आइत, जेष्ठ १३, २०८१
Sun, May 26, 2024
Shadow

नेपाल च्याम्बर अफ कमर्श र वुमन च्याम्बरको आयोजनामा रक्तदान

ललितपुर, ०५ मङ्सिर- राष्ट्रिय कर दिवसको अवसर माझ नेपाल च्याम्बर अफ कमर्श, वुमन च्याम्बरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । वुमन च्याम्बरले आन्तरिक राजश्व विभागसँगको सहकार्य माझ पाटन स्थित मंगलबजारमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सो रक्तदान कार्यक्रम माझबाट च्याम्बरका पदाधिकारी एबम कार्य समिति सदस्य, राजश्वका कर्मचारी, च्याम्बरका कर्मचारी, स्थानिय बासिन्दा लगायतले रक्तदान गरेका थिए ।


कार्यक्रममा संघिय संसदका साम्सद रामकाजी महर्जन, राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जन ,नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, च्याम्बरका सह अध्यक्ष राजेन्द्र मल्ल, वुमन च्याम्बरका अध्यक्ष अन्जान शाक्य, वुमन च्याम्बरका सह- अध्यक्ष उर्मिला श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले ब्यवसायीले कर सँगसंगै सामाजिक दायित्वलाई निर्वाह गर्ने गर्दै आएको परिप्रेक्ष्यमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *