शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

राजनीति

प्रधानमन्त्री ओलीलाई कमल थापाले भने, तपाई सफल भएको देख्न चाहन्छु

प्रधानमन्त्री ओलीलाई कमल थापाले भने, तपाई सफल भएको देख्न चाहन्छु

राजनीति, समाचार
काठमाडौं, मंसिर १० । प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच वैचारिक भिन्नता हुनु स्वाभाविक हो । तर प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा सत्ता साझेदार बनेर एउटै मन्त्रिपरिषदमा रहेर काम गरिसकेका थापाले वैचारिक मतभेदका बाबजुद प्रधानमन्त्री ओली सफल भएको हेर्ने आफ्नो चाहना रहेको जनाएका छन् । थापाले प्रधानमन्त्री ओलीलाई ‘मेन्सन’का साथ सोमबार ट्वीट गर्दै भनेका छन्, ‘तपाईसँग काम गर्दा तपाईको नेतृत्वमा जुन प्रभावकारिता पाएको थिएँ, आजभोलि बाहिरबाट हेर्दा तपाईलाई निरीह/प्रभावहीन देखिरहेको छु ।’ उनले निर्मला हत्याकाण्ड, सुन तस्करीलगायत सबै क्षेत्रमा उदासिनता देख्दा दुःख लागेको समेत उल्लेख गरेका छन् ।...
सार्वजनीक कार्यक्रम गर्न खुला स्थल समेत बाकी छैन, सडकमै कार्यक्रम गरियो :  प्रकाण्ड

सार्वजनीक कार्यक्रम गर्न खुला स्थल समेत बाकी छैन, सडकमै कार्यक्रम गरियो : प्रकाण्ड

राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जनताको हातमा सत्ता नपुगेको जनाएका छन। सत्तामा ‘दलाल पूँजीपति वर्गको मात्र पहुच छ। आज सम्म सत्ता जनताको हातमा आएको छैन। देश विकासको मुख्य बाधक दलाल पूँजीपति वर्ग नै हो,’ राजधानीमा आयोजित जनसभामा विश्वकर्माले भने। सत्तासिन दल नेकपाका अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले सहिद परिवार, किसान र मजदूर वर्गलाइ भुलेको आरोप उनले लगाए। ‘सत्तासिनलाई सहिद परिवारको चिन्ता छदै छैन। कसरी कुर्सीमा जाने र राज्यको ढुकुटीलाई कसरी निजी बनाउने भन्ने भन्दा अरुकुनै चिन्ता छैन,’ उनले भने। सरकारले हत्या, बलात्कार र महँगी नियन्त्रण गर्न नसकेको समेत दावी गरे। समृद्धिको कुरा गर्ने सरकारले कार्यक्रम गर्ने सार्वजनिक ठाउँसमेत व्यवस्थापन गर्न नसकेको उनको भनाइ छ। ‘कार्यक्रम गर्न खुला ठाउँ छैन। जनता र पार्टीका अग...
शिख धर्मको संरक्षण गर्नु सबैको दायित्व रहेको मुख्यमन्त्री शङ्कर पोखरेलको बताए

शिख धर्मको संरक्षण गर्नु सबैको दायित्व रहेको मुख्यमन्त्री शङ्कर पोखरेलको बताए

राजनीति, समाचार
रुपन्देही, मंसिर ७ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गुरु नानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थ र निधिको संरक्षण गर्नु हामी सबैको दायित्व र कर्तव्य भएको बताएका छन् । श्री गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले काठमाडौँका विभिन्न स्थानमा रहेका प्राचीन गुरु नानक मठमा हस्तलिखित गुरुग्रन्थ रहेका र पूरै भारतका सबै गुरु दरबारमा दर्शनका लागि उपलब्ध हुन नसकेका हस्तलिखित गुरुग्रन्थहरु समेत काठमाडौंका मठ मन्दिरमा रहनु गौरवको विषय रहेको बताए । नेपाल सांस्कृतिक विविधतायुक्त मुलुक भएको बताउँदै उनले धार्मिक र सांस्कृतिक विविधताले रङ्गिएको हाम्रो मुलुकमा सबै धर्मको सम्मान र संस्कृतिको जगेर्ना हुने वातावरण तयार भएको जनाए । ...
नेविसंघका महामन्त्रीलाई हृदयाघात

नेविसंघका महामन्त्रीलाई हृदयाघात

राजनीति, समाचार
काठमाडौं, मंसिर ७ । नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ । काफ्लेलाई आज बिहान ९ः४५ बजे हृदयाघात भएको हो । उनलाई बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्र सघन उपचार कक्ष (सिसियु)मा राखेर उपचार भइरहेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । काफ्ले नेविसंघको एघारौँ महाधिवेशनबाट निर्वाचित महामन्त्री हुन् । (रासस)...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी आइतबार बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी आइतबार बस्दै

राजनीति, समाचार
काठमाडौं, मंसिर ७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ९ गते आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललले आगामी महासमितिको बैठक तयारीबारे छलफल हुने बताए । ‘महासमितिको बैठकमा छलफलका लागि लैजाने विधानका सम्बन्धमा विधान मस्यौदा समितिले तयार पारेको मस्यौदाबारे केन्द्रीय समितिमा छलफल हुनेछ,’ उनले भने । महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा हुँदैछ । यसअघि उक्त बैठक मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा बोलाइए पनि आवश्यक तयारी नपुगेका कारण सारिएको थियो । बैठक आइतबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा उपस्थितिका लागि कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि अनुरोधसमेत गरेको छ । (रासस)...
नेकपा सचिवालय बैठक आज, कार्यदलको प्रतिवेदनमाथि छलफल गरीने

नेकपा सचिवालय बैठक आज, कार्यदलको प्रतिवेदनमाथि छलफल गरीने

राजनीति, समाचार
काठमाडौं, मंसिर ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बस्ने बैठकमा तल्लो तहको पार्टी एकीकरण प्रयास टुंग्याउन कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने जानकारी दिइएको छ । कार्यदलले भने हिजो बसेको सचिवालय बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गरेको थियो । महासचिव विष्णु पौडेल र रामबहादुर थापा रहेको कार्यदलले जिल्ला, प्रदेश र जनवर्गीय संगठनमा रहने नामको रुजु गरेको थियो । हिजोको बैठकमा प्रस्तुत गरिएको प्रतिवेदन अध्ययन गरी आजको बैठकबाट अनुमोदन गर्ने तयारी छ । साथै, पोलिटब्यूरोमा रहने संख्या र नाम सचिवालयले नै टुंग्याउनेछ । बैठकबाटै केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँट गर्ने समेत बताइएको छ । सचिवालय बैठकमा स्थायी समिति बैठक बोलाउने विषयमा पनि छलफल हुने बताइएको छ ।...
राष्ट्रपतिको गाडी खरिद प्रकरणबारे सरकारले गर्यो पत्रकार सम्मेलन

राष्ट्रपतिको गाडी खरिद प्रकरणबारे सरकारले गर्यो पत्रकार सम्मेलन

राजनीति, समाचार
काठमाडौ– राष्ट्रपतिलाई १८ करोडको गाडी खरिद गर्ने तयारी भइरहेको समाचार सार्वजनिक भएपछि सरकारले यसबारे बोलेको छ । सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत राष्ट्रपतिको गाडी खरिद प्रकरणबारे सरकारको धारणा जानकारी गराए । आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले नकारात्मक प्रचार भएको भन्दै सम्मानित संथालाई बदनाम गर्न खोजेर लोकतन्त्रलाई नै कमजोर बनाउने खेल भएको जनाए । उनले गाडी खरिद प्रकरणबारे सञ्चार माध्यममा आएका लेख, सम्पादकीय र समाचारप्रति सरकारको ध्यानाकर्षण भएको जनौदै गाडी खरिद गर्ने निर्णय मुलुक संघीय संरचनामा गएसँगै गरिएको दावी समेत गरे । उनले प्रश्न गर्दै भने, ‘के ति निकायलाई गाडी चाहिँदैन ? माथिल्लो पदमा रहेकालाई सवारी सुरक्षा चाहिँदैन ?’ गाडी खरिद गर्ने निर्णय सरकारको भएको र यसमा राष्ट्रपतिको क...
नेत्र विक्रम चन्द ‘विप्लव’ माओवादी’का दुई कार्यकर्ता पक्राउ

नेत्र विक्रम चन्द ‘विप्लव’ माओवादी’का दुई कार्यकर्ता पक्राउ

राजनीति, समाचार
जुम्ला — जिल्लाका दुई स्थानीय तहमा १ मंसिरमा एकैसाथ भएको आक्रमण घटनामा संलग्न आशंकामा मुगु सोरु गाउँपालिकाका रामबहादुर भाम  र जुम्ला तिला गाउँपालिकाका लक्ष्मणनाथ योगी संग्राम पक्राउ परेका छन् । उनीहरुबाट विभिन्न स्थानमा संकलित ३५ हजार ६ सय ८४ रुपैयाँको चन्दा रसिद, डायरी, पार्टीका पर्चा, पम्प्लेटसमेत बरामद गरेको प्रहरीले जनाएको छ । स्थानीय तहमा भएको आक्रमणबाट चन्दननाथ नगरपालिकाको गाडी आगजनी र गोठीचौर गाउँपालिका तोडफोड भएको थियो । उता, विव्लव नेतृत्व, नेपाल कम्युनिष्ट पार्टीले आफ्ना कार्यकर्ता निसःर्त रिहाईको माग गरेको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।...
पूर्वलडाकु कुलप्रसाद भट्टराईद्वारा गृह मन्त्रालयमै आँसु झार्दै विष सेवन गरे

पूर्वलडाकु कुलप्रसाद भट्टराईद्वारा गृह मन्त्रालयमै आँसु झार्दै विष सेवन गरे

राजनीति, समाचार
काठमाडौं — विस्तृत शान्ति सम्झौता सम्म्पन भएको दिन बुधबार गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुगेका एक पूर्वलडाकु ३५ वर्षीय कुलप्रसाद भट्टराईले गृह मन्त्रालयमै विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् । गृहमन्त्री थापालाई भेट्न गएका सामूहिक टोलीमा उनी पनि कार्यकक्ष प्रवेश गरेका थिए । द्वन्द्वकालमा आफूलाई गोली लागेको र कुनै सहयोग नपाएको भन्दै उनले आँसु झार्दै आफ्नु व्यथा सुनाएका थिए । खाने, लाउने समस्या हुँदा पनि पार्टी र सरकारले केही नगरेको भन्दै उनले खल्तीबाट विष निकालेर सेवन गरेका थिए । आजको नयाँ पत्रिकामा यो खबर छ । तत्कालै सुरक्षाकर्मीले उनलाई वीर अस्पताल पुर्याएका थिए । अस्पतालले विष सेवन गरेको पुष्टि गरेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । भट्टरार्ई पूर्वलडाकुहरूको एक समूहसँगै काठमाडौंमा बस्दै आएका छन् ।...
गृहमन्त्री ‘बादल’को क्षमतामाथि कालो बादल मडारियो : कांग्रेश नेता गगन थापा

गृहमन्त्री ‘बादल’को क्षमतामाथि कालो बादल मडारियो : कांग्रेश नेता गगन थापा

राजनीति, समाचार
‘बादल’ गृह मन्त्रालयमा रहेसम्म निर्मला पन्त हत्या प्रकरण निष्कर्षमा नपुग्ने कुरा को दाबी गरेका छन् । आज सदरमुकाम महेन्द्रनगरमा कांग्रेस कञ्चनपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता थापाले गृहमन्त्री बादल जिम्मेवारीमा रहेसम्म निर्मलाका हत्यारा पत्ता नलाग्ने र हत्या प्रकरण निष्कर्षमा नपुग्ने समेत दाबी गरे । ‘म संसदमा बोलेको सम्झन्छु, मैले गृहमन्त्री बादलको क्षमतामाथि बादल लागेको भनेको थिएँ,’ नेता थापाले भने, ‘एक–डेढ महिनायता एकपछि अर्को गरी भइरहेका घटनाहरुमा गृहमन्त्रीले राख्दै गरेका कुराहरु सुन्दै गर्दा गृहमन्त्री बादलको क्षमतामाथि मात्र होइन, निर्मला जस्ता सयौं निर्मलाका बुवाआमाहरुमाथि गृहमन्त्री बादल कालो बादलका रुपमा लाग्नु भएको छ ’ कालो बादल रहेसम्म पानी नपर्ने र पानी नपरेसम्म समाजका फोहोरहरु सफा नहुने थापाको ब्यंज्ञात्मक टिप्पणी थियो । गृहमन्त्री बादल मात्रै नभएर आम जन...