको हो ।

फरक फरक स्तरका टोली सहभागी यो प्रतियोगितामा विजेता भएको दादा ग्याङ्गले नगद १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरे भने द्वितीय भएको +९७७ नेपाल ईस्पोर्ट्सले नगद ७ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी तृतीय भएको ब्लड मूनले नगद ५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *