आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

कुवेतमा नेपालीद्वारा आत्महत्या प्रयास

कुवेतस्थित एक शहरमा एक नेपाली पुरुषले आत्महत्याको प्रयास गरेका छन्। महाबुल्ला शहरबाट ती पुरुषलाई त्यहाँस्थित फिन्टास प्रहरी चौकीले नियन्त्रणमा लिएको छ।

कोरोना संक्रमणको हटस्पट मानिएको महाबुल्ला क्षेत्र ३ महिनादेखि आइसोलेटमा रहेको क्षेत्र हो।

कडा सुरक्षा अपनाइएको उक्त क्षेत्रको एक स्टोरको छतमा मानिस देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। पक्राउपछि ती व्यक्ति नेपाली रहेको र आत्महत्याका लागि छतमा आएको प्रहरी स्रोतलाई उद्धृत गर्दै अरबटाइम्स अनलाइनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *