आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राष्ट्रिय साधना म्युजिक अवार्डको आवेदन खुल्ला

सामना म्युजिक क्रियसन प्रालिको आयोजनामा राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ को आवेदन फारम धमाधम वितरण भइरहेको छ । अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको साधना म्युजिक अवार्डका कार्यक्रम संयोजक गौतम शेर्पाले बताए ।

नेपाली लोक गीत, आधुनिक, पप र लोक पप, डिजे गीत र राष्ट्रिय गीत लगायत ५० बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ । २०७५ बैशाख १ गते देखि चैत मसान्त भित्र बजारमा आएका गीत सङ्गीतका कलाकारले सो अवार्डमा सहभागिता जनाउन सक्ने सामना म्युजिक क्रियसन कि अध्यक्ष सामना शाहले बताइन ।

गायक गायिकाको हक मा भने भिडियो तयार नभए पनि सहभागी हुन सक्ने भएका छन । फारम भर्ने अन्तिम मिति २०७६ बैशाख १५ गते सम्म भर्न सक्ने ब्यावस्था मिलाइएको छ ।

आबेदन फारम अनामनगर स्थित सामना म्युजिक क्रियसन प्रालिको कार्यालयमा बाट प्राप्त गर्न सकिने भएको छ । साथै फोन नं ९८०८८५३१०३ र ९८०८४७८७९९ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको सामना म्युजिक क्रियसन प्रालिका सदस्य सचिव गोकर्ण लामिछानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *