बेलबारी। बेलबारी नगरपालिकाको आयोजनामा बेलबारी ९ डाँगीहाट स्थित काली मा.वीमा फागुन १० देखि १२ गतेसम्म भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बेलबारी नगरभित्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरुको सहभागिता रहेको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सलआर्ट खेलहरुको आयोजना गरिएको थियो भने नगरभित्रका सबै विद्यालयका विद्यार्थीहरुबिच कडा प्रतिस्पर्धा र रोचकका साथ खेल सम्पन्न भयो । आयोजित राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतका मार्सलआर्ट बाहेकका सबै खेल प्रतियोगितामा शिक्षा सन्देश इ. स्कुलको सहभागिता रहेको थियो ।

यसरी सम्पन्न भएको स्थानिय सरकारको आयोजनामा नगरभित्रका विद्यार्थीहरुको क्षमता पहिचानका साथै खेल जगतको विकास र खेलाडीहरुलाई थप हौसला र उर्जाका निम्ति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उत्कृष्ट कार्यक्रम हो । त्यसैले देशभरका सबै स्थानिय सरकारले विद्यालयहरुलाई समायित गरी बालबालिकाहरुलाई खेल जिवनमा उत्प्रेरणा प्रदान स्वरुप वार्षिक कार्यक्रमको रुपमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रमको छुट्टै पहिचान बनेको छ ।

बेलबारी नगरभित्रको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजेताको उपाधि प्राप्तिका निम्ति सबै विद्यालयहरु तथा विद्यार्थी खेलाडीहरुबिच कडा र रोचकपूर्ण प्रतिस्पर्धा भएतापनि शिक्षा सन्देश इ. स्कुलका खेलाडी विद्यार्थीहरुको निरन्तर प्रयास, आत्मविश्वास र उत्कृष्ट प्रदर्शनका साथ शिक्षा सन्देश इ. स्कुल प्रथम उपाधि विजेता बनेको छ । यस विद्यालयले ६ ओटा विधामा प्रथम, ५ ओटा विधामा द्धितिय तथा ३ ओटा विधामा तृतिय स्थान हासिल गर्न सफल बनी शिक्षा सन्देश इ. स्कुलले बेलबारी नगरपालिकाकै गरिमाको रुपमा पहिचान बनाएको छ । उक्त कार्यक्रममा शिक्षा सन्देश इ. स्कुलका दुवै छात्र तथा छात्रा खेलाडीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

यस विद्यालयले प्यावसन, हिसान, विभिन्न निजी तथा सामुदायिक सरकारी संघसस्थाहरुको आयोजनामा आयोजित कार्यक्रमहरुमा समेत विजेता र उत्कृष्टता हासिल गर्दै आएको छ । उक्त विद्यालय विद्यार्थीहरुको निम्ति अतिरिक्त क्रियाकलापका साथसाथै शैक्षिक गतिविधि तथा विद्यार्थीहरुको क्षमता, सक्षमता तथा नेतृत्व अभिवृद्धिका निम्ति समेत बेलबारी वार्ड नं. २ मोरङमा एक शैक्षिक केन्द्रको रुपमा स्थापित भएको छ । उक्त विद्यालय सबै विधाहरुमा उत्कृष्टता बन्दै जानुको कारण विद्यालयका कुशल व्यवस्थापन पक्ष, निरन्तर अभ्यास, शिक्षकहरुको मिहिनेत, विद्यार्थी अनुशासन, विद्यार्थी सहभागिता, विद्यार्थीहरुलाई प्रदान गरिने हौसला तथा विद्यालयभित्रका सर्वाङिगण वातावरण हो भन्न सकिन्छ ।

यस्तो किसिमको उपाधिले हाल उक्त विद्यालयका खेलाडीलाई माथिल्लो स्तरका खेलहरुमा सहभागि बन्न, खेल जिवनको उचाईमा आफुलाई अगाडी बढाउनका साथै विद्यालय प्रशासन तथा शिक्षकहरु समेतलाई विद्यार्थीहरुको सर्वाङिण विकासका निम्ति सबै किसिमका लगानी तथा मिहिनेतलाई उत्कृष्ट बनाउनुपर्छ भन्ने धारणा विद्यालयका प्रिन्सिपल राजेश खत्री बताउनुहुन्छ । विद्यार्थीहरुको प्रगति तथा अनुशासन नै विद्यालयको प्रगति रहेको हुँदा गुणस्तरिय विद्यालयमा गुणस्तरिय दक्ष जनशक्ति उत्पादन हुनसक्छ, त्यसको लागि लगानीकर्ता र यस विद्यालयमा कार्यररत शिक्षक तथा कर्मचारीहरुको योगदान महत्वपूर्ण रहन्छ । त्यसका निम्ति यो विद्यालय सदैव सचेत र जानकार रहेको विषयवस्तु विद्यालयका काउन्सिलर भुपाल बस्नेत बताउनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here