maoist army

काठमाडौं — विस्तृत शान्ति सम्झौता सम्म्पन भएको दिन बुधबार गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुगेका एक पूर्वलडाकु ३५ वर्षीय कुलप्रसाद भट्टराईले गृह मन्त्रालयमै विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् ।

गृहमन्त्री थापालाई भेट्न गएका सामूहिक टोलीमा उनी पनि कार्यकक्ष प्रवेश गरेका थिए ।

द्वन्द्वकालमा आफूलाई गोली लागेको र कुनै सहयोग नपाएको भन्दै उनले आँसु झार्दै आफ्नु व्यथा सुनाएका थिए । खाने, लाउने समस्या हुँदा पनि पार्टी र सरकारले केही नगरेको भन्दै उनले खल्तीबाट विष निकालेर सेवन गरेका थिए । आजको नयाँ पत्रिकामा यो खबर छ ।

तत्कालै सुरक्षाकर्मीले उनलाई वीर अस्पताल पुर्याएका थिए । अस्पतालले विष सेवन गरेको पुष्टि गरेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । भट्टरार्ई पूर्वलडाकुहरूको एक समूहसँगै काठमाडौंमा बस्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here