काठमाण्डौँ । काठमाण्डौँको सानोभ¥याङ्मा अवस्थित स्वस्तिश्री गुरुकुल आइ वी वल्र्ड स्कूलले यही फागुन १४ गते देखि आयोजना गरेको अन्तर विद्यालय फुटसल प्रतियोगिता आज विशेष समारोहका बीच विजयी विद्यालयका खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरी सम्पन्न भएकोे छ । पाँच दिनसम्म सञ्चालन भएको मैत्रीपूर्ण खेलमा १२ वटा विद्यालयका विभिन्न उमेर समुहका जम्मा २८ टिम सहभागी भएका थिए ।
सो समापन समारोहमा नेपाल खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले विजेताहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो । त्यसैगरी विशेष अतिथिको रुपमा नेपाल स्कूल स्पोर्टस् फेडेरेसनका अध्यक्ष प्रदीप जोशी , पूर्व राष्ट्रिय फुटवल खेलाडी तथा अखिल नेपाल फुटवल संघका पूर्व सदस्य दिनेश व्यञ्जनकार , नागार्जुन प्याब्सनका अध्यक्ष वासु घिमिरे ,नेपाल राष्ट्रिय फुटवल टिमका पूर्व कप्तान तथा विद्यालयका फुटवल एम्बासडर अनिल गरुङ्, राष्ट्रिय फुटवल टिमका वर्तमान भाइस क्याप्टेन सुजल श्रेष्ठ तथा स्वस्तिश्री एकेडेमीका संयोजक सनोज श्रेष्ठको उपस्थिति रहेको थियो ।
यू १६ छात्रा तर्फ आयोजक स्वस्तिश्री प्रथम नेक्सस स्कूल द्दितीय र ए भि एम् तृतीय हुन सफल भए भने उक्त प्रतियोगितामा यू १६ छात्र समूहमा प्रथम नेक्सस स्कूल ,द्धितीय आयोजक स्वस्तिश्री र तृतीय आर्या एकेडेमीे भएको थियो । यू १३ छात्र तर्फ रिब्स् स्कूल प्रथम, किड्स् लर्निङ् स्कूल द्दितीय र एक्सलसियर स्कूल तृतीय भएका थिए । उक्त प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी यू १६ छात्रा तर्फ सोभियाना ढकाल नेक्सस स्कुल ,त्यसैगरी उत्कृष्ट गोल रक्षक शुभाना मानन्धर स्वस्तिश्री गुरुकुल र अधिक मात्रामा गोल गर्ने खेलाडी स्वस्तिश्री गुरुकुलकी शर्भानी सुवेदी घोषित भएका थिए । यू १६ छात्र तर्फ सर्वोत्कृष्ट खेलाडी कृपल गिरी स्वस्तिश्री गुरुकुल ,त्यसैगरी उत्कृष्ट गोल रक्षक निशान्त राना नेक्सस स्कुल र अधिक मात्रामा गोल गर्ने खेलाडी कृष्णबहादुर आले नेक्सस स्कुल घोषित भएका थिए ।
यू १३ छात्र तर्फ सर्वोत्कृष्ट खेलाडी रेहान वास्कोटा किड्स् लर्निङ स्कूल त्यसैगरी उत्कृष्ट गोल रक्षक आयुष के सी रिब्स् स्कुल र अधिक मात्रामा गोल गर्ने खेलाडी सुवेग पाण्डे एक्सलसियर स्कुल घोषित भएका थिए । खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि र विशेष अतिथिहरुले मेडल तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो । कार्यक्रका प्रमुख अतिथि कोेइरालाले विद्यार्थीहरुको शारीरिक, मानसिक तथा बौद्धिक विकामसमा खेलकुदले महत्वपूर्ण भूमिका राख्दछ र यो अवसर स्वस्तिश्री गुरुकुल आइ. वी वल्र्ड स्कूलले दिदै आएको कुरा बताउनुभयो । कार्यक्रममा उपस्थित सम्पूर्ण माहानुभावहरुलाई विद्यालयकी प्रिन्सिपल नेहा के सीले स्वागत् मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथिलगायत विशेष अतिथिहरुलाई विद्यालयकी प्रबन्ध निर्देशक मीना महर्जन चित्रकारले मायाको चिनो प्रदान गर्नुभएको उक्त कार्यक्रम विद्यालयका छात्र अधिश विनोख पोख्रेल र छात्रा प्राचीता केसीले सञ्चालन गर्नु भएको कुरा विद्यालयका इसिए कोअर्डिनेटर राकेशकुमार राईले बताउनु भयो ।