‘बादल’ गृह मन्त्रालयमा रहेसम्म निर्मला पन्त हत्या प्रकरण निष्कर्षमा नपुग्ने कुरा को दाबी गरेका छन् ।
आज सदरमुकाम महेन्द्रनगरमा कांग्रेस कञ्चनपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता थापाले गृहमन्त्री बादल जिम्मेवारीमा रहेसम्म निर्मलाका हत्यारा पत्ता नलाग्ने र हत्या प्रकरण निष्कर्षमा नपुग्ने समेत दाबी गरे ।
‘म संसदमा बोलेको सम्झन्छु, मैले गृहमन्त्री बादलको क्षमतामाथि बादल लागेको भनेको थिएँ,’ नेता थापाले भने, ‘एक–डेढ महिनायता एकपछि अर्को गरी भइरहेका घटनाहरुमा गृहमन्त्रीले राख्दै गरेका कुराहरु सुन्दै गर्दा गृहमन्त्री बादलको क्षमतामाथि मात्र होइन, निर्मला जस्ता सयौं निर्मलाका बुवाआमाहरुमाथि गृहमन्त्री बादल कालो बादलका रुपमा लाग्नु भएको छ ’
कालो बादल रहेसम्म पानी नपर्ने र पानी नपरेसम्म समाजका फोहोरहरु सफा नहुने थापाको ब्यंज्ञात्मक टिप्पणी थियो । गृहमन्त्री बादल मात्रै नभएर आम जनता नै हारेको बताउँदै उनले सिंगो देश अपराधसित लड्न खोजिरहेका बेला अपराधीले उन्मुक्ति पाइरहेकोकुरा व्यक्त गरे। ‘गृहमन्त्री बादलले जिम्मेवारीबाट हटेर राजनीतिक पूर्वाग्रह नराखेर आम रुपमा जनतालाई फेरि पनि यो सरकारले शान्तिसुरक्षा दिन सक्छ भन्ने कुराको विश्वास निर्माणका निम्ति माग गर्छु,’ उनले भने, ‘राजीनामा उहाँ (बादल) का निम्ति दुखद् घटना होला तर आम रुपमा जनताको विश्वास जोडिने अवस्था आउँछ ।’
कार्यकर्तासँगको भेटघाटपछि सोझै निर्मलाका बुबाआमा भेट्न जिल्ला प्रशासन कार्यालय अगाडि जारी धर्नास्थल पुगेका नेता थापाले सरकारको नेतृत्व गरिरहेकाहरुबाट बालिका हत्या प्रकरण हलुका ढंगले लिइएको दाबी समेत गरे । निर्मलाको न्यायका निम्ति सरकार र प्रतिपक्ष दलको नेतृत्वसित भेटेरै कुराकानी गर्ने उनले आश्वासन प्रदान गरे । ‘तपाईहरु आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस् । तपाईहरुको सन्देश प्रधानमन्त्री र कांग्रेस सभापतिसम्म पुर्याउँनेछु ।’ धर्नामा ऐक्यवद्धता जनाउँदै उनले निर्मलाले न्याय नपाएसम्म लडाइँ जारी रहने र उक्त लडाइँमा आफूहरुको सधै साथ रहनेपनि प्रतिवद्धता व्यक्त गरे।