बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

Author: News Reporter

यस बर्षको ‘मिस नेपाल वर्ल्ड–२०१९’ को उपाधी अनुष्का श्रेष्ठले जितिन

यस बर्षको ‘मिस नेपाल वर्ल्ड–२०१९’ को उपाधी अनुष्का श्रेष्ठले जितिन

मनोरन्जन, समाचार
यस बर्षको मिस नेपाल वर्ल्डको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस वल्र्डको उपाधि जितेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अनुष्काले उपाधि जितेकी हुन् । यस्तै, यो बर्षको ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीको पोल्टामा गएको छ । ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेतको पोल्टामा जादा ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले जितिन् ।  नेपाल सुपर नेशनलको उपाधि भने रोज लामाले जितिन् । यो बर्षको ‘मिस नेपाल’मा सहभागी २५ जनाबाट सेमिफाइनलमा १४ जना र फाइनलमा ७ जनाले प्रतिस्पर्धा गरेका थिए । अन्तिम ७ मा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रद...
लेखक जितेन्द्र रसिक लिखित बामपन्थी नेता पदमरत्नको ‘सर्वरत्न’ सार्वजनिक

लेखक जितेन्द्र रसिक लिखित बामपन्थी नेता पदमरत्नको ‘सर्वरत्न’ सार्वजनिक

समाचार, समाज
काठमाडौं। बामपन्थी नेता तथा मानव अधिकारकर्मी पदमरत्न तुलाधरको जीवनी र यथार्थ विषयमा आधारित पुस्तक तयार भएको छ।’ सर्वरत्न’ नाम राखिएको पुस्तकलाई पत्रकार जितेन्द्र रसिकले लेखेका हुन । पत्रकार रसिक लिखित पदमरत्न तुलाधरको सर्वरत्न बुधवार सार्वजनिक भएको हो। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपालभाषा आन्दोलनका अगुवा मल्ल के सुन्दर, पूर्वसभामुख दमननाथ ढुंगाना, स्टेला तामाङ लगायतले सामूहिक रुपमा सर्वरत्नको विमोचन पश्चात सार्वजनिक भएको हो। ब्रदर्श बुक डिष्ट्रिव्युटर्सव्दारा प्रकाशित जितेन्द्र रसिक लिखित सर्वरत्न सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि प्रचण्डदेखि मल्ल के सुन्दरसम्मले बामपन्थी मसिहा पदमरत्न तुलाधरको नेपाली राजनीति तथा सामाजिक क्षेत्रमा दिएको योगदानको बारेमा बयान गरेका थिए। पदमरत्नको दिशावोध तथा निर्भिकता अनि निडरता र बुलन्द भ...
चुच्चेपाटी-जोरपाटी सडकखण्ड पिच गर्न माग गर्दै व्यापारी र स्थानीयबासि स्वतस्फूर्त आन्दोलनमा

चुच्चेपाटी-जोरपाटी सडकखण्ड पिच गर्न माग गर्दै व्यापारी र स्थानीयबासि स्वतस्फूर्त आन्दोलनमा

आर्थिक, समाचार, समाज
२६ वैशाख, काठमाडौं । चुच्चेपाटी-टुसाल-बौद्ध-जोरपाटी सडकखण्ड छिटो पिच गर्न माग गर्दै व्यापारी र स्थानीय बासिन्दाले स्वतस्फूर्तरुपमा अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । बिहीबारबाट सुरु गरिएको दबावमूलक विरोध कार्यक्रम सडक पिच नभएसम्म जारी राख्ने उनीहरुले बताएका छन् । समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई कारवाही गर्नुपर्ने उनीहरुको माग छ । बौद्ध व्यापार संघको आयोजनामा बिहीबार बिहान व्यापारी र स्थानीयबासी बौद्ध स्तुपा अगाडि विरोध प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनमा उत्रिएकाहरुले ‘कालोपत्रे छिटो गर’, ढिलासुस्ती गर्ने ठेकदारलाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरुले ह्युमपाइप, पोल तेर्स्याएर र सडकको बीच भागमै बसेर गाडीहरुको आवत-जावत रोकेका थिए । लामो समयदेखि सडक मर्मत नहुँदा विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध स्तुपा अगाडिको सडकमा हिँडडुल गर्न समस्या छ । सो सडकमा घा...
उत्तम केसीलाई आँबुखैरेनी स्रष्टा समाजले ‘इन्द्रासन हास्य व्यङ्ग्य पुरस्कार’ प्रदान गर्ने

उत्तम केसीलाई आँबुखैरेनी स्रष्टा समाजले ‘इन्द्रासन हास्य व्यङ्ग्य पुरस्कार’ प्रदान गर्ने

मनोरन्जन, समाचार
काठमाडौं : आँबुखैरेनी स्रष्टा समाजले ‘इन्द्रासन हास्य व्यङ्ग्य पुरस्कार’ कलाकार उत्तम केसीलाई प्रदान गर्ने भएको छ । समाजले यही २८ गते शनिबार आँबुखैरेनीमा एक विशेष समारोहका बीच यो पुरस्कार केसीलाई प्रदान गर्न लागेको हो । त्यस्तै आँबुखैरेनी स्रष्टा समाजद्वारा हरेक वर्ष प्रदान गरिने आबुँखैरेनी वाङ्मय पुरस्कार २०७४ को लागि यज्ञशको गैर आख्यान कृति ‘भूइयाँ’ लाई प्रदान गर्ने भएको छ । दुवै पुरस्कारको राशी जनही १० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । सोही अवसरमा २०७४ को महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार आँवुखैरेनी बहुमुखी क्याम्पसका व्यवस्थापन र शिक्षा संकायका २०७४ का उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने भएको छ ।...
नेपाल चलचित्र नृत्य सङ्घले ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला गर्ने

नेपाल चलचित्र नृत्य सङ्घले ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला गर्ने

समाचार, समाज
काठमाडौंः चलचित्र नृत्य सङ्घले ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला गर्ने भएको छ । नेपाली चलचित्र क्षेत्रमा नृत्य कर्म गर्नेहरुको लागि सङ्घले आगामी असार ६ गते शुक्रबार ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला गर्ने प्रेस विज्ञिप्त मार्फत जानकारी गराएको हो । सङ्घद्वारा जारी प्रेश विज्ञिप्तमा नृत्यका प्रशिक्षक लिइसकेका, सहायक नृत्य निर्देशक, नृत्यलाई पेशा बनाई रहेकाहरुले सहभागी हुन पाउने जनाइएको छ । कार्यशालामा भाग लिएकाहरुलाई छायाँकन अवधिमा छिटो छरितो तवरले छायाँकन गर्न सक्ने मौलिकता, इतिहास, संस्कृति, भेषभुषा, सङ्गीत आदिको ज्ञान आर्जन गर्न सक्ने र यस्तो कार्यशालाले निर्माण पक्षलगायत देशकै संस्कृति र चलचित्र कर्मीहरुलाई फाईदा पुर्याउने अध्यक्ष बसन्त श्रेष्ठले बताएका छन् ।...
वैशाख २९ गते सार्वजनिक बिदा

वैशाख २९ गते सार्वजनिक बिदा

समाचार, समाज
ललितपुर, बैशाख २४ । ललितपुरको महालक्ष्मी नगरपालिकाले वैशाख २९ गते सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाको वैशाख २३ गते बसेको कार्यपालिकाको बैठकले विदा दिने निर्णय गरेको हो । नगरपालिकाले एक सूचना प्रकाशित गरि महालक्ष्मी मन्दिरको नामाकरणबाट नगरपालिकाको नामाकरण गरिएको र जात्रासँग स्थानीय जनताको भावना जोडिएको र सांस्कृतिक पर्व भएकोले भव्यताका साथ मनाउने परम्परा रहि आएकोले नगरपालिकाका क्षेत्रभित्रका सम्पूर्ण कार्यालय, विद्यालय, संघ, संस्था आदिमा हरेक वर्षमा १ पटक अक्षय तृतीया पश्चातको अष्टमीमा सरकारी पुजा गरिने दिन सार्वजनि विदा दिने निर्णय गरेकोले २०७६ सालको हकमा यहि बैशाख २९ गते आइतबार अष्टमीका दिन सार्वजनिक विदा हुने सूचनामा उल्लेख गरिएको छ । ...
सारिका घिमिरे र योगेशकाजीको स्वरमा रहेको गीत ‘ऐसेलुको पात’ सार्वजनिक (भिडियो सहित)

सारिका घिमिरे र योगेशकाजीको स्वरमा रहेको गीत ‘ऐसेलुको पात’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
सारिका घिमिरे र योगेशकाजीको स्वरमा रहेको गीत ‘ऐसेलुको पात’ सार्वजनिक भएको छ । योगेशकाजीको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सारिकाले नै निर्देशन गरेको गीतको भिडियोमा विवेक मोक्तान, नमुना श्रेष्ठ र चपुर हिरोज क्रियूलाई फिचर्ड गरिएको छ । विवेक मुक्तान र सुदीप राईको कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुँमागाईको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको छ । गीतको भिडियोलाई एस इन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । अभिनयसँग सँगै गायनमा आफूलाई शसक्त रुपमा प्रस्तुत गर्दै आएकी नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेका गीतहरु स्रोता/दर्शकको रोजाइमा परेका छन् भने गायक योगेशकाजीका पनि थुप्रै गीत लोकप्रिय छन् । ‘हाम्रा अन्य गीत जस्तै ‘ऐसेलुको पात’ले पनि स्रोता/दर्शकको माया प...
श्रीपुरुषको श्रृजना सन्तोषको संगित र अञ्जुको आवाजमा ‘आज म तिमीलाई’ सार्वजनिक (भिडियो सहित)

