आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: News Reporter

चर्चित गायक प्रमोद खरेलको झुमा झुमा बोलको गीत सार्वजनिक (भिडियो सहित)

चर्चित गायक प्रमोद खरेलको झुमा झुमा बोलको गीत सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
चर्चित गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ । झुमा झुमा बोलको गीत सार्वजनिक भएको हो । गीतमा टीकटकवाट भाइरल भएका जुम्ल्याहा दिदी बहिनीले प्रिन्सी र प्रिज्माले अभिनय गरेका छन् । उनीसंगै संगै छन् चर्चीत कलाकार पल शाह । सांगीतिक करियरको करिब एक दशक संघर्षमा बिताएका खरेल पछिल्लो आधा दशकदेखि लोकप्रिय गायकका रूपमा सु परिचित छन् । चलचित्र, आधुनिक, पप, राष्ट्रिय आदि शैलीका करिब २ हजारभन्दा बढी गीत गाइसकेका प्रमोदलाई ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा’ बोलको गीतले झनै चर्चीत बनाएको हो । त्यो गीत पछि उनलाई पछाडी फर्केर हेर्नुपरेको छैन । ब्यस्त र सुपरहिट गीत पस्कने उनै प्रमोदले शुक्रवार आफ्नै युट्युव च्यानलवाट नयाँ गीत सार्वजनिक गरेका हुन् । दिक्षा कृयशनले प्रस्तुत गरेको सो गीतमा सार्वजनिक भएको एक घण्टा नबित्दै निकै राम्रा प्रतिकृया आएका छन् । हिमान्सु रायमाझिको रचना रहेको गीतमा सुभम भ...
चितवन महिला चेम्वरमा नयां कार्यसमिति गठन

चितवन महिला चेम्वरमा नयां कार्यसमिति गठन

आर्थिक, समाचार
चितवन, ०७ बैशाख – चितवन महिला चेम्बरको गठन भएको छ । शुक्रबार आयोजित चितवन महिला चेम्बर गठन तथा अन्तर्कृया कार्यक्रम माझ नयाँ कार्यसमिति गठन भएको हो । कार्यक्रमको उदघाटन नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले गरेका थिए । कार्यक्रमको उदघाटन पस्चात कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले महिला उधमीहरुद्वारा उत्पादित वस्तु तथा सेवालाई अन्तरराष्ट्रिय बजारसम्म पहुच पुर्याउन नेपाल चेम्बरले सक्दो सहयोग गर्ने बताए । त्यस्तै महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नवगठित समितिले महिला उधेमीहरुलाई एकत्रित गरि महिलाको आर्थिक सशक्तिकरण र सुखी नेपाली सम्ब्रिद्ध नेपालको नारालाई सफल पार्न लागि पर्ने आशा ब्यक्त गर्दै हरेक क्षेत्रमा महिलाको सहभागिताबाट नै देश विकास हुने धारणा राखेकी थिईन । कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले महिला सशक्तिकरणका निम्ती महिलामा उधेमशिताको व...
नेपाल लाइफ तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५ हुने

नेपाल लाइफ तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५ हुने

मनोरन्जन, समाचार
काठमाण्डौ ६ बैशाख: नेपाल लाइफ तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५ हुने भएको छ । यसको मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने भएको छ । साथै लाइफटाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि नेपाल लाइफ इन्स्योरेन्सको नामबाट वितरण गरिने भएको छ । यसै सम्बन्धमा शुक्रबार औपचारिक रुपमा आयोजक संस्थाका संयोजक प्रदीपराज वन्त र प्रायोजक संस्थाको तर्फवाट कर्पोरेट प्रमुख पवन कुमार खड्का बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । लाइफ टाइम अचिभमेन्ट अवार्डबाट एक जना वरिष्ठ फोटोपत्रकारलाई नगद पुरस्कार रु ५० हजार सहित ट्रफी र सम्मान पत्रले सम्मानित गरिनेछ साथै फोटो पत्रकारिताको अन्य विधामा १४ अवार्ड दिइने भएको छ । सो कार्यक्रम दरबारमार्ग स्थित होटल अन्नपूर्णमा यहि बैशाख १३ गते हुने भएको छ । उक्त कार्यक्रममा गोल्डस्टार सुज खेलकुद फोटोपत्रकारिता अवार्ड,नेपाल टेलीकम डेली लाइफ फोटो पत्रकारिता अवा...
बिप्लव सैजु र मनिषा क्षेत्रीले हात पारे नेपाल्स टप मोडल आईकनको उपाधी

बिप्लव सैजु र मनिषा क्षेत्रीले हात पारे नेपाल्स टप मोडल आईकनको उपाधी

मनोरन्जन, समाचार
काठमाडौं । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न नेपाल्स टप मोडल आईकनको उपाधी पुरुष तर्फको बिप्लव सैजु मस्ट हैण्डसमको उपाधी सहित र महिला तर्फको मस्ट व्युटिफुलको उपाधी सहित मनिषा क्षेत्रीले हात पारेका छन । प्रतियोगितामा पुरुष तर्फको फर्स्ट रनर अपको उपाधी संगै मस्ट फोटोजेनीक तथा मस्ट टैलेन्टको उपाधी बिप्लव शाही ठकुरीले जितेका थिए भने सेकेण्ड रनर अपमा युवराज शाहले हात पारेका थिए, त्यसै संग उनले मस्ट पपुलरको उपाधी समेत हात पार्न सफल भए । त्यसै गरि महिला तर्फ फस्र्ट रनर अपको उपाधी कृष्टिना श्रेष्ठले हात पारिन भने त्यसै संगै उनले मस्ट पपुलरको उपाधी समेत हान पार्न सफल भईन । सकेण्ड रनर अपमा अन्जली पुलामी मगरले जितिन भने त्यससंगै उनले बेष्ट क्याटवाकका उपाधी समेत हात पार्न सफल भईन ।उनीहरुले उपाधीसंगै विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे । यस सौन्दर्य प्रतियोगितामा भाग लिएका प्रति...
म्यूजिक खबर म्यूजिक अवार्डको ८ औं संस्करणको आवेदन खुला

म्यूजिक खबर म्यूजिक अवार्डको ८ औं संस्करणको आवेदन खुला

मनोरन्जन, समाचार
काठमाडौं । विगत ८ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको ८ औं संस्करणको लागि गीतसंगीत सहभागी गराउनका लागि आवेदन खुला गरिएको छ । गत वर्ष असोज १९ गते प्रदेश नं। १ को राजधानी विराटनगरमा भव्य रुपमा सम्पन्न भएको म्यूजिक खबर म्यूजिक अवार्डले प्रत्येक वर्ष अन्य प्रदेशमा पनि गर्ने लक्ष्यका साथ अघि बढेको छ । ‘कल्चरल टुरिजम अफ नेपाल’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रुपमा सांस्कृतिक पर्यटन बढाउन यो अवार्डले विशेष भूमिका खेल्ने आयोजक पक्षले बताएको छ । शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको यो अवार्डलाई योभन्दा पहिला म्यूजिक खबर डटकमले आयोजना गर्दै आएको थियो । यस वर्षबाट शुभकामना मिडिया सोलुशन ९एसके मिडिया०ले सम्पूर्ण व्यवस्थापनसहित आयोजना गर्ने भएको छ । विभिन्न ३५ विधामा आयोजना हुने यस अवार्ड गीतसंगीत क्षेत्रमा विशेष चासोको विषय बन्ने गरेको छ । यस अवार्डमा राष्...
सुन्दरादेवी म्युजिक अवार्डको पाँचौ संस्करणको आवेदन फारम खुल्ला

सुन्दरादेवी म्युजिक अवार्डको पाँचौ संस्करणको आवेदन फारम खुल्ला

मनोरन्जन, समाचार
सुन्दरादेवी म्युजिक अवार्डको पाँचौ संस्करणको आवेदन फारम खुल्ला गरिएको छ । निरन्तर रुपमा २०७२ सालबाट मोफसलबाट सञ्चालन भइरहेको सुन्दरादेवी म्युजिक अवार्डको पाँचौ संस्करणको आवेदन फारम खुल्ला गरिएको हो । ‘नेपाली गीत सङ्गीत हाम्रो पहिचान, सञ्चार सस्थाबाट कलाकार सम्मान हाम्रो अभियान’ भन्ने मुल नाराको साथ पाचौँ सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७६ गर्न लागिएको सुन्दरादेवी सन्देश म्युजिक अवार्डका अध्यक्ष किरण अधिकारीले जानकारी दिए । पहिलो र दोस्रो नुवाकोटा, तेस्रो धादिङ र चौथो अवार्ड बनेपामा यस आगाडी सफलता पुर्वक सञ्चालन भसकेको छ । यस पटक भन्ने भिन्न तरिकाबाट अन्तर्राष्ट्रिय स्तरमा गर्न लागीएको कार्यक्रम संयोजक गीता अधिकारीले जानकारी गराइन । उक्त अवार्डमा राष्ट्रिय भावका गीत, लोकदोहोरी, आधुनिक, पप, मौलिक सिर्जनाका भाका, देउडा, पुर्वेली, तामाङसेलो मेन्दोमाया तर्फबाट ५० विधामा अवार्ड प्रदान गरि...
‘दालभात तरकारी’ को फस्र्ट लुक सार्वजनिक

‘दालभात तरकारी’ को फस्र्ट लुक सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौं । चलचित्र ‘दालभात तरकारी’ले फस्र्ट लुक सार्वजनिक गरेको छ । बैशाख २० बाट सार्वजनिक हुने चलचित्र दात भात तरकारीले बैशाख २ गते सोमबार सार्वजनिक गरेको हो । मल्टिस्टारर चलचित्र दाल भात तरकारीले केही दिन अघि मात्र सार्वजनिक गरेको थियो । उक्त ट्रेलरले निकै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ भने निर्माण टोली यतिबेला चलचित्रको प्रचार प्रसारका लागी देश दौडाहामा पनि छ । मह सञ्चारको प्रस्तुतिमा किरण केसी निर्मित चलचित्रमा सुदन केसीको निर्देशन रहेको छ । कमेडि जनराको चलचित्रमा निरुता सिंह, हरिवंश आचार्य, आँचल शर्मा र पुष्प खड्का, वर्षा राउत, मदन कृष्ण श्रेष्ठ, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देल लगायत कलाकारहरुले अभिनय गरेका छन् । हरिवंश आचार्यले लेखेकोे चलचित्रमा रमिला आचार्य, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यमन श्रेष्ठ निर्माताका रुपमा छन् । दिर्घ गु...
राष्ट्रिय साधना म्युजिक अवार्डको आवेदन खुल्ला

राष्ट्रिय साधना म्युजिक अवार्डको आवेदन खुल्ला

मनोरन्जन, समाचार
सामना म्युजिक क्रियसन प्रालिको आयोजनामा राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ को आवेदन फारम धमाधम वितरण भइरहेको छ । अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको साधना म्युजिक अवार्डका कार्यक्रम संयोजक गौतम शेर्पाले बताए । नेपाली लोक गीत, आधुनिक, पप र लोक पप, डिजे गीत र राष्ट्रिय गीत लगायत ५० बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ । २०७५ बैशाख १ गते देखि चैत मसान्त भित्र बजारमा आएका गीत सङ्गीतका कलाकारले सो अवार्डमा सहभागिता जनाउन सक्ने सामना म्युजिक क्रियसन कि अध्यक्ष सामना शाहले बताइन । गायक गायिकाको हक मा भने भिडियो तयार नभए पनि सहभागी हुन सक्ने भएका छन । फारम भर्ने अन्तिम मिति २०७६ बैशाख १५ गते सम्म भर्न सक्ने ब्यावस्था मिलाइएको छ । आबेदन फारम अनामनगर स्थित सामना म्युजिक क्रियसन प्रालिक...