श्रीपुरुषको श्रृजना सन्तोषको संगित र अञ्जुको आवाजमा ‘आज म तिमीलाई’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं । वरिष्ठ गीतकार श्रीपुरुष ढकालको शब्द तथा चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीतमा  नयाँ गीत सार्वजनिक भएको छ । ‘आज म तिमीलाई’ बोलको सार्वजनिक गीतमा गायिका अन्जु पन्त र गायक रवि थापा मगरले स्वर भरेका छन् । सार्वजनिक गीतमा माया प्रेमको गहिराइमा पुगेर संयोगान्त भाव सहित एक अर्काप्रतिको समर्पण प्रस्तुत गरिएको छ । कवि हेम प्रभासले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र मोडल सनम कठायतले अभिनय गरेका छन् । कवि प्रभास पछिल्लो समय निर्देशनमा व्यस्त देखिन्छन् । चलचित्रको औपचारिक अध्ययनपछि निर्देशनमा लागेका उनले केहि साता अघि मात्रै निर्देशन गरेको ‘हावाको झोका’बोलको गीत अहिले निक्कै लोकप्रिय बन्दै गएको छ । ‘आज म तिमीलाई’को म्यूजिक भिडियोमा मुकेश हुमागाईको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।  म्यूजिक भिडियो : https://youtu.be/xvQzhJTc9i0  ...
हास्य ब्यंग्य सिरियल ‘कुरा मात्र भो’ शुक्रवारबाट प्रसारण हुँदै

हास्य ब्यंग्य सिरियल ‘कुरा मात्र भो’ शुक्रवारबाट प्रसारण हुँदै

मनोरन्जन, समाचार
बैशाख २४ – अर्जुन गौतमको निर्देशनमा निर्माण भएको नेपाली हास्य ब्यंग्य सिरियल कुरा मात्र भो यहि शुक्रबारबाट प्रसारणमा आउने भएको छ । सिरियल हरेक शुक्रवार राती ८: ०५ मा एनटिभी प्लसबाट प्रसारणमा आउन लागेको हो । कुरा मात्र भो को प्रसारणका लागि नेपाल टेलिभिजन संस्थान र ग्लोरी मिडिया बिच गत शुक्रवार सम्झौता सम्पन्न भएको मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिएका छन् । प्रसारणका लागि आवश्यक तयारी समेत पुरा भैसकेको उनले बताए । जेसिका इण्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको उक्त टेलिसिरियलले दर्शकहरुलाई भरपूर मनोरंजन दिने निर्माण पक्षको दाबी छ । निर्देशक गौतमका अनुसार सिरियलको कथावस्तु सामाजिक एवम् राजनितिक बिषय बस्तुमा केन्द्रित रहने र समसामयिकतामा आधारित रहनेछ । सो सिरियल युट्युब च्यानल जेसिका इण्टरटेनमेण्टमार्फत पनि हेर्न सकिने उनले बताए । साहित्यकार सनत आचार्यको लेखनमा तयार पारिएको उक्त...
ललितपुर महानगरपालिकामा ५ नम्बर वडाद्वारा शुभकामना आदान प्रदान तथा सार्वजनिक सुनुवाई कार्यक्रम

ललितपुर महानगरपालिकामा ५ नम्बर वडाद्वारा शुभकामना आदान प्रदान तथा सार्वजनिक सुनुवाई कार्यक्रम

समाचार
ललितपुर, ७ बैशाख -पूर्व मन्त्री, सांसद तथा नेकपाकी प्रभावशाली नेतृ पम्फा भुषालले योजनाबद्ध विकासबाट मात्रै देशले समृद्धि हासिल गर्ने बताएकी छन् । ललितपुर महानगरपालिका ०५ नम्बर वडाद्वारा शनिबार आयोजित शुभकामना आदान प्रदान तथा सार्वजनिक सुनुवाई कार्यक्रम माझ नेतृ भुषालले उक्त धारणा राखेकी हुन । नेतृ भुषालले कार्यक्रम माझ बोल्ने क्रममा आउदो आर्थिक बर्षमा लगनखेल स्थित पोखरी पुनर्निर्माणमा सांसद कोष मार्फत सहयोग गर्ने प्रतिबद्धता समेत जनाईन् । त्यसैगरि कार्यक्रम माझ प्रदेश सांसद राजकाजी महर्जनले पोखरी पुनर्निर्माणमा कोषमार्फत पचास लाख सहयोग गर्ने घोषणा गरेको जानकारी गराईइको थियो । कार्यक्रममा पूर्व मन्त्री सुशिला नेपालले ललितपुर महानगरपालिका ०५ नम्बर वडाले नमुनायोग्य कार्य गर्दै आएको बताउदै वडामा देखिने समस्यालाई निकास दिन वडा कार्यालय सफल हुने विश्वास ब्यक्त गरिन । त्यसैगरि सभापतिको आसनबाट ...